Powered by Blogger.
अनेरास्ववियू(क्रान्तिकारी) अध्यक्षमा पहाडी

राष्ट्रिय स्वधिनताको रक्षा र नयाँ संविधान कार्यन्वयनमा जोड

सिन्धुली २९, फागुन । एकिकृत नेकपा माओवादी निकट अनेरास्ववियू क्रान्तिकारी सिन्धुलीको शनिवार सम्पन्न १९ औं जिल्ला सम्मेलनले उत्तम पहाडीको अध्यक्षतामा ५१ सदस्य जिल्ला कार्य समितिको चयन गरेको छ । 
क्रान्तिकारीको बरिष्ठ उपाध्यक्षमा विश्वज्योति थापा, उपाध्यक्षमा पोषक पौडेल, सचिवमा भानुभक्त श्रेष्ठ, सहसचिवमा विष्णु न्यौपाने र सुर्य श्रेष्ठ, कोषाध्यक्षमा सुनिता गिरी चयन भएका छन् ।
क्रान्तिकारीका केन्द्रीय महासचिव अनिल शर्माको प्रमुख आतिथ्यतामा भएको सम्मेलनले पछि थप सात सदस्य मनोनित गर्नेगरी ४४ सदस्य कार्य समति चयन गरेको नवनिर्वाचित बरिष्ठ उपाध्यक्ष विश्वज्योति थापाले जानकारी दिए । उनका अनुसार क्रान्तिकारीले आफ्नो संगठनको बैठकबाट सात सदस्य मनोनित गर्ने छ ।
जिल्लाभरका विद्यालयबाट झण्डै पाँच सयबढी विद्यार्थीहरुको सहभागिता रहेको सम्मेलन उद्घाटनका क्रममा कार्यक्रमका प्रमुख अतिथी तथा क्रान्तिकारीका केन्द्रीय महासचिव शर्माले देशको विकासका लागि विद्यार्थीहरुले महत्वपूर्ण भुमिका निर्वाह गर्नु पर्नेमा जोड दिए । ‘विद्यार्थी संगठन पार्टीको मात्र संगठन नभएर देशको विकासमा समेत संगठनले महत्वपूर्ण भुमिका निर्वाह गर्ने भएकाले विद्यार्थीहरुको भुमिका महत्वपूर्ण रहने गर्दछ,’ उनले भने ।
शर्माले नयाँ संविधान कार्यान्वयन र राष्ट्रिय स्वाधिनताको रक्षाका लागि विद्यार्थीहरुले महत्पूर्ण भुमिका निर्वाह गर्नु पर्ने आवश्यकता औल्याए ।
यस्तै सम्मेलनका विशेष अतिथि तथा एमाओवादी सिन्धुलीका इन्चार्ज विषमलाल अधिकारी दनुवारले विद्यार्थीहरु पार्टीको मुख्य भुमिकामा रहने संगठन भएकाले संधै सक्रिय र मजबुत भएर रहनु पर्नेमा जोड दिए ।
‘राष्ट्रिय स्वधिनता र नयाँ संविधान कार्यान्वयनका लागि हाम्रो अभियान, समाजबाी शिक्षा प्राप्तीको पक्षमा १९ औं जिल्ला सम्मेलन’ भन्ने मुल नाराका साथ भएको सम्मेलनमा एमाओवादी केन्द्रीय परिषद सदस्य गोणश बुढाथोकी, एमाओवादी सिन्धुलीका अध्यक्ष राजन दाहाल, सचिव पानीराज बम्जन, जिल्ला सदस्य ज्वालाप्रसाद न्यौपाने पुकार, जिल्ला सदस्य तथा विद्यार्थी प्याक्सन इन्चार्ज यमकुमार देवकोटा लगायतका वक्ताहरुले  जिल्लामा शैक्षिक क्षेत्रमा आएका विकृतीको अन्त्य तथा पार्टीको संगठन सुदृढी करणका लागि सबै विद्यार्थीहरु एक भएर लाग्ुन पर्नेमा जोड दिएका थिए ।
उनिहरुले  आधुनीक र जनवादी शिक्षाका लागि अझै क्रान्तीकारी भुमिकाको आवश्यक रहेको भन्दै राष्ट्रिय स्वाधिनताको रक्षाका लागि समेत विद्यार्थीहरुले उल्लेखनीय भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
विद्यार्थीब संगठनका अध्यक्ष हेम कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा नेविसंघ सिन्धुलीका इश्वर बस्नेत र अनेरास्ववियू सिन्धुलीका लालबहादुर वुढाथोकीले पनि शुभकामना मन्तव्य व्यक्त गर्दै तत्कालीन राणा शासनको अन्त्य देखि जनआन्दोलन ०६२÷०६३सम्म आउँदा विद्यार्थीहरुले खेलेको भुमिकाको विषयमा चर्चा गरेका थिए ।


, ,

0 comments

Write Down Your Responses