Powered by Blogger.
धार्मीक महोत्सव सम्पन्न, प्रवेशद्धारको सिलान्यास

सिन्धुली २९, फागुन । गत शुक्रबारबाट सिन्धुलीमाढीमा सुरु भएको ऐतिहासिक विराट राष्ट्रिय कल्याण शान्ति महायज्ञ तथा सिन्धुली धार्मीक महोत्सव २०७२ शनिवार एक कार्यक्रमका वित सम्पन्न भएको छ । नौं दिनसम्म चलेको महायज्ञ तथा धार्मीक महोत्सवको अन्तिम दिन सिन्धुली जिल्ला प्रबेश द्धारको सिलान्यास गर्दै सम्पन्न गरिएको हो । 
कमलामाई नगरपालिका स्थित भिमानको चुरेमा रहेको धुनषा र सिन्धुली जिल्लाको सिमानामा जिल्लामा प्रबेश गर्नेहरुका लागि प्रवेश द्धारा निर्माणका लागि सिन्धुली क्षेत्र नम्बर दुईका सभासद मोहन बरालले सिलान्यास गरेपछि खुल्ला मन्च स्थित महायज्ञ आयोजना स्थलमा एक कार्यक्रमका विच समापन गरिएको हो ।
 नेपाल मानव धर्म सेवा समितिको आयोजनामा राष्ट्रमा शािन्तहोस भन्ने उशेश्यका साथ आयोजना गरीएको धानधान्नान्चल तथा शान्ति महायज्ञ समापन कार्यक्रमका प्रमुख अतिथी तथा सभासद बरालले जिल्लामा पहिलो पटक धार्मीक महोत्सवको आजोजना गरी जिल्लाको विकास लागि थालिएको सकारात्मक कदमले सेवा संगै सहयोगका हातहरु जम्मा गर्ने काम गरेको बताए ।
उनले भने, ‘यस्तो पवित्र कार्यले जिल्लाको विकासको लागि महत्वपूर्ण भुमिका निर्वाह गर्द छ । सबैले सहयोग गरे जिल्लाको विकास गर्न कुनै कठिनाई हुने छैन् ।’उनले धार्मीक कार्यले मान्छेमा आँट आउने भन्दै असम्भव कामलाई पनि सझिलै सम्पन्न गर्न सहयोग पु¥याउने बताए ।
बरालले धार्मीक कार्य घडीको सुई जस्तै विश्वनीय हुने भएकाले बचन गरेका कार्यहरुपनि घडीको सुइ जस्तै भएर इमान्दार र महत्वपूर्ण रुपमा सम्पन्न गर्न सुझाए ।  कार्यक्रममा  प्रमुख जिल्ला अधिकारी ताराबहादुर कार्कीले महोत्सले आधात्मीक चेतना र जागरण पैदा गरेको बताए । 
  उनले आध्यात्मकि चिन्तनका साथै जिल्लाको विकासमा महत्वपुर्ण भुमिका निर्वाह गर्नेमा विश्वास व्यक्त गरे ।महायज्ञका मुख्य कथा बाचक गोविन्द शरण महाराजले जिल्लामा चर्चीत पण्डीत दिनबन्दु पोखरलेसम्मलाई ल्याएर धार्मीक कार्यको नाममा करोडौं रुपैयाँ संकलन गरेपनि कामनै नगरी आयोजकले खाएर पोखरेलको बन्दाम गरेको सुन्दा अत्यन्त दुःख लागेको स्मरण गराउँदै धार्मीक महोत्सवमा उढेको रकम पनि त्यसैगरी दुरुपयोग हुन्छकी भन्ने चिन्ता व्यक्त गर्दै भोलीबाटै निर्माणको कार्य थालनी गर्नु पर्नेमा जोड दिए ।
नेपाली कांग्रेसका जिल्ला सभापति उज्वल बरालले मानवताका लागि अध्यात्मकताको बाटोबाट सत् कार्य गर्न सिकाउने भन्दै धार्मीक कार्यले विश्वका ठुलाठुला राष्ट्रमा भएका विद्रोहलाई समेत कम गर्दै लैजान महत्वपूर्ण भुमिका खेलेको चर्चा गरे ।
एमाले सिन्धुलीका अध्यक्ष प्रदिप कटवालले विश्वमा पुँजीवाद र साम्मेवादको जतीसुकै कुरा गरेपनि कर्म प्राप्तीका लागि धार्मीक आस्था र विश्वास महत्वपूर्ण हुने बताए ।
यस्तै समापन कार्यक्रममा मिनबाहादुर श्रेष्ठ, कमलामाई नगरपालिकाका कार्यकारी अधिकृत जगत भुषाल लगायतको उपस्थिती रहेको थियो । 
कार्यक्रममा महायज्ञ सुरु भएको दिन देखि अरु सबै दिन संकलन भएको दन रकमको स्थानीय सञ्चार माध्ययमबाट सार्जजनीक गरीने गरेको भएपनि अन्तीम दिनको हिसाव सार्वजनीक नगरिएकोमा भने स्थानीय मिडियाकर्मीहरुले असन्तुष्ठ व्यक्त गरेका छन् । उनिहरुले आयोजकहरुले हिसाव लुकाएको भन्दै त्यसमा उनिहरु प्रति आशंका रहेको जनाएका छन् । 
नेपाल मानव धर्म सेवा समितिले प्रवेशद्धार र आश्रम गृह निर्माणका लागि भन्दै महायज्ञ लगाएर एक डेढ करोड रुपैयाँको हाराहारीमा रकम संकलन गरीएको बताइएको छ । तर, जिल्ला बासीहरुले भने यस अघि पनि जिल्लामा विभिन्न कार्य गर्ने भन्दै धार्मीक कार्यको नाममा रकम संकलन गरिएको भएपनि कुनै काम नगरी पैसा आयोजकले खाने गरेको भन्दै यस पटक पनि काम हुनेमा भने आशंका गरेका छन् ।


,

0 comments

Write Down Your Responses