Powered by Blogger.
एमाओवादीको संगठन विस्तार तथा सुदृढ अभियान तिब्र

सिन्धुली, ८ चैत्र । एकीकृत नेकपा(माओवादी) सिन्धुलीले संगठन विस्तार तथा सुदृढीकरणको लागी तिब्र अभियान सञ्चालन गरिरहेको छ ।
अभियान अन्र्तगत पहिलो चरणमा जनवर्गीय संगठनहरुको जिल्ला भेला तथा सम्मेलन सम्पनन् गरेको एमाओवादी दोश्रो चरणमा इलाका स्तरिय प्रशिक्षण तथा वैठक तर्फ लागेको छ ।
पहिलो चरणमा उस्ले अनेमसंघ(क्रान्तिकारी), वाइसीएल नेपाल, अखिल(क्रान्तिकारी) लगायतको जिल्ला भेला तथा सम्मेलन सम्पनन् गरेको थियो । अभियानको दोश्रो चरण अन्र्तगत सोमबार सम्म आठ ओटा इलाकाको इलाका प्रशिक्षण तथा वैठक सम्पनन् गरिएको एकीकृत माओवादी सिन्धुलीका नेता ज्वाला प्रसाद न्यौपानेले बताए ।
इलाका नं.३ र ४ को इलाका स्तरिय भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्न सिचाई मन्त्री उमेश यादव सोमबार दुधौली पुगेका छन भने जिल्लामा रहेका केन्द्रिय परिषद सदस्यहरु तथा जिल्ला पदाधीकारीहरु इलाका स्तरिय कार्यक्रमहरु सम्पनन् गर्न गाउँ पसेका छन ।



,

0 comments

Write Down Your Responses