Powered by Blogger.
नैतिकता बिहिन ब्यापार नगर्न व्यवसायीलाई एसपी पंजियारकाे आग्रह

सिन्धुली उद्योग वाणिज्य संघद्धारा एसपीको स्वागत 

बुद कुमार अाछामी 
सिन्धुली, १२ चैत्र । सिन्धुली उद्योग वाणिज्य संघले शुक्रबार एक समारोह वीच एकसाता अघि मात्र सरुवा भई आएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख तथा प्रहरी उपरीक्षक उमा संकर पजियारलाई स्वागत गरेको छ । 
ब्यापार व्यवसायीहरुको छाता संस्था उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत कार्यक्रमा प्रमुख अतिथीको रुपमा बोल्दै प्रहरी उपरीक्षक पंजियारले नैतीकता विहिन ब्यापार नगर्न व्यवसायीहरुलाई आग्रह गरेका छन । पैसा कमाउने उदेश्यले मात्र गरिने व्यापारले जिन्दगीमा भलो नहुँने भन्दै कानुनको दायरा भित्र बसेर नैतीकवान बनेर व्यापार व्यवसाय गर्न आग्रह गरे । 
आफुले व्यवसायीहरुले अनावश्यक दुख दिने नियत कहिल्यै नलिने बताउँदै आफुले जहाँ पनि राम्रो कर्म मात्र गरेकाले सिन्धुलीमा पनि दिर्घकालिन हिसावले आफुलाई सम्झीरहने खालको कर्म गर्ने पंजीयारले बताए । उनले भने, ‘म नियम कानुन अनुसार काम गर्छु र कसैसँग डराउँदा पनि डराउँदिन, किनकी म कहिल्यै नराम्रो कर्म गर्दिन ।’ आफु नियत राखेर नराम्रो कर्म नगर्ने भएकाले नै सफल हुँदै गएको उनको जीवनको भोगाई समेत व्यवसायीलाई पंजियारले सुनाउन भ्याए । 
कतिपय व्यवसायीहरुले प्रहरी उपरिक्षक चिनजानको मान्छे हुनुहुन्छ भन्दै भाइचाराको सम्बन्ध राख्न गरेको आग्रहलाई अस्विकार गर्दै पंजियारले आफु प्रहरीको बर्दि लगाउनजेल कुनै धर्म, जात र स्वार्थमा लाग्न नमिल्ने भएकाले चिनजानको भनेर आशावादी नहुन समेत आग्रह गरे । 
प्रहरी उपरीक्षक पंजीयारले सिन्धुलीको विकासले निक्कै फड्को मारीसकेका कारण विकास सँगै नकारात्मक घटनाहरु पनि बृद्धि हुने बताउँदै सवैलाई सधै सक्रिय रहन र प्रहरी गतिविधीलाई सहयोग पुरयाइदिन समेत आग्रह गरे । समाजकै सहयोगमा प्रहरी सफल हुने भएकाले नागरीकहरुको सहयोग सधै अपरिहार्य हुने पंजीयारको भनाई थियो । 
सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष विनेश श्रेष्ठको अध्यक्षतामा भएको स्वागत कार्यक्रममा बोल्दै व्यवसायी तथा पुर्व अध्यक्ष मिन बहादुर श्रेष्ठले साना मसिना खालका व्यापारीलाई प्रहरीले अनावश्यक रुपमा दुःख दिने गरेको गुनासो गर्दै आगामी दिनमा त्यस्तो दुख नदिन आग्रह गरेका थिए । श्रेष्ठले प्रहरी उपरीक्षक पंजीयारलाई उद्योग वाणिज्य संघलाई भाइचाराको नाताले व्यवाहार गरिदिन आग्रह समेत गरे । 
त्यस्तै स्वागत कार्यक्रममा बोल्दै निर्माण व्यवसायी संघ सिन्धुलीका अध्यक्ष जयकुमार ढकालले प्रहरी र स्थानीयवासी मिलेर जिल्लाको शान्ति सुरक्षालाई बलियो बनाउन आवश्यक रहेको बताए । व्यवसायीहरुले इमान्दार र निष्पक्ष भएर गरेको सहयोगले नै प्रहरीलाई सफल बनाउने र समाजमा अराजकताको अन्त्य हुने बताए । 
कार्यक्रममा व्यवसायी विष्णु कुमार श्रेष्ठ, सामुदायीक बन उपभोक्ता महासंघ सिन्धुलीका अध्यक्ष कृष्ण श्रेष्ठ, घरेलु महासंघ सिन्धुलीका अध्यक्ष अशोकराज राजभण्डारी, उद्योग वाणिज्य संघ सिन्धुलीका बरिष्ठ उपाध्यक्ष बद्रि बहादुर कार्की, वाणिज्य उपाध्यक्ष अमरेशचन्द्र बैदार लगायतले जिल्लामा स्वागत गर्दै व्यवसायीक हितका लागी सहयोग पुग्ने काम गरिदिन प्रहरी उपरीक्षकलाई आग्रह गरेका थिए । 
प्रशासनीक सुरक्षाका हिसाबले सिन्धुली जिल्लालाई क श्रेणीमा बढुवा गरेपछि सिन्धुलीमा एकसाता अघि मात्र महानगरीय प्रहरी काठमाडौबाट सरुवा भई आएका प्रहरी उपरीक्षक पंजियारलाई शुक्रबार नै नेपाल पुर्व प्रहरी संगठन सिन्धुलीले समेत स्वागत गरेको जनाइएको छ । पंजियारलाई जिल्लामा स्वागत तथा परिचयन गर्ने क्रम केहि दिनदेखी लगातार चलिरहेको छ । 
अघिल्लो हप्ता मात्र सिन्धुली आइपुगेका प्रहरी उपरीक्षक पंजीयारले वीपी राजमार्गमा राती सवारी साधन बन्द गर्ने निर्णयलाई खुल्ला गरिदिई सकेका छन भने उद्योग वाणिज्य संघ सिन्धुलीकै कोषाध्यक्ष कामेश्वर महतोको विरुद्ध सार्वजनिक अपराध सम्बन्धी मुद्धा दर्ता गरेर कार्वाही प्रक्रिया अगाडि बढाइसकेका छन । व्यवसायीहरुको सहयोग पाएमा होटलहरु समेत रातै भरि खोल्ने व्यवस्था मिलाई दिने पंजीयारले कार्यक्रममै बताएका छन । 


, ,

0 comments

Write Down Your Responses