Powered by Blogger.
महतोले कट्वाल माथि हातपात गरेको आरोप


अाराेपित कामेश्वर महताे । 
       
बिजयकिल्ला ब्यूराे 
सिन्धुली, ६ चैत्र । जिल्लामा पेट्रोलीयम पर्दाथमा कालाबजारी गरेको आरोप खेप्दै आएका सुनिता आयल स्र्टोसका सञ्चालक कामेश्वर महतोले व्यवसायी पवन कट्वाललाई हातपात गरेको आरोप लागेको छ ।
सुक्रबार विहान कनपा–७ माझीटार स्थित पेट्रोल पम्पकै काउन्टरमा बोलाएर ढोका समेत बन्द गरि गालीगलौज गरेको र अर्का व्यक्ति कनपा–७ कै अरुण वाईवाको प्रयोग गरी आफुमाथि महतोले कुटपिट गराएको पिडित कट्वालले बताए । कुटपिटका साथै महतोले आफुले जे गरे पनि पछि नलाग्न भन्दै आफुसँग ठुलो शक्ति भएको समेत धम्की दिएको पिडित कट्वालले बताए । 
कुटपिट पछि कानुनी उपचारका लागी सनिबार जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा केहि सार्वजनिक अपराध सम्बन्धी मुद्धा दर्ताको प्रक्रिया अगाडि बढाएको पिडित कट्वालले बताएका छन । कामेश्वर महतो विरुद्ध जाहेरी दर्ता गर्न लागेको उनले बताए । 
पिडित पवन कट्वाल 
उता जिल्ला प्रहरी कार्यालय सिन्धुलीले भने दुवै पक्षलाई जुटाएर बास्तविकता केहो भन्ने बारेमा बुझ्ने प्रयास भइरहेको बताएको छ । घटनाको अनुसन्धान गरी कानुन अनुसार दोषिलाई दण्ड सजाय हुने प्रहरीले बताएको छ । 
निर्माण व्यवसायी संघ सिन्धुलीका अध्यक्ष जयकुमार ढकालले महतोद्धारा व्यवसायी माथि भएको हातपातको घोर भत्र्सना गर्दै निर्माण व्यवसायी संघको तर्फबाट महतोको ज्यादतिको विरुद्ध संघर्षमा उत्रिने बताएका छन । ढकालले भने, ‘कालोबजारी गरेको हो भनेर प्रशासनको अगाडि स्वीकार गर्दा समेत महतोलाई प्रशासनले कार्वाही गर्न सकेन, त्यसवेला कार्वाहीको दायरामा ल्याउन नसक्दा कालाबजारीको विरोध गर्नेहरु प्रति हातपातमा उत्रिएको हो ।’ मनोमानी गर्दा समेत स्थानीय प्रशासनले कार्वाहीको दायरामा ल्याउन खासै ध्यान नदिएका कारण कालाबजारीको विरोध गर्नेहरु माथि महतोले आक्रमण सुरु गरेको अध्यक्ष ढकालको भनाई थियो । 
ढकालले घटनाको बास्तविकता तत्कालन छानविन गर्न र कानुन अनुसार दोषिलाई कार्वाहीको दायरामा ल्याउन प्रशासनलाई आग्रह समेत गरे । 
उता हातपातको गरेको आरोप लागेका पम्पका सञ्चालक कामेश्वर महतोले भने कट्वालले लगाएको आरोपमा कुनै सत्यता नभएको बताएका छन । आफु व्यवसायीक मान्छे भएकाले अर्को व्यवसायीसँग कुनै दुश्मनी नभएको र बरु पम्पमा आएर झगडा नगर भन्दै आफुले छुट्याएर पठाउने काम गरको बताएका छन । 
निरन्तर पेट्रोलीयम पर्दाथमा कालोबजारी गरेको आरोप लाग्दै आएका कामेश्वर महतोले हाल सम्म पनि मिसावट गरेर र वढी मुल्यमा डिजेल तथा पेट्रोल विक्रि वितरण गर्ने गरेको स्थानीयहरुको आरोप छ । एक निर्माण व्यवसायीले नाम नखुलाउने शर्तमा भने, ‘निर्माणको काम गर्न डिजेल चाहिन्छ, नभै पनि हुँदैन, किन्नलाई गयो बढी मुल्य तिर्नुपर्छ ।’ महतोले अहिले पनि बढी मुल्य लिएर पेट्रोलीयम पर्दाथ विक्रि गर्ने गरेको उनको आरोप थियो ।
गत माघ महिनाको पहिलो साता पम्प संचालकहरुले कालोबजारी गरेको समाचारहरु पत्रपत्रिकामा प्रकाशित भएपछि जिल्ला प्रशासन कार्यालयमा भएको सर्वदलीय सर्वपक्षिय छलफलमा महतोले आफुले कालोबजारी गरेको स्वीकार गर्दै कार्वाही गरेर देखाउन चुनौती समेत दिएका थिए । उक्त समयमा जिल्ला प्रशासन कार्यालयले जिल्लाको सुनिता आयल स्र्टोस र शिद्धबाबा आयल स्र्टोसलाई पेट्रोलीयम पर्दाथ आपूर्तिका लागी दिने सिफारिस समेत बन्द गराएको थियो ।  
केहि सार्वजनिक अपराध ऐन २०२७ अनुसार कारवाही भएको मुद्दामा कसुरको मात्रा अनुसार दश हजार रुपैयाँसम्म जरिवाना गर्न र पिडित पक्षलाई कसुरदारबाट बिगो बमोजिम क्षतिपूर्ति भराई दिन सक्नेछ तथा अनुसन्धानको सिलसिलामा मनासिव कारण देखिएमा थुन्नु पर्ने कारण खोली पर्चा खडा गरी बढीमा पैंतीस दिनसम्म थुनामा राख्ने आदेश दिन सक्ने व्यवस्था रहेको छ । 
जिल्लाको शान्ति सुरक्षाको अवस्था बलियो बनाउन प्रहरी उपरीक्षक आएको दुई दिन पनि नवित्दै जिल्लामा कालोबजारीको आरोप लागिरहेका महतोले मान्छे प्रयोग गरी कुटपित गराउनुले जिल्लामा सुरक्षा चुनौति थपिएको स्थानीयहरु बताउछन । यस्ता प्रवृत्तिलाई तत्काल नियन्त्रण गर्न आवश्यक देखिएको उनीहरुको भनाई छ । 


,

0 comments

Write Down Your Responses