Powered by Blogger.
विद्युत चुहावट र चाेरी नियन्त्रण गर्न अभियान


प्राधिकरणमा झण्डै तीन करोड बढी बक्यौता 

बुद्धकुमार आछामी
सिन्धुली, ३ चैत्र । जिल्लामा विद्युत चोरी र चुहावट नियन्त्रण गर्नका लागी विद्युत प्राधिकरण शाखा सिन्धुलीले अभियान सुरु गरेको छ । विद्युत चोरी र चुहावटको नियन्त्रण गर्न कार्यालयले अभियानकै रुपमा अनुगमन सुरु गरेको कार्यालय प्रमुख योगेन्द्र ठाकुरले बताए । 
आइतबार देखी सुरु गरिएको अभियान अन्र्तगत कमलामाई नगरपालिका क्षेत्रको बाघमारा लगायत स्थानमा राखिएको २५ भन्दा बढी अव्यवस्थित ढंगले प्रयोग गरिएको सडक बत्ति हटाइएको उनले बताए । कार्यालयका इन्जीनियरको नेतृत्वमा कमलाखोज क्षेत्रमा टोली परिचालन गरिएको र टोलीले बुधबार दुधौली नगरपालिका अन्र्तगत टाडी क्षेत्रको अनुगमन गरिरहेको ठाकुरले बताए । अनुगमनको क्रममा विद्युत चोरी गरेको पाइएमा कार्वाही गरिने समेत उनले बताए ।  गैर कानुनी रुपमा हुकको प्रयोग गरी सडक बालिएको भेटिएका कारण उक्त सडक बक्तिहरु हटाउने काग गरिएको कार्यालयले जनाएको छ । 
ठाकुरले प्राविधिक रुपमा हुने विद्युत चुहावट नियन्त्रणका लागि कन्डक्टर अपडेटिङ, कम क्षमताका ट्रान्समिटर हटाई नयाँ ट्रान्समिटर र पुराना विद्युत उपकरणका ठाउमा नयाँ उपकरणहरु जडान गर्ने लगायतका विभिन्न प्रयासहरु भइरहेको बताए । प्राधिकरणले विद्युत चुहावट तथा चाेरी नियन्त्रण गर्न र नियमित ग्राहकहरुको मिटर निरीक्षणका लागि कर्मचारी पनि खटाइएको र विद्युत हुकिङ गर्दा मानविय क्षेतिसमेत हुन सक्ने बताउँदै उनले त्यस्ता क्रियाकलापहरु नगर्न सबैलाई आग्रह गरे ।
विद्युतको नियमानुसार चोरी गरी प्रयोग गरिएको विद्युत लाइन जुनसुकै समयमा पनि काट्ने अधिकार विद्युत कर्मचारीलाई रहेको हुन्छ ।
विद्युत प्राधिकरणले बक्यौता रकम असुली गर्नका लागी २ महिना सम्म विद्युत महसुल नतिर्ने ग्राहकको लाइन काट्ने अभियान समेत सञ्चालन गरेको जनाएको छ । कार्यालय प्रमुख ठाकुरले भने, ‘विद्युतको बक्यौता रकम असुली गर्नका लागी २ महिना सम्म महसुल नतिर्ने ग्राहकको लाइन काट्न कार्यालयले सुरु गरेको छ ।’ कार्यालयमा माघ अन्तिम सम्म विद्युत महशुलको बक्यौता रकम २ करोड ९७ लाख ६२ हजार ७ सय ४ रुपैयाँ रहेको र ग्राहकहरुले विद्युत महसुल तिर्न लापरवाहि गर्ने गरेका कारण यो अभियान सञ्चालन गर्न कार्यालय बाध्य भएको उनको भनाई थियो । 
विद्युत महसुल नतिर्नेमा सरकारी कार्यालयनै अगाडि देखिएका छन । कमलामाई नगरपालिका कार्यालयले सडक बत्तिको विद्युत महसुल मात्र २ करोड ३७ लाख रुपैयाँ प्राधिकरणलाई बुझाउन बाँकी रहेको छ ।
विद्युत प्राधिकरणले नगरपालिकासँग सडक बत्तिको महसुल माग्ने गरेको छ भने नगरपालिका कार्यालयले आफ्नो क्षेत्रभित्र ब्यापार गरेको भन्दै विद्युत रोल्यल्टी वापतको रकम माग्ने गरेको छ । त्यहि विवादका कारण नगरपालिका कार्यालयले सडक बत्तिको रकम तिर्ने गरेको छैन । नगरपालिका कार्यालयका प्रमुख जगत प्रसाद भुषालले नितीगत रुपमै समस्या भएका कारण त्यति धेरै विद्युत महसुल बाँकी रहन गएको बताए । भुषालले भने, ‘देशभरिकै नगरपालिकाहरुले सडक बत्तिको रकम विद्युत प्राधिकरणलाई तिरको छैनन् र विद्युत प्राधिकरणले पनि नगरपालिका कार्यालयलाई विद्युत रोल्टीवापतको रकम तिर्ने गरेको छैन ।’ 
ग्राहस्थ ३८ लाख ३६ हजार ९५३, ब्यापारिक ४ लाख ७६ हजार ९३९, गैह–ब्यापारिक ५ लाख ३६ हजार ८२३, औधोगिक ६ लाख ३४ हजार ७३, सडक बत्ति २ करोड ३७ लाख ९६ हजार ६१७, सिचाई ८० हजार ४३, खानेपानी १ लाख १६ हजार ७८२, मन्दिर ४ हजार ५२५, सामुदायीक ७६ हजार १९०, आन्तरिक २ हजार ६७६ गरी कुल जम्मा २ करोड ९७ लाख ६२ हजार ७०४ रुपैयाँ रकम बक्यौता रहेको कार्यालयले जनाएको छ । 
प्राधिकरण शाखा प्रमुख योगेन्द्र ठाकुरले सर्वसाधारण नागरिकसँग भन्दा सरकारी कार्यालयसँग महसुलको बाँकी बक्यौता बढी रहेको बताउँदै जति पत्राचार गरे पनि त्यस्ता कार्यालयले महसुल नतिरी अटेर गर्ने गरेको बताए ।  


, ,

0 comments

Write Down Your Responses