Powered by Blogger.
प्रहरीद्वारा अवैध घरेलु मदिरा नियन्त्रण



सिन्धुली, १२ चैत्र । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले आज सिन्धुलीमाढी सदरमुकाम आसपासका विभिन्न् स्थानहरुबाट अवैद्य घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरेको छ ।
प्रहरी निरीक्षक निर्मल पनेरुको नेतृत्वमा खटिएको प्रहरी टोलीले करिब पाँच सय पचास लिटर अवैद्य घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
अबैध रक्सि उत्पादन,ओसार,पसार बिक्रि बितरणबाट सर्बसाधारणको स्वास्थ्यमा गम्भिर प्रभाब पर्नुका साथै कतिपय ब्यक्तिहरुको दुषित घरेलु रक्सि सेबनबाट मृत्यु भएको खबरहरु बारम्बार आइरहेको कारण त्यस्ता अबैध घरेलु मदिरा उत्पादन,ओसारप्रसार र बिक्रि बितरणलाई नियन्त्रण गर्न र सोको कारोबारमा संलग्नहरुलाई कानून बमोजिम कारबाही गर्ने उदेश्यले घरेलु मदिरा नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक निर्मल पनेरुले जानकारी दिए ।


0 comments

Write Down Your Responses