Powered by Blogger.
ओरालो लाग्दो अवस्थामा जिविसको आन्तरिक आय

बुद्धकुमार आछामी
सिन्धुली, ५ चैत्र । जिल्ला विकास समिति सिन्धुलीको आन्तरिक आम्दानी केहि वर्ष देखि निरन्तर ओरालो लाग्दो अवस्थामा देखिएको छ । जिल्ला विकास समितिले आन्तरिक श्रोतलाई ठिक ढंगले व्यवस्थापन गर्न नसक्दा र सरकारको कानुनी अड्चनका कारण जिविसको आन्तरिक आम्दानी ओरालो लाग्दै गएको हो । 
पछिल्लो आर्थिक वर्षहरुको आम्दानीको अवस्था हेर्दा जिल्ला ढुंगा गिटी, बालुवाबाट जिविसले गर्दै आएको आम्दानी ओरालो लाग्दो अवस्थामा छ । आर्थिक वर्ष २०६८ देखी २०७१ सम्म आन्तरिक आम्दानीमा निक्कै बृद्धि भएको थियो । जुन आम्दानी वीपी राजमार्ग निर्माणको काम गरिरहेको हाज्मा कम्पनिले जिविसलाई ढुंगा गिटी बालुवाको राजश्व बुझाएका कारण बृद्धि भएको हो । त्यसभन्दा पछिल्ला वर्षहरुमा आन्तरिक आम्दानी ओरालो लाग्दै गएको छ । 
राष्ट्रपति चुरे संरक्षण कार्यक्रम अन्र्तगत कमलाखोला, मरिणखोला, ग्वाङ्गखोला लगायतका खोलामा ढुंगा गिटी बालुवाको ठेक्का लगाउन जिल्ला विकासले पाएको छैन । जस्ले गर्दा आन्तरिक आम्दानी घटेको छ भने ककुरठाकुरको ढुंगाखानी ठेक्का लगाउन पनि सर्वोच्च अदालतले स्टेअडर जारी गरेका कारण ठेक्का लगाउन सकेको छैन । जस्ले जिल्ला विकास समितिलाई लाखौं मात्र होइन करोडौं रकम घाटा भईरहेको अवस्था छ ।

उता जिल्ला विकास समिति सिन्धुलीले जिविस भित्रै चलेका क्रशरहरुबाट समेत राजश्व असुली गर्न नसक्दा पनि जिविसको आन्तरिक आम्दानी घटेको छ । मध्यपहाडी स्थित डुडभञ्ज्याङ्गको च्याकुटारवेशीमा सञ्चालित क्रशरसँग जिविस सिन्धुलीले दुई वर्ष देखी राजश्व लिन सकेको छैन भने राजश्व लिनका लागी कुनै तदारुकता समेत देखाएको छैन । केहि समय अघि गोल्डेन कन्ट्रक्सन प्राली र हाल विरुवा कन्ट्रक्सन प्रा.ली.ले निर्वाच रुपमा क्रशस सञ्चालन गरिरहेका छन । 
जिविस सिन्धुलीको राजश्व शाखाका अनुसार ढुंगा, गिटी र बालुवाबाट आ.ब.०६७÷०६८ः रु ४०,७३,३९४।– आ.ब. ०६८÷०६९ः रु १,३६,४७,७७४।– आ.ब. ०६९÷०७०ः रु १,३५,२८,८३९।– आ.ब. ०७०÷०७१ः रु १,९८,५०,७०६।– आ.ब. ०७१÷०७२ः रु ७०,००,०००।– चालु आ.ब. ०७२÷०७३ः रु ७०,००,०००।– आम्दानी भएको छ । 
पछिल्लो दुई आर्थिक वर्षमा जिविसको आन्तरिक आम्दानी ह्वातै घटेर गएको छ । चालु आर्थिक वर्षको जिल्ला विकासको आम्दानी घयाम्पेखोलाको ४६ लाख र सुनकोशीको २४ लाख बाहेक अन्य ठुलो आन्तरिक श्रोत छैन । 
२० औं जिल्ला परिषदमा आन्तरिक आय(कर, सेवा शुल्क दरस्तुर र अन्य आय समेत) रु ३ करोड ८ लाख ८२ हजार आम्दानी गर्ने लक्ष राखेको जिविसले १ करोड समेत संकलन गर्न नसक्ने पक्कापक्की जस्तै देखिएको छ । फाल्गुण महिना सम्म जिविसले कुल विभिन्न् शिर्षकमा कुल ७३ लाख ५८ हजार २३० भन्दा आम्दानी गरेको छैन । जिल्ला विकास समितिको आन्तरिक आम्दानीमा ओरालो लाग्दै गएपछि जिल्ला विकास समिति भित्र कार्यरत कर्मचारीहरुलाई तलबभक्ता खुवाउन र जिविसबाट सञ्चालित विकासका आयोजनाहरुमा समेत प्रभाव पर्ने देखिएको छ । 







, ,

0 comments

Write Down Your Responses