Powered by Blogger.
१३ औं महाधिवेशनमा सिन्धुलीका नेता कस्ले कति मत प्राप्त गरे ? हेर्नुस




सिन्धुली, २ चैत्र । नेपाली काग्रेसको १३ औं महाधिवेशनमा सिन्धुली जिल्लाका ३ जना नेताहरु चुनावी मैदानमा उत्रिएका थिए । पुर्व जिल्ला सभापति तथा सासंद मोहन प्रसाद बराल प्रदेश नं.३ बाट केन्द्रिय सदस्यको लागी चुनावी मैदानमा उत्रिएका थिए । बरालले जम्मा २८ मत मात्र प्राप्त गरेका छन । जिल्लाबाटै सहभागी प्रतिनिधीहरुले समेत उनलाई मत नदिएको काग्रेस श्रोतले बतायो । महाधिवेशनमा जिल्लाबाट ३६ जना प्रतिनीधी सहभागी  थिए । 
त्यस्तै सिन्धुली जिल्लाबाट नै महाधिवेशन प्रतिनिधी बनेकी विजुला बर्मा महिला तर्फको केन्द्रिय सदस्य पदमा चुनाब लडेकी थिइन । उनले १७५ मत प्राप्त गरेकी छिन । 
अर्की नेत्री शुसिला थिङ जनजाति महिला तर्फ केन्द्रिय सदस्यको लागी चुनावी मैदानमा उत्रिएकी थिइन । उनले पनि जम्मा ६१ मत मात्र प्राप्त गरेकी छिन । 


0 comments

Write Down Your Responses