प्रयाप्त तयारी विनै भुकम्प प्रभाविति जिल्लाका विद्यार्थीहरु परिक्षामा
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEi9f6X9nF2P56Gba3WLok7pRnWy1_njYvUTkmf23G11-61xhdxP5RnR3HE4xdYUBWkaY2_9Q4upMe8xCU2Md0gNMtb5yjrlxtjeK3ZyXX4zwYMpbBAHtlH4_5cUMuUnOeG9-tASTr0xzz0/s1600/bijayakilla+add.jpg)
राम्रो ग्रेडिङ आउनेमा भने चिन्ता व्यक्त
राजन गाउँले
सिन्धुली १८, चैत्र । शैक्षिक शत्रको सुरुवातमै गएको भुकम्पका कारण घरसंगै पाठ्य पुस्तक गुमाएका र त्यसपछि उत्पन्न विषम परिस्थीतीका विच अस्थायी टहरो र त्रिपाल मुनि बसेर गरिएको अपुरो तयारीकै माझ भुकम्प प्रभावित जिल्लाका हजारौं विद्यार्थीहरु बुधबारबाट सुरु भएको प्रबेशीका परिक्षा (एसएलसी) मा सहभागी भएका छन् ।
सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक लगायत अति भुकम्प प्रभावित १४ जिल्ला र अन्य जिल्लाका विद्यार्थीहरु भुकम्पको असरका कारण प्रयाप्त तयारी विनानै परिक्षामा सहभागी भएका हुन् ।
भुकम्पले क्षेतीग्रस्त विद्यालयको जोखीम, अस्थायी टहरोमा हावाहुरी, घाम पानी नभनि र अस्थायी टहरोको बासमा साँघुरो र चिसो समेत नभनि तयारी गर्दा समेत प्राप्त सिक्न नपाइकनै परिक्षामा सहभागी हुन परेकोमा विद्यार्थीहरुले चिन्ता व्यक्त गरेका छन् । सरकारले यस वर्षबाटै ग्रेडीङ पद्धतीबाट परिक्षाको मुल्याकंन गर्ने जनाएपछि विद्यार्थीहरुमा झनै चिन्ता थपीएको छ ।
सिन्धुली जिल्लाको अति भुकम्प प्रभावित जलकन्या गाविस स्थित उमावि जलकन्याबाट परिक्षामा सहभागी छात्र गोविन्द विकले भुकम्प पछिको झण्डै छ महिना राम्रोसंग अध्ययनै नगरी परिक्षामा सहभागी भएको बताए । उनले भने, ‘भुकम्प पछि तिन महिनासम्म विद्यालय सञ्चालन हुनै सकेन । बाँकी समय वर्षा सुरुभएपछि अस्थायी टहरो निर्माणमा अभिभावकलाई सघाउँदा र बन्द तथा हड्तालका कारण प्रयाप्त तयारी नै गर्न नसकेपनि परिक्षा दिन आएको छु ।’
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiGEZSUXZ6qZedwtHAZGp6Yawdf76NzboCM4owVVgN-B_XIu-cnfmZMZGAusaLbe_r3YZIGV2DRilJ2W8xq5DW5-yPRHeOsIC6JvRpI4WIhFcMokVLu95KXEcrQhvu4QYScEO1IPqVwVdc/s640/slc1.jpg)
प्रयाप्त तयारी नहुनु र यसै वर्षबाट सरकारले ग्रेडीङ सिस्टम ल्याएपछि आफु अन्यौलमा परेको उनको भनाई छ । भुकम्पका कारण घर भत्कदा भएको पाठ्य सामाग्री समेत पुरीएर झण्डै चार महिनासम्म पढाइ विथोलीदा पनि राम्रो अंक ल्याउने अपेच्छा सहित परिक्षामा सहभागी हुन आएको अर्का परिक्षार्थी सुनिता श्रेष्ठ बताउँछिन् । उनको भुकम्पले घर भत्कदा घरको सरसामाग्री सहित सबै पाठ्य सामाग्री पनि पुरीएको थियो ।
‘साँघुरो अस्थायी टहरोमा विना बत्ति, रात विहान तयारी गरेको र अस्थायी र भग्नावशेष विद्यालय भवनमा जोखिम मोलेरै भएपनि सिकेका कुरालाई लेख्ने आँटले परिक्षामा सहभागी भएका हौं,’ उनले भनिन् ।
भुकम्प र त्यस यताका विभिद कारणले प्रयाप्त तयारी गर्न नपाएकोमा श्रेष्ठले दुःख व्यक्त गरीन् । प्रयाप्त तयारी गर्न नपाउँदा सरकारले गर्ने भनेको ग्रेडीङ अनुसार राम्रो अंक ल्याएर अग्र स्थानमा आउन नसकिने होकी भन्नेमा धेरै सहभागि विद्यार्थीहरुमा चिन्ता छाएको छ । बुधबारबाट सुरु भएको परिक्षामा काठमाण्डौं उपत्यका बाहेक अति भुकम्प प्रभावित जिल्लाबाट मात्र एक लाख बढी विद्यार्थीहरु परिक्षामा सहभागी भएको शिक्षा अधिकारीहरुले जनाएका छन् ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhUbAov6rAhF-9bCNtuygxnPTVV5lUkDkn3yQ6DxaeEuuEugeI8Bh_TxLFZDuYdH8BJa-AR4oyGPNC0ebSVocvPgEpYOFuKcqvxl9Kpesw5TQA4iaaz2BRkS4QTTnekv0ojAqaoBTS-vt4/s640/photo+facebook+page+walpaper.jpg)
सिन्धुली जिल्लाबाट मात्र यस वर्षको परिक्षाको पहिलो दिन २५ परिक्षा केन्द्र मार्फत ८ हजार ४ सय १५ जना छात्र तथा छात्रा परिक्षामा सहभागी भएका छन् । परिक्षाको पहिलो दिन जिल्लामा एक सय ३७ छात्रा र ९२ जना छात्र गरी कुल २ सय २९ विद्यार्थी अनुपस्थित भएको जिल्ला शिक्षा कार्यालय सिन्धुलीका एसएलसी परिक्षाको सूचना अधिकृत दुर्गा प्रसाद अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार पहिलो दिनको परिक्षा जिल्लाभरमै मर्यादित रहेको उल्लेख छ ।
भुकम्प पछिको पुनर्निर्माण सुरु नहुँदा यस पटक भुकम्पले क्षेती पुरयाएका विद्यालयमा अस्थायी भवनहरु निर्माण गरी परिक्षा सञ्चालन गरिएको अधिकारीहरुले जनाएका छन् । यस वर्षको परिक्षामा देशभरबाट १९ सय ४३ परिक्षा केन्द्रबाट ६ लाख १५ हजार ५ सय ५३ जना छात्रछात्रा परिक्षामा सहभागी भइरहेका छन् भने झण्डै ७३ हजार कर्मचारीहरु परिक्षामा परिचालन गरिएको परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
0 comments
Write Down Your Responses