Powered by Blogger.
भूवनेश्वरीलार्इ धुवाँ न्युनिकरण गाविस घोषणा

सिन्धुली ७ चैत्र । नेपाल सरकार, जनसंख्या तथा वातावरण मञ्त्रालय, वैकल्पिक उर्जा प्रवर्धन केन्द्रको र्थिक सहयोगमा सिन्धुली जिल्लाको भूवनेश्वरी गाविसमा स्वच्छ खाना पकाउन भूकम्पपिडित परिवारलार्इ राहत स्वरूप Renewable Energy Test Station, Nepal बाट स्विकृत भएको Smart चुलो ४०० परिवारलार्इ वितरण गरी जिल्लाको तेश्रो घरभित्रको धुवाँ न्युनिकरण गाविस घोषणा गरिएको छ । 

यसअघि जिविस द्वारा वातावरणमैत्री स्थानिय शासन कार्यक्रममार्फत ६४ घरधुरीलार्इ Rocket चुलो गरिसकिएको थियो ।  जिविस सिन्धुलीले सहजिकरण गरेको उक्त  कार्यक्रममा जिविस सिन्धुलीका वातावरण उर्जा तथा जलवायु परिवर्तन अधिकृत संदिप उपाध्यायले चुलो प्रयोग र यसका फार्इदा वारे जानकारी दिनुभएको थियो । कार्यक्रममा जिविसका अनुगमन तथा मुल्यांकन अधिकृत भरत घिमिरे र लेखा तथा प्रशासन सहायक नारायण अधिकारी समेत सहभागी हुनुहुन्थ्यो । 
वितरित Greenway चुलोका National Supplier Smart Power Pvt. Ltd. को तर्फवाट प्रबन्ध निर्देशक बबिन मानन्धरको समेत उपस्थिति रहेको थियो । उक्त कार्यक्रम गाविस सचिव सुर्य चहान ज्यूको अध्यक्षतामा सम्पन्न भएको थियो । गामि . व. २०७३।०७४ भित्र उक्त गाविसलार्इ वातावरणमैत्री गाविस घोषणा गर्ने लक्ष्य लिर्इएको छ ।
 


,

0 comments

Write Down Your Responses