बहसमा पृथ्वीनारायण शाह
फणिन्द्र आचार्य ‘अनल’
शाह राजा र्पथ्वीनारायण शाहको कुशल नेतृत्वमा भएको नेपाल एकीकणलाईसमेत सामन्ती साम्राज्य, गोरखा राज्यको विस्तार आदि पगरी गुथाउँदै करिव एक दशकदेखि क्यालेन्डबाटै विदा झिकिएको थियो ।
नेपाली नेता तथा शासकहरुमा २ जना मात्र यस्ता शासक वा नेता थिए, जस्ले विदेशी प्रभूको अगाडि घुँडा टेक्नु भन्दा आफ्नै मृत्युलाई नजिक्याए । जसमध्ये एकजना एकीकरणका कमान्डर पृथ्वीनारायण शाह हुन् र अर्का सिक्किम वा फिजिकरणबाट देश र जनतालाई बचाउने महेन्द्र वीरविक्रम शाह हुन् । आज यी दुवैलाई निषेध गर्नुका पछाडि साम्राज्यवादको घुसपैठ छ । भन्ने तर्क मैले बहसमा लान खोज्दै छु ।
छरिएर रहेको बाइसे, चौविसे राज्यलाई एउटै सूत्रमा बाँधने कार्य गरेर एउटा सवल नेपालको सुत्रपात गर्ने पृथ्वीनारायण शाह आज इतिहासमै कलङ्कित व्यक्तिको रुपमा पढाइन्छ । साम्राज्यवादको पैसा खाएर, उसैकोमा आफ्ना सन्ततीलाई निशुल्क शिक्षा दिलाएर वा आपूm पनि जन्मे हुर्केको, पढे लेखेको वा अप्ठ्यारो पर्दा शरण लिएकै कारण आज उसैको भजन गाइन्छ आज उसैको हित अनुरुप नदि– नाला, सिमा– सिमास्तम्भ बेचिन्छ वा सारिन्छ । यो कार्य आधा शताब्दि वरपरबाट अरु तीब्र बन्दै गएको छ र आज झन् मुलुक भित्रै घुस पैठिया (फिजिकरणको सीमासम्म नेपाल पसेकाहरु) ले तराई मधेसमा ताण्डव नृत्यको पूर्वाभ्यास गर्दैछन् । जसलाई प्रत्यक्ष वा परोक्ष रुपमा भारतले उचालिरहेको छ ।
३ महिना पहिलेदेखिको नाकाबन्दी वार्ताको नाटकले हल नहुने देखिएर नेताह भात दौडमा बिरामी वा धर्मको निहुमा जाँदै आउँदै छन् । अव पालो खड्ग ओलीको होला ।
नेपालमा भारतीय हस्तइोप बृटिसकालिन सुगोली सन्धिबाट शुरु भै दिल्ली संझौताले अभैm कस्यो । २०६२को दोस्रो दिल्ली संझौताले नेपालीहरुलाई ‘फुटाऊ र राज गर !’ भन्ने बेलायती शैलीले अरु काम ग¥यो । परिवर्तनको पक्षमा हिंडेका तत्कालिन माओवादी नेतृत्व शाही शासनको गोर्खेलौरीबाट आजित संसदवादीवादीलाई दिल्लीको सिल्ली सल्लाहले जनयुद्धको घाँटी रेट्दै माओवादी पनि संसदवादमा चुर्लुम्म डुब्यो । भारतसँग सुरुङ युद्धको ध्वाँस भारतमैं बसेर दिने माओवादी नेतृत्वले दिल्लीकै सल्लाहमा भारतमा दोस्रो दिल्ली संझौता गर्न राजी भयो । २०५७ सालदेखि वर्गलाई भन्दा जातीलाई ध्यानदिन थालेको तत्कालिन माओवादी नेतृत्वले संविधानसभाको पुरानो नाराबाट देशलाई अग्रगमनको हौवा दियो । संविधानसभाको पुँजीवादी नाराबाट साम्राज्यवादीहरु समेत हौसिएर र संसदवादी– माओवादी दुबैलाई मिलाउने तर्फ लागे ।
आज देशमा देखिएको विखण्डनकारी भूमिकाको पछाडि सी.आई.ए. हुँदै विस्तारवादी ‘रअ’ को सल्लाह र सुझावमा ल्याइएको जातीय नारा हो । हाम्रो सानो भूगोल र करिब सवासय जाती, जनजाती, भाषा– भाषी बस्ने केह िकरोडको जनसङ्ख्या भएको मुलुकमा अरब नागेका जनसङ्ख्या भएका हाम्रा दुई छिमेकीहरबाट १ प्रतिशत जनसङ्ख्या आउँदा पनि हामी अल्पमतमा पर्नेछौं । र, हाम्रो राष्ट्रिय स्वाभिमान जसलाई पृथ्वीनारायण शाहले सुत्रबद्ध गरेका र महेन्द्र वीरबिक्रम शाहले सिक्किमीकरण हुनबाट बचाएको अवस्था नामेट हुन कति समय लाग्ला र ?
साम्राज्यवादीको जातीय नारामा आज तराईका आगन्तुक सामन्त मात्र नभएर पहाडका जनजातीहरुको एउटा सानो हिस्सा पनि डलरमै डकार्दै छन् । म, मेरो परिवार, मेरा जातीको नारा त्यागेर हामी नेपाली, हाम्रो परिवार र शोषित, पीडित, गरिखाने श्रमिकहको राज्य व्यवस्थाको नारा पुनः स्थापित नगरेसम्म नेपाल र नेपाली रहिएला वा नरहिएला भन्ने प्रश्न खडा भएको छ ।
२०१७ सालमा जसलाई ‘फौजी काण्ड’ भनेर नेपाली नेताहरु भन्ने गर्छन्, त्यो फौजी काण्ड भन्दा पहिले नेपालको उत्तरी सीमामा समेत भारतीय सेनाको गस्ती हुन्थ्यो । नेपालको संसदमा मात्र नभएर मन्त्री मण्डलमा समेत भारतीय जासुस उपस्थित हुन्थे । कोशी गण्डक दुवै ठूला नदि यही दशक भित्र भारतलाई दान गउिको थियो । तराई– मधेसमा भारतीयहरले सीमा र सीमास्तम्भ सारिरहेका थिए । नेपाली काँग्रेसको दुई तिहाईको सरकार पुरै भारत भक्त थियो । २००७ सालमा जमिन जोत्नेको नारा दिएको नेपाली काँग्रेस २०१७ सालसम्म आउँदा पुरै जमिन्दारको पार्टी बनिसकेको थियो ।
यस्तो विषम् परिस्थितिमा महेन्द्र वीरबिक्रम शाहले एकै पटक नेपाली काँग्रेसलाई सत्ताच्यूत गरे । सरसर्ती हेर्दा राजतन्त्र भन्दा संसदीय लोकतन्त्र राम्रो हो । त हामीकहाँ स्स्थापित भएको लोकतन्त्र पुरै सामन्तवाद भित्रै रुमल्लिएको हिंजडा लोकतन्त्र प¥यो, जस्ले सामान्य जराहरु पनि काट्ने प्रयत्न गरेन । चर्चित फौजी काण्ड पछि बरु केही हदसम्म भएपनि सामन्तै राजा महेन्द्र वीरबिक्रम शाहले आफ्नै वर्गका केही सामन्तको जरा काट्ने प्रयत्न गरे । फलस्वरुप सिमित मात्रामा भए पनि भूमिसुधारका कार्यक्रम ल्याए । मोहीयानी हक र जग्गाको हदबन्दी जस्ता नारा र कार्यहरु सिमित मात्रामा भएपनि लागु हुन थाले । बर्दियाका हरिहर सयो जस्ता ठूला सामन्ताको हृदय गति बन्द भएर मरे पनि । अर्को तर्फ पहाडमा गरीवी जीवन बिताएका नेपालीलाई पुनर्वासको व्यवस्था गरेर तराईको समथर जमिनमा झारियो । सीमा सारिराख्ने भारतीय विस्तारवादसँग लड्न आफ्नो सेनाबाट सम्भब नदेखिएर होला, तराईका धेरै स्थानहरुमा दशगजासम्म नै जङ्गल फाँडेर भु. पु. सैनिक र लडाकू नेपालीहरको वस्ती विकास गरियो । केही औद्योगिक क्षेत्रहरको स्थापना पनि पुरै तराई– मधेसमा नगरेर चुरे पहाडको आसपासमा खोलिए । पूर्व पश्चिम राजमार्ग समेत तराई मधेसमा नखोलेर चुरेको आसपासबाट लगियो । भूगोलको बिभाजनमा सकेसम्म अञ्चल र नभए विकास क्षेत्रको नाममा उत्तर दक्षिणका बनाइयो । हिमालबाट बग्ने हिमनदीहरु पहाडहुँदै तराईका समथर फाँट हुँदै भारत जाने गर्छन् । सवासय जाती– जनजातीका हामी नेपाली उत्तर दक्षिणको सीमामा रमाउँदै आयौं । सयकडौं वर्ष अघिदेखि नेपालीहरु मिलेर बसेको इतिहास छ । यहाँका आदिवासीहरुसँग उत्तरबाट आएका मङ्गोल र दक्षिणबाट आएका अर्य र पश्चिमबाट आएका खसहरु यस्तै २ हजार वर्ष पहिलेदेखि मिलेर बसेको इतिहास छ । मध्य यूगमा राज्य विस्तारको क्रममा भएका भुरे टाकुरे स्थितिमा भएका ससाना विवाद बाहेक मूल रुपमा कुनै पनि जातीले अर्कोलाई विस्थापित गरेको इतिहास आज पढ्नु पर्दैन । बरु क्रिश्चियन पादरी, जस्लाई पृथ्वीनारायण शाहले देश निकालेका थिए, ले लेखेको इतिहासमा (किर्तिपुरको जनसङ्या भन्दा पनि बढी तौल हुने गरी) नाक काटेको कुरा उल्लेख छ । खुँडा, तरवारको युद्धमा कसैको नाक पनि कसैबाट काटिन सक्ने सामान्य नियमलाई बङ्याएर कसैकसैले त ‘१७ धार्नी’ सम्म भनि लेखेका छन् । यदि साम्राज्यवादी मन गढन्ते कथालाई आजका विद्वानलेसमेत प्रचा गर्दै छन् ।
संसरकै इतिहास हेर्ने हो भने राजाहरु लोकतन्त्रवादी हुँदैनन् । अनि हाम्रा राजाह लोकतन्त्रवादी भएनन् भने रुञ्चे स्वर निकाल्नुको के तुक होला ? बरु संसारको इतिहासमा राजाहर शक्ति राष्ट्रका राजाहरुको कठपुतली भएर बसे । हामी कहाँ पनि केही राजाहरुले त्यस्तै गर्न नखोजेका होइनन् । खुदै त्रिभुवनले समेत एउटा प्रान्त बनाएर त्यसकै राजा बनाई पाऊँ भनि नेहरुसँग झुकेका तथ्यहरु पनि देखा पर्छन् । यस मानेमा नेपाली काँग्रेसको धारणा के हुन्थ्यो, त्यो इतिहासकै गर्भमा लुक्यो । तर राणा प्रधानमन्त्री मोहन समशेरले नमानेर २००७ सालमा नेपाल भातीय प्रान्तहुनबाट बच्यो । नेपालमा केही राजाहरु यस्ता पनि थिए, जनताको घरबाट धुवाँ निस्केको नदेखे आफ्ना सिपाईं पठाउँथे । यो अवस्था राउटे स्थितिको भयो ।
आज २००७ साल पछिका काँग्रेस, कम्युनिस्ट नेताहरु जो सरकारमा गएर सत्ताको स्वाद समेत चाखे, तिनीहरु राष्ट्रवादी अडानमा टिक्न सकेनन् । त्यसैले त २०४६ साल पछि फेरि महाकाली बेचियो । महेन्द्र तथा विरेन्द्र वीरबिक्रम शाहका पालामा कुनै पनि नदि बेचिएनन् । आज कर्णाली, सेती, अरुण लगायतका नदिहरु अरुलाई दिइसकेका खब पढ्न पाइन्छ । विपा संझौता यिनीहरुले नै गरे । दातृ राष्ट्रहरुले बनाइदिएका कलकारखानाहरु कौडीको मोलमा यिनीहरुले बेचे वा बन्द गराए । आजका संसदवादी नेताहरु भन्दा त मोहन समशेर तथा दलाल भएर पनि राष्ट्रप्रति समर्पित जङ्गवहादुर धेरै माथिल्लो दर्जाका राष्ट्रवादी थिए ।
इतिहासका निर्माता जनता हुन् । तर जनताकै नेतृत्व गर्ने नेतृत्व साम्राज्यवादी गोटी बनेपछि जनता बारबार धोका पाइरहेका छन् । त्यस्तै पौने शताब्दिदेखि चनेको नेपाली लोकतान्त्रिक आन्दोलनमा काँग्रेस कम्युािस्ट सबैले धोका दिंदै आए र आइरहेका छन् । यी सबै धोका र षड्यन्त्रलाई चिर्दै अब सच्चा देशभक्त तथा राष्ट्रवादीहरु तल्लो वर्गका जनताको मुक्तिको लागि फेरी सिस्ने र जलजलालाई व्यूँताउनु जरुरी छ । फेरि नयाँ बेथानबाट शुरु गर्नुपर्ने घडी आइपरेको छ । राम्रो कामको सुरुवात गर्ने योद्धालाई आलोक प्रबृत्ति भनि किनारा लगाउने साम्राज्यवादी नेतृत्वको भण्डाफोरको खाँचो छ । ‘रअ’ को चाकरीमा छाला जोगाउँदै कथित सुरुङ युद्धको आत्मघाती कार्यमा नेपाली जनताका होनहार छोराछोरीलाई मराउने साम्राज्यवादी एजेण्ट नेतृत्वलाई कुन सजायँ दिने भन्ने कुरा भोलीको जनआन्दोलनले निर्णय गर्ला ।
आज हाम्रो अर्थतन्त्र लाखौं नेपाली यूवा– यूवतीहले खाडि मुलुकमा गएर स्वाभिमानलाई साटेर पठाएको रेमिट्यान्समा धानिएको छ । त्यही रेमिट्यान्सबाट सत्तामा बस्ने नेता मण्डलीहरुले ऐस आरामको जिन्दगी बिताइरहेका छन् । वर्षको शुरुमा गएको भुकम्पबाट प्रताडित नेपाली निमुखा गरिवको प्लास्टिको पालसमेत गाली सक्यो । हिमपात भएको जाडोमा खुला आकाशमुनी दैनिक जसो बाल– बृद्धहरु जाडो र भोकले मरिरहेका छन् । पीडितकै नाममा आएको राहतले थुप्रै नेता– अभिनेताले आफ्नो जिन्दगी सपारे । तर पीडितहरु मध्ययूगीन वर्वरता भन्दा पनि अन्यायमा परिरहेका छन् । आफ्नै संविधानले २५ सदस्यीय मन्त्रीमण्डल भनेपनि झण्डै दुगुना बनाएका खबर पढ्न पाइन्छ । सम्पन्न राष्ट्रहरुमा समेत एक दर्जन मन्त्रालय भए पुग्ने अहिलेको संसारमा हामी कहाँ कति दर्जन मन्त्रालय पुग्ने हुन्, त्यो हेर्न अभैm बाँकि छ ।
सत्ता र भत्ता, घुसखोरी र भ्रष्टाचारमा सत्तासिन वा प्रतिपक्षमा बस्ने सबै नेता चुर्लुम्म डुबेका छन् । जनतालाई उज्यालो र बाल्ने इन्धन दाउरासमेत नभएर पुरै मध्य यूग तर्पm देश फर्के जस्तो देखिन्छ । अन्तराष्ट्रि बजारमा प्रतिव्यारेल १२५ डलर पुगेको कच्चा तेलको मुल्य आज प्रति ब्यारेल ३० डलरमा झर्दैछ । तर बजारमा कालो बजारी यति धेरै बढेको छ कि २– ३ गुना बढी मुल्यमा पनि इन्धन पाइंदैन । शासकहरुले नै तस्करहर जतिसम्म लुट्छौ लुट, केही हिस्सा हामीलाई पनि देऊ भनेर खुलेआम भनिरहेका छन् ।
यस्तो अवस्थामा एक पटक फेरि हामी नेपाली हौं र इतिहासमा कसैको पनि प्रत्यक्ष दास भएनौं भन्ने कुरा मनन् गरि सबै वर्ग र तहतप्काका राष्ट्रवादी– देशभक्तहरु फेरि एक पटक जुरुक्क उठ्नु पर्ने समय आएको छ । आफ्नो जाती, वर्ग, लिङ्ग र भूगोलका दलालहरुलाई एक पटक आगो– पानी मात्र बार्ने होइन, सिमित भूभागमा कैद गरेर राख्न पर्ने भएको छ । शान्तिपूर्ण रुपमा यसो गर्न सकिँदैन भने विना बल प्रयोग जनताको इतिहासमा कहाँ लेखिएको छ र ?
माथि मैले पृथ्वीनारायण शाह र महेन्द्र वीरबिक्रम शाहका राष्ट्रवादी सोचको सम्मान गरेको छु । राजाहुनुको कारणबाट उनीहरु लोकतन्त्रवादी नहुनु कुनै नौलो तर्क नहोला तर लोकतन्त्रको भजन गाएर देश र जनतालाई फिजी वा सिक्किम बनाउने दलाल चरित्र हामीलाई चाहिएको छैन । सार्वभौम सम्पन्न राष्ट्र रहे लोकतन्त्रको लडाईं भोली पनि लड्न सकिन्छ र एक न एक दिन जनताले सफल पारेर छाड्ने छन् । तर, देशको सार्वभौम अस्मीता गुमे पछि लोकतन्त्र र राष्ट्रियता सदाको लागि गुम्नेछन् । आज अस्तीत्व लुटिएर अर्काको साम्राज्यमा मिलेका मुलुकका जनताले के भोलि लोकतन्त्र पाउन सक्छन् ?
लोकतन्त्र तथा जनवाद, नयाँ अर्थमा नयाँ जनवाद आमूल क्रान्तिविना सम्भव छैन । जसको लागि इतिहासमै नझुक्ने नेतृत्वको विकासको खाँचो छ । जनवाद र अधिनायकतन्त्रलाई एक आपसमा मिलाएर लान सके मात्र जनताको जनवादी अधिनायकतन्त्र स्थापना र लागु हुन सक्छ । यी दुबै एक तराजुका २ हिस्सा जस्तै हुन्– एकातर्फ थोरै बल गर्ने बित्तिकै कि तानाशाहा जन्मिन्छ कि छाडातन्त्र । अव सम्बर्धन गर्नुपर्ने कम्युनिस्ट आन्दोलनमा यो कुराको राम्रो ध्यान दिनु जरुरी छ ।
आज मुलुकमा राजतन्त्र छैन । यसको मतलव के लोकतन्त्र छ त ? वास्तवमा लोकतन्त्र पनि छैन । मुलुकमा त छाडातन्त्रको विकास भएको छ । यो छाडातन्त्र पनि पुरै सामन्ती संरचनामा अडिएको छ । यसमा निस्क्रिय पुँजीवादको चर्को गन्ध आउँछ । यो भनेको गरीव अझै गरीव बने र धनी रातारात धनी हुँदै जानु हो । हो केही फाटेका चप्पलहरु पनि जनताको मुक्तिको नारामा अरवपती बनेका छन् । अपवादमा पाइने यी दलाल चरित्रका नेताहरु सङ्ख्या पनि सानो छ । अनि यसैको पछि लाग्ने लोभी कार्यकर्ताहरुको एउटा सानो झुण्ड कुकुरको दिसामा भुन्भुनाउने झिँगा जस्तै देखिन्छन् । यी र यस्ता व्यक्ति र प्रबृत्ति बाहेकका नेपाली स्वाभिमानी जनता आज पनि लोकतन्त्र र आत्मसम्मानको लागि लड्न आतुर छन् ।
(लेखक जनयुद्धको इनिसिएटर १९ जना मध्येका एक हुनुहुन्छ ।)
0 comments
Write Down Your Responses