Powered by Blogger.
छुट्टाछुटै सवारी दुर्घटनामा आधा दर्जन घाईते



दुई जना गम्भीर चारको अवस्था सामान्य 

सिन्धुली, १० चैत्र । हिजो फागुपूर्णीको दिन वीपी राजमार्ग स्थित विभिन्न् स्थानमा भएको सवारी दुर्घटनामा परी आधा दर्जन घाइते भएका छन ।  सवारी दुर्घटनामा घाइतेहुनेहरुमा २ को अवस्था गम्भीर रहेको र अरु चार जनाको अवस्था सामान्य रहेको जनाइएको छ ।
क.न.पा.७ बुका पुल नजिकै काठमाण्डौ बाट राजविराज तर्फ जादै गरेको बा.१ झ.५६९७ नं.को गाडी अनियन्त्रित भई दुर्घटना हुँदा उक्त गाडीको चालक राजविराज नगरपालिका–३ वस्ने रुपक कुमार थापा र सोही ठाउँका सुरज उपाध्याय सामान्य घाईते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
क.न.पा.–६ रातामाटामा काठमाण्डौ बाट पुर्व तर्फ जादै गरेको बा.६९ प.८८०८ को मोटरसाईकल र बा.६७ प.८९१८ नं.को मोटरसाईकल एक आपसमा ठक्कर खाँदा बा.६९ प.८८०८ नं.को मोटरसाईकल चालक महोत्तरी गौशाला–१ वस्ने ज्योती कुमार खत्री गम्भिर घाईते भएको साथै सोही मोटरसाइकल पछाडी सवार विकल पुर्वछानेको दाहिने हातको औला भाँचिएको प्रहरीले जनाएको छ । अर्को बा.६७ प.८९१८ नं.को मोटरसाइकल चालक झापा विर्तामोड–१ वस्ने प्रकाश घिमिरे सामान्य घाईते भएको जनाइएको छ ।
अर्को क.न.पा.–६ स्थित २ नं.बजारमा बा.२१ प.३६१४ नं.को मो.सा.अनियन्त्रित भई सड्कको नालीमा खस्न गई दुर्घटना हुँदा मोटरसाइकल चालक क.न.पा.–६ का पुष्पराज श्रेष्ठ घाईते भएको प्रहरीले जनाएको छ । घाइते मध्ये गम्भीर घाईते दुई जनालाई मङ्गलबार नै काठमाडौ पठाइएको र अन्य सामान्य घाईतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक निर्मल पनेरुले जानकारी दिए ।


0 comments

Write Down Your Responses