Powered by Blogger.
शान्ति समिति संयोजकमा कार्की


सिन्धुली, ४ चैत्र । पत्रकार महासंघ सिन्धुलीका पुर्व सभापति तथा कान्तिपुर दैनिकका जिल्ला संवाददाता राजकुमार कार्की स्थानीय शान्ति समिति सिन्धुलीको संयोजकमा सर्वसम्बत चयन भएका छन । 
विहिबार बसेको शान्ति समिति सिन्धुलीको वैठकले आउँदो वैशाख ५ गतेबाट संयोजकको जिम्मेवारी सम्हाल्ने गरी कार्कीलाई संयोजकमा चयन गरेको स्थानीय शान्ति समिति सिन्धुलीका संयाेजक प्रलाद पाेखरेलले जानकारी दिए । 
वैठकले एकीकृत नेकपा(माओवादी)को तर्फबाट गणेश वुढाथोकीलाई सदस्यमा थप गर्ने निर्णय समेत गरेको जनाइएको छ भने स्थायी शान्ति निर्माणको उदेश्यलाई पुरा गर्न आउँदो चैत्र १५ गते जिल्ला स्थित राजनैतिक दल, प्रशासन, बुद्धिजीवी लगायत सरोकारवालाहरुको सहभागीतामा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने निर्णय समेत गरेको संयाेजक बुढाथाेकीले जानकारी दिए । 


0 comments

Write Down Your Responses