Powered by Blogger.
प्रचण्डले भने, ‘नेपाली काग्रेसमा नयाँ नेतृत्व आउँदैमा सरकार परिवर्तन हुँदैन ।’

बुद्धकुमार आछामी 
सिन्धुली, ३० फाल्गुण । काठमाडाैंबाट सिराहाको जिल्ला परीषद उदघाटनका लागी हिडेका एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले आईतबार सिन्धुलीमाढीमा कार्यकर्ताहरुसँग भेटघाट गर्दै नेपाली काग्रेसमा महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदैमा सरकारमा कुनै परिवर्तन नआउने बताएका छन । 
कार्यकर्तासँगको भेटघाटमा अध्यक्ष प्रचण्डले भने, ‘काग्रेस महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदैमा ठुलै परिवर्तन केहि हुनेवाला छैन, सरकार परिवर्तन हुँदैन ।’ उनले भने, ‘बरु पुर्ननिर्माणको अभियानलाई प्रभावकारी बनाउन र संविधानलाई कार्यान्वयन गर्न राष्ट्रिय सरकार आवश्यक छ, काग्रेस सहितको राष्ट्रिय सरकार बन्न सक्छ तर सरकार परिवर्तन हुँदेन ।’ अझै दुई वर्ष सम्म नै यहि सरकार अगाडि जाने बताउँदै दाहालले यहि सरकारले स्थानीय निकायको चुनाव समेत गराउने बताए । उनले नेपाली काग्रेसलाई राष्ट्रिय सरकारमा समावेश हुँदा राम्रो हुने समेत बताए ।
सरकारको चीन भ्रमणको तयारीको बारेमा बताउँदै अध्यक्ष प्रचण्डले व्यापार विविधीकरणका लागी भ्रमण उपलब्धीमुलक हुने विश्वास व्यक्त गरे । भ्रमणलाई उपलब्धीमुलक र फलदायी दलहरु र सरकार वीच छलफल भइरहेको समेत उनको भनाई थियो ।
अध्यक्ष प्रचण्डले विभाजीत माओवादी धाराका शक्तिहरु वीच चाडै एकता हुने समेत बताए । उनले भने, ‘बावुरामजी बाहेकका माओवादी धाराका शक्तिहरुसँग पार्टी एकताको चर्चा चलिरहेको छ र विभिन्न् चरणमा बार्ताहरु पनि भईरहेको छ ।’ एकताको प्रक्रिया अगाडि बढीरहेकाले चाडै परिणाम आउने उनको भनाई थियो । बावुरामले माक्र्सवाद नै छाडेका कारण उनीसँग भने छलफलनै जरुरी नरहेको दाहालले बताए । माओवादी एकता राष्ट्र र जनताको अपेक्षा भएकाले चाडै एकता हुने दाहालको भनाई थियो ।
राष्ट्र र राष्ट्रियतालाई बलियो बनाउन बामपन्थी, प्रगतिशिल र देशभक्त शक्तिहरुको सयुक्त मोर्चाको आवश्यक्ता रहेको बताउँदै मोर्चा निर्माणका लागी पनि पहल भइरहेको अध्यक्ष प्रचण्डले बताए । 
कार्यकर्ता भेटघाटमा निक्कै उत्साहित देखिएका प्रचण्डले राजनैतिक मुद्धा र एजेण्डाका हिसाबले अहिले पनि एकीकृत माओवादीनै देशको पहिलो शक्ति भएको बताउँदै आउँदो निर्वाचनमा संख्यामा पनि एक नम्बरको पार्टी बनाउन सवै कार्यकर्ताहरुलाई उत्साहित भएर लाग्न आग्रह गरे । उनले भने, ‘आउँदो निर्वाचनमा हाम्रो पार्टीले गाउँदेखी केन्द्र सम्म जित्नु पर्छ, त्यसको तयारीमा लाग्नुस ।’ केन्द्रका नेताहरु पार्टीको पुर्ननिर्माणमा लागिसकेकाले जिल्ला स्तरका नेतालाई पनि पार्टीको पुर्ननिर्माणमा लाग्न अध्यक्ष प्रचण्डले आग्रह गरे । अध्यक्ष दाहालको साथमा आपूर्ति मन्त्री गणेशमान पुन समेत उपस्थिती रहेको थियो ।
दाहालले जिल्लाका नेताहरुबाट जिल्लाको पार्टीको अवस्थाको बारेमा समेत जानकारी लिएका छन भने जिल्ला स्थिती प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षा निकायका प्रमुखहरुसँग भेटी जिल्लाको पछिल्लो शान्ति सुरक्षाको अवस्थाको बारेमा समेत जानकारी लिएका थिए । 



, ,

0 comments

Write Down Your Responses