Powered by Blogger.
प्रहरीमा जागिर खान सिन्धुलीबाट चार सय ६३ को आवेदन

फाइल फाेटाे । 

सिन्धुली, २ चैत्र । जनपद प्रहरीमा भर्ना हुन सिन्धुलीबाट ४ सय ६३ जनाले आवेदन दिएका छन । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक निर्मल पनेरुले एक सय ५ जना महिला र ३ सय ५८ जना पुरुष सहित जम्मा ४६३ जनाले प्रहरीमा भर्ना हुन आवेदन दिएको जानकारी दिए । 
गत माघ २४ देखि फागुन ३० गतेसम्म दरखास्तका लागि समय दिइएको थियो । भर्ना खुलेसँगै जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा आवेदन लिइएको थियो । 
देशभरका लागी खुल्ला तर्फ २ हजार ९ सय ३४, अमर असक्त प्रहरी परिवार तर्फ १ सय ९, आदिवासी जनजाति तर्फ ७ सय ६८, मधेशी तर्फ ६ सय ७२, दलित तर्फ ३ सय ६० र पिछडिएको क्षेत्र तर्फ १ सय २१ गरी जम्मा ५ हजार ४ सय ४४ जना जनपद प्रहरी जवानका लागी भर्ना खोलिएको थियो । 
जिल्लाको दुधौली नगरपालिकामा मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्रको स्थापना भएपछि प्रहरीमा जागिरका लागी जिल्लाका युवा तथा युवतिहरुको आकर्षण बढेको देखिएको छ । अघिल्ला वर्षहरु भन्दा यस वर्ष प्रहरी जवानको लागी आवेदन दिनेहरुको संख्यामा बृद्धि भएको बताइएको छ । आफ्नै जिल्लामा तालिम केन्द्र भएका कारण पनि आवेदन दिनेको संख्या वृद्धि हो । 


0 comments

Write Down Your Responses