Powered by Blogger.
शैद्धान्तिक सहमति नभएसम्म पार्टी एकीकरण हुँदैनः गजुरेल

राजन गाउँले
सिन्धुली, ३० फाल्गुण । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैद्य माओवादी सहित माओवादी धाराका शक्तिहरुविच तत्काल पार्टी एकिकरण हुने बताएको केही घण्टा नवित्दै बैद्य माओवादीका उपाध्यक्ष सिपी जगुरेलले आइतबार एमाओवादीसँग तत्काल एकता नहुने बताएका छन् । 
अध्यक्ष प्रचण्डले सिन्धुलीमाढीमा पत्रकारहरुसंग संक्षीप्त कुराकानी गर्दै बैद्य माओवादी संग केही दिनमै पार्टी एकिकरण हुने बताएको एक घण्टा पनि वित्दा नवित्दै जिविस सिन्धुलीको २१ औं जिल्ला परिषदमा सहभागि हुन सिन्धुलीमाढी आइपुगेका उपाध्यक्ष गजुरेलले एमाओवादीसंग पार्टी एकिकरणको कुरा भएको भएपनि शैद्धान्तिक सहमति विना एक दुई दिनमै पार्टी एकिकरण हुने कुरा हल्ला मात्र भएको बताएका हुन् ।
उनले सञ्चारकर्मीहरुको जिज्ञासामा भने, ‘कम्यूनिष्टहरु धेरै हुनु राम्रो नभएपनि शैद्धान्तिक सहमति विना एक ठाउँमा उभिने कुरा गाह्रो छ । सच्चा कम्युनिष्टहरुविच ढिलो चाँडो एकता त हुन्छ नै तर, एमाओवादीसंगको एकता भने हालकै अवस्थामा भइहाल्छ भन्ने कुरा हल्ला मात्र हो । सहमतिका लागि पहिलो राजनीतिक र बैचारीक नितीका विषयमा शैद्धान्तिक सहमति हुनु जरुरी छ ।’
पार्टी एकिकरणका लागि दुबै पार्टीको शिर्ष तहमा धेरै पटक छलफल भएपनि शैद्धान्तिक रुपमा राजनीतिक निती कस्तो हुने भन्नेमै गएर कुरो अड्कीएको उनको भनाई थियो ।
‘दुबै पार्टीविचमा भएको मतभेदहरुका विषयमा छलफल भएर एक खालको सहमति भएपछि मात्र बल्ल पार्टी एकिकरणको प्रक्रियामा जान सकिन्छ । तर, अहिले कुनै पनि विषयमा छलफलनै भएको छैन् । अझै टाइम लाग्न सक्छ,’ उनले भने । दुबै पार्टीका तर्फबाट बार्ता समितिको गठन गरेर लिखित रुपमा सहमति भएपछि मात्र एकिकरणको प्रक्रिया थालिने उनको भनाई छ । उनले एमाओवादी र आफ्नो पार्टीका विचमा आफुहरुले बहिस्कार गरेको संविधानसभाबाट जारी संविधान मान्ने नमान्ने कुरा देखि जनताका जनजिविका, राष्ट्रिय स्वधिनताका विषयमा मतभेद रहेको उनले खुलासा गरे ।
‘ठुलो संख्याले अस्विकार गरेको संविधान हामी पनि मान्न तयार छैनौं तर, प्रचण्ड जिहरु त्यहि संविधान कार्यान्वयनमा हुनु हुन्छ यहि कुरामा पनि हाम्रो विवाद छ । उहाँहरु पुजिबादी क्रान्ति र समाजबादको कुरा गर्नु हुन्छ हामीहरु जनबादी क्रान्तिनै पुरा नभएको कुरा गर्छौं यहि विचमा पनि हाम्रो विवाद कायमै रहेको छ,’ उनले थपे ।
नेपाल राजनीतिक संक्रमणको अझै अन्त्य नभएको चर्चा गर्दै गजुरेलल नेपाली राजनीतिक दलहरुविचमा एकता र सहकार्य नहुँदा भारतले लामो समयसम्म नाकाबन्दी गरेर दुःख दिएको बताए ।
उनले संविधान घोषणा भएको एक महिना पनि नवित्दै संविधान घोषणा गर्ने नै प्रमुख दलहरुबाट संसोधन प्रस्ताव लैजानु आश्चर्य जनक रहेको तर्क गरे । ‘एसियाकै उत्कृष्ठ संविधान निर्माण गरेऔं भन्नेहरुनै किन एक महिना पनि नवित्दै संसोधनमा लागे यो उनिहरुले देखाएको गाइजात्राले पनि संविधानलाई धेरैलु नरुचाउको देखिन्छ । यसलाई कार्यान्वयन गर्ने विषय झनै चुनौतीको विषय हो,’ गजुरेलले भने ।
गजुरेलले नेपालको राष्ट्रिय स्वधिनता र नेपालीहरुको जनजिविकाको लागि पार्टीले छिट्टै  आन्दोलन गर्ने समेत उद्घोष गरे । 


,

0 comments

Write Down Your Responses