Powered by Blogger.
२७ वर्ष भारत बसेर फर्केका घिसिङ बंगुरपालनबाट मनग्य अाम्दानी गर्दै

राजन गाउँले

दुधौली (सिन्धुली) २७, माघ । सत्ताइस वर्षसम्म छिमेकी मुलुक भारतमा रोजगारका लागि बसेका दुधौली ५ का मोहन घिसिङले बंगुर पालेर वार्षिक पाँच लाख रुपैयाँसम्म आम्दानी गर्छन् । बर्षमा चार पटकसम्म बंगुरले जन्माएका पाठा पाठी बिक्रि गरेर र मासुका लागि तयार बयस्क बंगुरको बिक्रिबाट उनले वार्षिक पाँच लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका हुन् । 
०४५ सालदेखि ०७० सालसम्म झण्डै सत्ताइस वर्ष भारतमा रोजगारका लागि मजबुरी गरेको घिसिङले दुई वर्ष अघिबाट ‘घिसिङ बंगुर पालन फर्म’ दर्ता गरेर बंगुरको ब्यावसायिक पालन थालेका थिए ।
दुई लाख पचास हजार रुपैयाँको लगानीबाट बंगुरका पाठा किनेर पाल्न थालेका घिसिङको फर्म जिल्लाकै नमुना फर्मको रुपमा लिइन्छ । अहिले उनको फर्ममा ३५ लाख रुपैयाँबढी लगानी रहेको छ । दुधौली नगरपालिकाको केन्द्रमै रहेको उनको फर्ममा हाल एक सय सात वटा बंगुर छन् ।
 उनको उन्नत जातको माउ र बच्चा छन् । हरेक तिन तिन महिनामा माउ बंगुरले पाठा जन्माउँछ । ‘एक पटकमा एउटा माउले मात्र १० देखी १५ वटासम्म पाठा पाउँछ । त्यस्ता पाठापाठी मध्य केहीलाई मासु उत्पादनका लागि हुर्काउने र केहीलाई पाठामै विक्री गर्ने गरेको छु,’ उनले भने, ‘आम्दानी त आठदश लाख रुपैयाँसम्म हुन्छ । तर, सबै खर्च कटाउँदा पाँचलाख रुपैयाँबढी वार्षिक आम्दानी बचाउँन सकेको छु ।’
फर्मममा अहिले धराने, हेमसागर, ल्यान्डे«स, डिउसो लगायतका जातका बंगुर छन् ।उनको फर्मबाट उत्पादीत बंगुरको पाठा तथा मासु स्थानीय बजारका साथै कटारी, सिन्धुली, वर्दीवास लगायतका बजारमा विक्रि हुने गरेको छ । एउटा बंगुरको पाठाको मुल्य चार हजार रुपैयाँदेखि पाँच हजार रुपैयाँसम्म पर्ने गर्छ । मासुको लागी तयार गरिएको बंगुर एउटै कम्तीमा एक सय पचास किलोसम्मको हुने गरेको छ । बंगुरको पाठा लिन धेरै जसो फर्ममानै आउँछन् । 
‘जन्मीएको एक महिनाभित्रमा त्यस्तो पाठा बिक्रि गरेको छु । मासुका लागि एक वर्ष पालेपछि विक्री गर्ने बेला हुन्छ । मसुकालागि तयार पारिएको बंगुरलाई बेला भएपछि बजारमा कन्ट्याक गरेर बिक्रि गर्ने गरेको छु,’ घिसिङले भने । घिसिङलाई उनको परिवारको राम्रो सहयोग रहेको छ । ४९ वर्षीय घिसिङले भारतमा मात्र २७ वर्षबढी समय बस्दा समेत केही उन्नती गर्न नसकेपछि स्वदेशमै रहेक केही गर्ने अठोट बनाएर बंगुर पालन व्यवसाय रोजेको जनाए । 
  उनले भने, ‘अर्काको देशमा गर्ने दुःख आफ्नै गाउँघरमा गर्ने हो भने रामै्र आम्दानी गर्न सकिने अरु साथीहरुको ब्यावसायिक अनुभवले आफुले पनि बंगुर पालन व्यावसाय सुरु गरेको हुँ । अहिले यहि व्यावसाय आम्दानीको राम्रो माध्यम बनेको छ ।’ सरकारले बंगुर पालन गर्ने कृषकहरुलाई प्रोत्साहन स्वरुप विभिन्न प्रकारका अनुदान दिन थालेपछि पनि बंगुर पाल्ने कृषकहरुको संख्यामा बृद्धि हुँदै गएको छ । तर घिसिङले भने त्यस्ता कुनै अनुदान तथा सहयोग रकम पाउँन सकेका छैनन् ।
पछिल्ला केही वर्षयता बंगुरपालनमा जिल्लाका ग्रामिण क्षेत्रका किसानहरु समेत आकर्षित हुन थालेका छन् । एउटा वयष्क बंगुरको मूल्य ४० देखी ६० हजार रुपैयाँ पर्छ । मासु प्रति किलो ३ सय ५० रुपैयाँ छ । 
तस्विर ःघिसिङ बंगुर पालन फर्ममा पालिएका बंगुरहरु  र वंगुरकाे अाधुनीक खाेर ।


, , ,

0 comments

Write Down Your Responses