Powered by Blogger.
अन्नपूर्णकर्मी गाउँले सम्मानीत

सिन्धुली ३, चैत्र ।गत बैशाख १२ गतेको भुकम्प पछि सिर्जीत विपत्तीको समयमा समेत सशक्त भएर उद्धार, राहात र मानविय संवेदनलाई मध्यनजर गर्दै पत्रकारीताको माध्ययमबाट सहयोग पुरयाएको भन्दै अन्नपूर्ण पोष्टका सिन्धुली संवाददात राजन गाउँले सम्मानीति भएका छन् ।
 नेपाल रेडक्रस सोसाइटी सिन्धुलीले आफ्नो ४५ औं जिल्ला भेलाको अवसर पारेर बुधबार रेडक्रसले गाउँलेलाई सम्मान गरेको हो ।
भुकम्प पछिको विषम परिस्थितीमा समेत रेडक्रस संगसंगै दुरदराजमा पुगेर समाचार संप्रेसण गरेर जिल्लामा महत्वपूर्ण सहयोग पु¥याएको भन्दै गाउँलेलाई सम्मान पत्र सहित दोशल्ला ओढाएर सम्मान गरिएको हो ।
सभासद मोहन बराल र प्रमुख जिल्ला अधिकारी ताराबहादुर कार्कीले संयुक्त रुपमा सम्मान गरेका हुन् ।
यस्तै रेडक्रसले जिल्लामा सञ्चारमाध्ययमबाट विपत्तीमा सहयोग पुरयाएको भन्दै एभिन्यूज टेलिभिजनका सिन्धुली सम्बाददात्ता शंकर शौगात, सिन्धुली सौगात दैनिकका प्रकाशक विनोद रापयमाझी र रेडीयो सिन्धुलीगढीकी राधिका बुढाथोकिलाई समेत सम्मान पत्र सहित दोशसल्ला ओढाएर सम्मन गरेको छ । कार्यक्रममा रेडियो सिन्धुलीगढीलाई पनि संस्थागत सम्मान गरीएको छ ।


,

0 comments

Write Down Your Responses