Powered by Blogger.
प्रजिअ कार्कीद्धारा नतिजामुखी काम गर्न आग्रह

प्रजिअ कार्की । फाइल फाेटाे 
सिन्धुली, ८ चैत्र । प्रमुख जिल्ला अधिकारी ताराबहादुर कार्कीले विकासले नै समाजका सवैपक्षलाई सुदृढ बनाउँदै परिवर्तनको बाटोमा अगाडि बढाउने भएको नतिजामुखी काम गर्न सवैपक्षलाई आग्रह गरेका छन । 
सोमबार दलित गैर सरकारी संस्था महासंघले सिन्धुलीमाढीमा आयोजना गरेको जातिय तथा लैङगीक बिभेद न्युनिकरणका निमित्त जेसी नितीहरुको कार्यन्वयनमा सुधार एबम सामाजिक द्धन्द न्युनिकरण परीयोजनाको बारेमा सरोकारवालाहरुलाई जानकारी दिन आयोजना गरेको कार्यक्रममा बोल्दै प्रजिअ कार्कीले नेतामुखी बजेट परीचालन भएका कारण सन्तुतिल विकास हुन नसकेको बताउँदै आवश्यक्ता मुखी बजेट परीचालन गर्नुपर्ने तर्फ जोड दिए । आवश्यक्तामुखी बजेट परिचालन र विकासले मात्र समाजको सन्तुलित विकास हुने उनको भनाई थियो । समाजमा अझै पनि जातीय भेदभाव तथा छुवाछुतको समस्या कामयै रहेका बताउँदै त्यसलाई न्यूनिकरण र निषेध गर्न सवैपक्ष एकजुट भएर अगाडि बढ्न समेत आग्रह गरे । 
कार्यक्रममा बाेल्दै प्रजिअ तारा बहादुर कार्की । फाेटाे बिजयकिल्ला । 
दलित गैर सरकारी संस्था महासंघले द एसिया फाउन्डेसन को आर्थीक एबम प्राविधिक  सहयोगमा विद्यमान नेपाली समाजमा ब्याप्त जातिय तथा लैंगीक विभेदको द्धन्दलाई बैज्ञानिक ढंगबाट निराकरण गर्दै लैंगीक समता तथा सामाजिक समाबेशिकरणको अबधारणा ब्यबहारिक बनाउादै बिभेदको दिगो ब्यबस्थापन गर्दै समतामुलक समाज निर्माण गर्न सहजीकरण गर्ने उदेश्य उक्त परीयोजना जिल्लामा सञ्चालन गर्न लागेको जनाएको छ । 
परियोजना अन्तर्गत भुकम्प प्रभावित, दलित जनघनत्वका हिसाबले  अगाडि र मानव विकास सुचांकमा अघि र पछि पर्ने ६ जिल्लाका दुई दुई वटा गाविस मा सञ्चालन गर्न लागिएको हो । परियोजना मा छनौट परेको सिन्धुली जिल्लाको लागी भने हाल गाविस छनौट भईनसकेको पनि आयोजकले जनाएको छ ।
दलित गैर सरकारी संस्था महासंघका केन्द्रीय कोषाध्यक्ष्य जितेन्द्र पासवानको अध्यक्षतामा भएको कार्यक्रममा निमिक्त स्थानीय विकास अधिकारी मदन बहादुर थिङ्ग, विभिन्न् संघ संस्थाका प्रमुख एव्म प्रतिनिधी र पत्रकारहरुको उपस्थिती रहेको थियो ।  


,

0 comments

Write Down Your Responses