Powered by Blogger.
काठ सहित ट्याक्टर प्रहरी नियन्त्रणमा



सिन्धुली, १८ चैत्र । प्रहरी चौकी दुधौलीबाट खटिएको प्रहरी टोलीले बुधबार राति काठ सहित ट्याक्टर नियन्त्रणमा लिएको छ । 
अरुणठाकुर गाविस–२ स्थित घोले सामुदायिक बनमा ना.५त.१९५१ नम्बरको ट्याक्टरमा बिभिन्न परीमाणको कोरा,कडी,बति,लगायतका काठहरु लोड गरी रहेको ट्याक्टर दुधौली प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक दिलिप सिंहको कमाण्डमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक तथा प्रवक्ता निर्मल पनेरुले जानकारी दिए । 
नियन्त्रणमा लिइएको काठ र ट्याक्टर दुधौली प्रहरी चौकीमा रहेको र थप अनुसन्धान कार्यका लागी इलाका बन कार्यालय दुधौलीमा बुझाउने तयारी भइरहेको जनाइएको छ । ट्याक्टरका चालक भने फरार रहेका छन । 
पछिल्लो समय जिल्लाका सामुदायीक बनहरुमा अवैद्य रुपमा काठ तस्करी क्रम बढ्दै गएको पाइएको छ । बन कार्यालयका कर्मचारी कार्यक्षेत्रमा नबस्ने गरेका कारण पनि काठ तस्करीको क्रम बढ्दै गएको स्थानीयहरुको गुनासो रहेको छ । 
स्थानीय कमल लामाकाे अगुवाइमा चर्च निर्माण लागी उक्त काठ काटिएकाे स्थानीयले बताएका छन । उक्त सामुदायीक बनका अध्यक्ष विविसिंह तामाग सँग यस विषयमा बुझ्न खाेज्दा सम्पर्क हुन सकेन । उक्त सामुदायीक बनमा समितिसँग मिलेर अवैद् रूपमा ठुलाे परीमाणमा काठ कटान गरीएकाे बुझिएकाे छ । 
अवैद् रूपमा काठ कटान गरेपनि उक्त क्षेत्रकाे इलाका बन कार्यालयले नियमन गर्न सकेकाे छैन भने स्थानिय प्रहरी प्रशासनले पनि सुरक्षा तथा गस्तिलाइ प्रभावकारी बनाउन सकेकाे छैन । 



,

0 comments

Write Down Your Responses