Powered by Blogger.
दाहाल आफ्नै क्षेत्रमा कमजोर,बरालले जित्ने निश्चित




 


सिन्धुली, २५ माघ । नेपाली कांग्रेसको १३ औं महाधिवेशन अन्तरगत सोमबार भएको जिल्ला अधिवेशनमा देउवा पक्षका उमेदवार प्रेम चन्द्र दाहाल आफ्नै क्षेत्रमा कमजोर देखिएका छन । १ नं.निर्वाचन क्षेत्रका दनुवार समुदायका प्रतिनिधी र जैसी समुदायका प्रतिनीधीहरुले उनलाई मतदान नगरेपछि जिल्ला सभापतिको निर्वाचनमा दाहाल कमजोर देखिएका हुन । 
निर्वाचन क्षेत्र भरिका दनुवार र जैसी समुदायका प्रतिनीधीहरुले क्षेत्रीय अधिवेशनमा आफुहरुलाई प्रेमचन्द्र दाहालले अवहेलना गरेको भन्दै जिल्ला अधिवेशनमा संस्थापन पक्षका सभापतिका उमेदवार उज्जवल बराललाई मतदान गरेपछि दाहालले आफु महाधिवेशन प्रतिनीधीमा सवैभन्दा बढी मत ल्याएर निर्वाचीत भएकै स्थानबाट अपेक्षा अनुसार मत पाउन सकेनन् । 
१२ हजार भन्दा बढी जनसंख्या रहेको दनुवार समुदायलाई दाहालले अवहेलना गरेका कारण जिल्ला सभापतिको पदमा बराललाई मतदान गर्ने  निर्णय गरिएको नेपाली काग्रेसका पुर्व महासमिति सदस्य राम प्रसाद अधिकारी दनुवारले बताए । 
दनुवार समुदायका प्रतिनिधीहरू ।
रामप्रसाद अधिकारी सँगै पुर्व महासमिति सदस्य जगत प्रसाद कल्याण, पुर्व जिल्ला सदस्य सुकदेव कुँवर र दनुवार समुदायका झण्डै ३ दर्जन प्रतिनीधीहरुले बराललाई मतदान गरेका थिए । उता जैसी समुदायका प्रतिनीधीहरुले पनि क्षेत्रीय अधिवेशनमा आफुहरुलाई अवहेलना गर्ने काम दाहालबाट भएको भन्दै सभापतिको पदमा बराललाई मतदान गरेका थिए ।
३ नं.निर्वाचन क्षेत्रबाट अत्याधीक मतले महाधिवेशन प्रतिनीधीको पदमा निर्वाचित भएका नरेन्द्रजंग थापाको सर्मथनमा सभापतिको उमेदवार बनेका दाहाल आफ्नै क्षेत्रमा कमजोर देखिएका छन भने ३ नं.निर्वाचन क्षेत्रबाट पनि दाहालले अपेक्षा अनुसार मत प्राप्त गर्न नसकेको काग्रेस श्रोतको भनाई छ । श्रोतले भन्यो, ‘बराल सभापति हुने निश्चित नै भएको छ, ७० प्रतिशत मत ल्याएर बराल सभापति पदमा निर्वाचित हुनुहुन्छ ।’ मतदान सकिदा सम्मको अनुमानमा बराल सभापति पदमा निर्वाचित हुनेमा करीब निश्चित भएको श्रोतले बतायो । 
सभापतिका उमेदवार बरालले क्षेत्रीय निर्वाचनमा क्षेत्र नम्बर दुई र दाहालले क्षेत्र नम्बर एकबाट अत्याधिक मत ल्याएर महाधिवेशन प्रतिनीधिमा विजयी भएका थिए । बरालले पुर्व सभापति तथा सांसद मोहन बरालको सर्मथन प्राप्त गरेका थिए भने दाहालले ३ नं.निर्वाचन क्षेत्रमा प्रभावशाली नेता नरेन्द्रजंग थापाको सर्मथन प्राप्त गरेका थिए । 
उता जिल्ला सचिव पदका लागी भएको ४ जनाको प्रतिसप्रर्धामा प्रेम प्रसाद भट्टराई, शरद अाचार्य र दिपक कुमार घिमिरेको कडा प्रतिसप्रर्धा हुने देखिएको छ । कस्ले जित्छ आकलन गर्न सक्ने अवस्था नरहेको नेपाली काग्रेसका एक नेताले बताए । 
सोमबार दिउसो भएको निर्वाचन साँझ ५ बजे सम्म चलेको थियो अहिले साँझ ७ बजेबाट मतगणना कार्य सुरु भएको छ । अहिले मतगणना स्थल कन्दमुल तथा तरकारी विकास केन्द्रमा नेपाली काग्रेसका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिती रहेको छ । 


, ,

0 comments

Write Down Your Responses