Powered by Blogger.
श्रीमान छाडेर २० लाख सहित फरार सुन्तली विरुद्ध प्रहरीमा उजुरी

फरार सुन्तली यूएइ पुगेको आशंका

 फारार सुन्तली र अरवमा रहेका विष्णुको सामुहिक तस्विर ः सौजन्य ः परिवार
राजन गाउँले
सिन्धुली १४, चैत्र । घरमा रहेका बुढा बाआमा र श्रीमतिलाई पालौंला भन्दै चार वर्षदेखि साउदी अरबमा पसिना बगाएर कमाएको छोराका कमाई समेत झ्वाम बनाएर बुहारी फरार भएपछि बुहारीको खोजि गरिदिन डाँडी गुराँसे–८, बेल्टारशिर गोठखोला सिन्धुलीका रामबहादुर र उनकी श्रीमति जीवन्तरी पाख्रीनले प्रहरी समक्ष उजुरी गरेका छन् । 
उनिहरुले छोरो विष्णुले चार वर्षदेखि साउँदी अरवमा कमाएर पठाएको २० लाख रुपैयाँ सहित बुहारी सुन्तली पाख्रीन घरबाट वेपत्ता भएको भन्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा गत ११ गते निवेदन दिएका हुन् ।
छोराले कमाएको झण्डै २० लाख रुपैयाँ समेत लिएर बुहारी एकाएक बेपत्ता भएको भन्दै खोजी गरिदिन र छोराले कमाएको २० लाख रुपैयाँ फिर्ता गरीदिन आग्रह गर्दै पाख्रीन दम्पतीले निवेदन गरेको जिल्ला प्रहरी कार्याल सिन्धुलीका प्रहरी उपरिक्षक (एसपी) उमाशंकर पन्जीयारले जानकारी दिए ।
‘गत माघको दोस्रो सातबाट एकाएक वेपत्ता भएकी बुहारी सुन्तलीले एक महिनापछि घरमा फोन गरेर म कुवेत आइपुगेको र अब मेरोबारेमा कुनै पिर सुर्ता नलिनु भने पनि त्यसपछि उक्त मोवाइलको नम्बर अफ भएको भन्दै सुन्तलीका सासुससुराले प्रहरी कार्यालयको महिला सेलमा निवेदन गरेका छन्,’ पन्जीयार भने ।
कार्यालयमा उजुरी परेपछि घट्नाबारेमा अनुशन्धान थालि सकिएको उनको भनाई छ । रामबहादुर र जिवन्तरीका छोरा तथा सुन्तलीका श्रीमान विष्णु चार वर्षदेखि साउदी अरबमा ड्रइभिङ पेसा गर्दै आएका छन् । उनले साउँदीमा कमाएको पैसा महिनैपिच्छे सुन्तलीको नाममा रहेको बैंकमा जम्मा गर्ने गरेको र उक्त पैसा सहित सुन्तली गत माघ महिनादेखि घर छाडेर हिडेकी थिन् । 
बुहारीले घरबाट निश्केको एक महिनापछि कुवेत पुगेको भन्दै फोन गरेपछि उक्त नम्बर गाउँका जाने बुझेकालाई देखाउँदा कुवेतको नभई यूएइको भएको जनाएपछि थप चिन्तीत हुँदै पाख्रीन दम्पती प्रहरी कार्यालयसम्म आइपुगेको बताइएको छ । 
उता छोराको कमाई समेत गुटमुट्याएर हिडेपछि बुहारी र छोराको कमाई खोजी गरिदिन आग्रह गर्दै पाख्रीन दम्पती जिल्ला स्थित विभिन्न निकाय र म्यानपावरसम्म बारम्बार धाउन थालेका छन् । बुहारीको खोजिको पहल गर्न जिल्ला सदरमुकाम आएपुगेका पाख्रीन दम्पतीले अन्नपूर्णसंगको कुराकानीमा बुहारीले छोराको रगत पसिनासंगै आफ्ना खुसीहरु समेत सपना जस्तै बनाएर हिडेको भन्दै दुःख व्यक्त गरे । ‘न हामीलाई नै भनि, न छोरासंग सरसल्लाह गरी । छोरालाई त झनै थाहा नै छैन् । छोरा आफै खाँडी मुलुकमा छ । दुःखमाथी थप पिर थपीयो,’ सासु जीवन्तरी पाख्रिनले भनिन् । 
अब छोराले अरवको चर्को घाममा सबै दुःख सहेर परिवारका लागि कमाएको सम्पती बुहारीले लिएर हिडेपछि छोरासंगै आफुहरु समेत विचल्नीमा परेको पाख्रिन दम्पती बताउँछन् । बुहारी सुन्तलीले घर बाट हिँडेको एक महिनापछि गत फागुन १६ गतेका दिन फोन गरेर आफु कुवेत पुगेको र अब आफ्नो बारेमा कुै सुर्ता नगर्न भनेकि थि । तर गाउँका जान्ने बुझ्नेले सुन्तलील गरेको फोन नम्बर कुवेतको नभई यूएइको भए जानकारी दिएपछि थप अन्यौलमा परेर बासतविक कुरा पत्ता लगाइदिन अनुरोध गर्न जिल्लामा आएको सुन्तलीका ससुरा रामबहादुरले सुनाए । उनले जिल्ला प्रहरी कार्यालयमा समेत बुहारीको खोजि गरिदिन अनुरोध गरिएको जनाए ।
सुन्तलीको पासपोर्ट र जारी मितिका आधारमा एसएमएसबाट जाँच गराउँन लगाउँदा २०१६ फेब्रुअरी ४ मा श्रम स्वीकृति गराई वार्ड वर्कर एनएमसी हेल्थकेयर, द गोर्खा रेई म्यानपावर मार्फत यूएयीमा गएको देखिएको रामबहादुरले भने । एसएसएस मार्फत सुन्तलीको यूएइमा मासिक तलव १३ सय रहेको पनि बुझिएको छ । तर, सन्तलीले आफु कुवेतमा पुगेको जनाए लगत्तै उनले गरेको मोवाइल नम्बर अफ भएकोले विचमा अरुनै कसैको हात रहेको हुन सक्ने परिवारले जनायो ।
सुन्तलीका बारेमा भएसम्मको सबै जानकारी लिएर बुहारीलाई फर्काइदिन आग्रह गर्न म्यानपावरसम्म पुगेका रामबहादुर निरास भएर फर्केका छन् । ‘म्यानपावरले सहयोग गर्छ की भन्ने आशा बोकेर काठमाण्डौंसम्म पुगियो तर, हाम्रा कुरा सन्दै सुनेन् । म्यानपावरको पनि मिलेमतोमा बुहारीलाई कसैले फकाएर लगेको हुन सक्ने आशंका लागेको छ,’ रामबहादुरले भने ।
चार वर्षसम्म कमाएको पैसा लिएर श्रीमति हिडेको खबर पाएदेखि सुन्तलीका श्रीमान विष्णुको होस ठेगानमा छैन् । सुन्तली विष्णुकी दोस्री श्रीमति थिइन् । पहिली श्रीमति विष्णु पहिलो पटक विदेशमै रहँदा अर्कै संग हिडेपछि सुन्तलीलाई दोस्री श्रीमतिका रुपमा भित्राएका थिए । विवाह पछि विष्णुले नै विएडसम्मको शिक्षा अध्ययन गर्न सुन्तलीलाई सदरमुकाममा राखेर सहयोग गरेका थिए । श्रीमतिलाई अझै पढ्न आग्रह गर्दै अव छिट्टै घर आउने र सदरमुकाममा एउट राम्रो घर बनाउँने बताउने विष्णुको सपनामाथी अहिले बज्र पात परेको छ ।
विष्णुले साउदी अरबबाटै फोन मार्फत श्रीमतिको खोजी गरीदिन सबैसंग आग्रह समेत गरेका छन् । उनले अर्कासंगै लागेर हिडेको भएपनि आफ्नो पैसा फिर्ता गराई दिन या अरुको ललाई फकाईमा परेको भए उद्धार गरीदिन आग्रह गरे । सुन्तलीको खोजिका लागि प्रावसी नेपालीले समन्वय समिति मार्फत पहल गरीएको जिल्ला विकास समिति सिन्धुलीद्धारा सञ्चालीत बैदेशिक रोजगारीका लागि सुरक्षित आप्रवासन परियोजनाकी रमा कार्कीले बताइन् ।



, ,

0 comments

Write Down Your Responses