Powered by Blogger.
परम्परागत गीतसंगीतलाई संरक्षण गर्न सुनकोशी सास्कृतिक कार्यक्रम


सिन्धुली, २५ माघ । नेपाली कला संस्कृति र पम्परागत गीतसंगीतलाई संरक्षण गर्न सिन्धुलीको सुनकोशी क्षेत्रमा विशाल सुनकोशी सास्कृति कार्यक्रम २०७२ को आयोजना गरिएको छ । 
कार्यक्रम रोजन फिल्म प्रोडक्सन र शिद्धठाकुर म्युजिक कम्पनी प्रालीको आयोजनामा सुनकोशी क्षेत्रको डुडभञ्ज्याङ्ग गाविसको वाक्सुफाँटमा सम्पनन् गर्न लागीएको जनाइएको छ । 
आउँदो शुक्रबार हुने कार्यक्रममा स्थानीय कला सस्कृति र झाकी प्रदर्शन सहित राष्ट्रिय स्तरका ख्याती प्राप्त दर्जनौं कलाकारहरुको वेजोड सांगीतिक प्रस्तुती रहने आयोजक शिद्धठाकुर म्युजिक कम्पनीका प्रमुख तथा स्थानीय कलाकार रादिप सुनुवारले जानकारी दिए । 
कार्यक्रममा कलाकार रामजी खाँण, राधिका हमाल, माधव थापा, जानुकी तारमी मगर, राजु बराल, राम थापा, लक्ष्मी गुरुङ्ग, हेमन्त ठाडामगर, भिमसेन खतिवडा लगायतका कलाकारहरुको प्रस्तुती रहने जनाइएको छ । 
सुनकोशी क्षेत्रको गीतसंगीत र सस्कृतिलाई प्रबद्र्धन गर्दै मध्यपहाडी क्षेत्रको विकासमा सहयोग पु¥याउन विशाल सुनकोशी सास्कृति कार्यक्रमले टेवा पुरयाउने विश्वास रहेको आयोजक रादिप सुनुवारको भनाई छ । कार्यक्रमलाई झागाँझोली रातमाटा–३ मा सञ्चालीत लोकला रातोभाले भान्छा घरले प्रायोजन गरेको छ भने मिडिया पार्टनरको रुपमा विजयकिल्ला अनलाई रहेको छ । 




,

0 comments

Write Down Your Responses