Powered by Blogger.
राष्ट्रिय अनुसन्धानको नवनिर्मित भवनको समुदघाटन

नवनिर्मित भवन  रिवन काटेर समुदघाटन गर्दै मुख्य अनुसन्धान निर्देशक दिपकराज रेग्मी । 
सिन्धुली, १० चैत्र । राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय सिन्धुलीको नवनिर्मित भवनको बुधबार एक समारोह वीच समुदघाटन गरिएको छ । नवनिर्मित भवनको समुदघाटन राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक दिपकराज रेग्मीले गरेका हुन । 
भवनको समुदघाटन गर्दै निर्देशक रेग्मीले राष्ट्रिय सुरक्षालाई बलियो बनाउन र सुशासन कायम गर्न अनुसन्धानको असाध्यै महत्वपूर्ण भुमीका हुने भएकाले सवै पक्षको सहयोगमा अनुसन्धानलाई अझ बलियो र व्यवस्थित संरचना बनाउन जरुरी रहेको बताए । 
देशमा अहिले पनि सुरक्षा चुनौती कायमै रहेकाले सवै सुरक्षा निकायहरु चनाखो बनेर लाग्न आवश्यक रहेको बताउँदै मधेशमा संविधान अस्विकार गर्ने पक्षहरु र पहाडमा बल प्रयोग राजनिती गर्ने शक्तिहरु सलबलाई रहेको रेग्मीको भनाई थियो । 
अनुसन्धानलाई अझ प्रभावकारी बनाउन आन्तरिक रुपमा दक्ष कर्मचारीहरुको परीचालन र व्यवस्थित भौतिक संरचनाहरुको निर्माणको काम विभागले प्राथामिकतामा राखेर गरिरहेको बताउँदै यसै वर्ष एघार वटा जिल्लामा जिल्लाका कार्यालय भवनहरु बन्ने तयारी भईरहेको समेत रेग्मीले बताए । अनुसन्धान अप्ठेरो काम भएपनि राष्ट्रका लागी भने अति महत्वपूर्ण र आवश्यक रहेको कुरामा जोड दिर्दै अन्य देशहरुले त अनुसन्धानको सुझाब र प्रतिवेदन अनुसार देशका महत्वपूर्ण नितीहरु निर्माण गर्ने गरेको रेग्मीले बताए । 
भवन अगाडि सामुहिक तस्विर खिचाउँदै अतिथीहरू । 
रेग्मीले भवन निर्माणमा सहयोग पुरयाउने निर्माण कम्पनि तथा सवैपक्षलाई धन्यवाद समेत व्यक्त गर । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी तारा बहादुर कार्कीले गुणस्तरिय सेवा र अनुसन्धानमा भवनले सहयोग पुरयाउने विश्वास व्यक्त गरे । भवनको समुदघाटन समारोहमा जिल्ला न्यायधीश भोलानाथ चौलागाई, नेपाली सेना ९ नं.बाहिनीका निमित्त वाहिनीपति हरेन्द्र पाठक, चण्डीदल गणका गणपति सुर्य बहादुर अधिकारी, प्रहरी उपरीक्षक उमासंकर पंजीयार, शसस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक मोहन बहादुर क्षेत्री लगायतको उपस्थिती रहेको थियो ।  
कमलामाई नगरपालिका–६ स्थित अस्पताल रोडमा निर्मित उक्त भवन कुल ३७ लाख ३७ हजार ४७ रुपैयाँ लगानीमा २०७१ असारमा निर्माण कार्य सम्पनन् गरिएको राष्ट्रिय अनुसन्धान सिन्धुलीका प्रमुख बिमल घिमिरेले जानकारी दिए । 




,

0 comments

Write Down Your Responses