Powered by Blogger.
करोडौं लगानीमा निर्माणाधीन मोवाइल टावर निर्माण अलपत्र



सिन्धुली २५, माघ । भारतले गरेको अघोषित नाकाबन्दी र लगातारको तराई बन्दका कारण जिल्लामा करोडौं लगानीमा निर्माण भईरहेका झण्डै २ दर्जन मोवाईल टावरको निर्माण कार्य अलपत्र भएको छ ।
नाकाबन्दीका कारण जिल्लाका २० स्थानमा निर्माणाधीन अवस्थामा रहेका जिएसएम मोवाइल टावर अलपत्र अवस्थामा रहेको टेलिकम सिन्धुलीले  जनाएको छ । 
एउँटा टावरको एक करोड भन्दा बढी लगानीमा निर्माण हुन लागेको उक्त टावर निर्माण कार्य प्रभावित हुँदा जिल्लाका ग्रामीण क्षेत्रका जिएसएम मोवाइल प्रयोगकर्ताहरु प्रभावित भएको छन भने नेपाली टेलिकमले करोडौं घाटा व्यहोरीरहनु परेको टेलीकम सिन्धुलीका कार्यालय प्रमुख नवराज कार्कीले बताए । 
उनले भने, ‘चिनीया कम्पनी हुवावेले जिल्लाको २० स्थानमा जिएसएम टावर निर्माण गर्ने जिम्मा पाएको थियो । आव २०७१÷७२ देखी नै निर्माण कार्य सुरु गरिएको भएपनि अन्तीम चरणमा पुगेर नाकाबन्दीले प्रभाव पारेको छ ।’ 
कार्यालयका अनुसार हरीहरपुरगढी, पिपलमाढी, क्यानेश्वर, कपिलाकोट, बस्तीपुर, डाडीगुरासे, महादेवस्थान, मझुवा, झा.रा., कुशेश्वर दुम्जा, खाङसाङ्ग, भिमस्थान, लाम्पान्टार, रतनचुरा, तिनकन्या, अरुणठाकुर र कमलामाई नगरपालिकामा जिएसएम टावर निर्माणाधीन अवस्थामा रहेका छन । टावर निर्माण कार्य सम्पनन् भएपछि जिएसएम मोवाइल प्रयोगकर्ताहरुले जिल्लाभरी जुन सुकै क्षेत्रबाट सेवा प्रयोग गर्न सक्ने छन । 
हाल जिल्लामा नगरपालिका क्षेत्रमा तीन र  हर्षाही, दुधौली, हत्पते, भिमेश्वर र भद्रकालीमा सहित जम्मा ८ वटा जिएसएम मोवाइल टावर सञ्चालनमा रहेका छन भने मझुवा, हरिहरपुरगढी, झा.रा., खोलागाउँ, वेलघारी, ककुरठाकुर, महादेवस्थान गाविसमा स्काई मोवाइल टावर सञ्चालनमा रहेको कार्यालयले जनाएको छ । कमलामाई नगरपालिका क्षेत्रमा भने सिडिएमए, वाईम्याक्स र लैन्डलाईन सेवाको टावर समेत सञ्चालनमा रहेका छन । 
नेपाली टेलिकम सिन्धुलीको २०७२ पौष मसान्त सम्मको तथ्याङक अनुसार जिल्लामा जिएसएम पोष्टपेड मोवाइल प्रयोगकर्ता ४१४ प्रिपेड प्रयोगकर्ता ३४ हजार ८८०, स्काई मोवाइलको पोष्टपेड प्रयोगकर्ता ६३५ प्रिपेड १२ हजार ९३७ सिडिएमएको पोष्टपेड प्रयोकर्ता ९८, प्रिपेड प्रयोगकर्ता १ हजार ९०८ र लैन्डलाइन प्रयोगकर्ता १ हजार २९६ रहेका छन । त्यस्तै इन्टरनेट सेवा एडिएसएल ग्राहक संख्या २१६ र वाइम्याक्स प्रयोगकर्ता ५९ रहेका छन । 
जिल्लामा पछिल्लो समय नेपाल टेलिकमबाट प्रदान गरिने मोवाइल तथा इन्टरनेट सेवा प्रभावकारी हुन नसक्दा र ग्रामीण क्षेत्रमा समयमै मोवाइल टावरको निर्माण कार्य हुन नसक्दा सेवाग्राहीहरु निजी मोवाइल सेवा कम्पनि एनसेल र स्मार्टको मोवाइल सेवा लिन बाध्य भएका छन भने जिल्लाको जुन क्षेत्रमा पनि सेवा लिन सकिने भएकाले त्यसतर्फ आकर्षित समेत हुँदै गएका छन । 
उता निजी कम्पनीहरुले भने अफरका विभिन्न् प्याकेजहरु ल्याएर दिनानुदिन ग्राहकहरुलाई आफुतर्फ आकर्षित गर्दै गइरहेका छन जस्ले गर्दा नेपाल टेलिकमको सेवाग्राहीहरु घट्दै गएका छन । 




, ,

0 comments

Write Down Your Responses