Powered by Blogger.
ऐतिहासिक विराट राष्ट्रिय कल्याण शान्ति महायज्ञको तयारी पुरा

महाेत्सवकाे बारेमा जानकारी दिन बुधबार गरीएकाे पत्रकार सम्मेलन । 

सिन्धुली २०, फागुन ।  भोलीबाट सिन्धुलीमाढीमा सुरु हुन लागेको ऐतिहासिक विराट राष्ट्रिय कल्याण शान्ति महायज्ञ तथा सिन्धुली धार्मीक महोत्सव २०७२ को तयारी सकिएको आयोजकले जनाएको छ । नेपाल मानव धर्म सेवा समितिको आयोजनामा राष्ट्रमा शािन्तहोस भन्ने उशेश्यका साथ धानधान्नान्चल तथा शान्ति महायज्ञ हुन लागेको हो ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका धार्मीम अनुयायी, शन्तमहन्त तथा भक्तजनहरुको सहमभागितामा महायज्ञ तथा महोत्सवको आयोजना गर्न लागिएको बुधबार एक पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी गराइएको थियो । 
महायज्ञ आयोजक मुल समारोह समितिका अध्यक्ष बद्रीबहादुर कार्कीका अनुसार राष्ट्रको शान्तिका लागि ७५ वटै जिल्लामा शान्ति महायज्ञ सञ्चालन गर्ने समितिको योजना अनुसार सिन्धुलीमा पनि महोत्सव सहितको महायज्ञको आयोजना गरिएको हो । महोत्सव तथगा महायज्ञ यही फागुन २१ गतेदेखि २९ गतेसम्म सिन्धुलीमाढी स्थित खुल्ला मन्चमा आयोजना गरिएको छ ।
  उनले भने, ‘यो महायज्ञ मानव धर्म सेवा समितिले आयोजना गरेका महायज्ञ मध्य ४१ औं जिल्ला हो । यस अघि ४० वटा जिल्लामा राष्ट्र शान्तिका लागि महायज्ञको आयोजना गरि सकेका छौं । तर, ऐतिहासिक सिन्धुली धार्मीक महोत्सव भने नेपालमै पहिलो पटक आयोजना गर्न लागिएको हो ।’
महोत्सव तथा महायज्ञबाट संकलित रकमले जिल्लामा प्रबेशद्धार तथा मानव धर्म सेवा समितिको आश्रम केन्द्र स्थापना गरिने योजना रहेको महायज्ञ आयोजक मुल समारोह समितिका महासचिव धर्मराज बरालले जानकारी दिए ।
‘महोत्सव तथा धार्मीक महोत्सवका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको छ,’ महासचिव बरालले भने । महोत्सव तथा महायज्ञबाट मानव धर्मको संरक्षण तथा परम्परागत सनातन धर्मको जगेर्ना गर्न सहयोग पुग्ने बताइएको छ । मानव धर्मका बारेमा राम्रोसंग नबुझ्दा आफ्नै सन्तानले आफन्तलाई चिन्न छाडेको भन्दै उनिहरुलाई संस्कार सिकाउनका लागि पनि धार्मीक महोत्सवको आयोजना गरिएको महायज्ञका मुख्य पण्डीत गोविन्द सरण महाराजका स्वकीय सचिव ध्रुवचन्द्र बस्यालले बताए ।
उनले भने, ‘सबैलाई संस्कार नसिकाउदा आफ्नै छोरा छोरीले बुढेसकालमा आमा बुबालाई बृद्धाश्रममा छाड्ने नदी किनारामा अलपत्र पारिदिने जस्ता अमानविय कार्य गर्ने गरेका छन् । जतीसुकै पैसा भएपनि उनिहरुले संस्कार नसिक्दा योस्तो गर्ने भएकाले उनिहरुलाई समेत समाजमा एकता र रुपान्तरणका लागि संस्कार सिकाइने छ ।’
महोत्सव तथा महायज्ञमा दामोदर कुण्डबाट ल्याइएका एक हजार ८ शालिग्राम कुण्ड, हवन कुण्ड, गृह शान्ति, चौरासी पुजा, रुद्री पुजा लगायतका धार्मीककार्यहरु हुने बस्यालको भनाई छ । महोत्सवमा देश विदेशका भागवत भक्तगणको उल्लेख्य रुपमा उपस्थिती हुनुका साथै प्रशिद्ध तिर्थस्थलहरु हरिद्धार, ऋषिकेस, बद्रिकेदार, कासी, गया, मुक्तिनाथ क्षेत्र, पशुपति आदी स्थलहरुबाट शन्तमहात्माहरुको उपस्थिती साथै धार्मिक मण्डलहरु बन्ने र विभिन्न् तिर्थको जल प्राप्त हुने श्रेष्ठको भनाई छ । 
महोत्सव तथा महायज्ञ झण्डै पचास हजार भक्तजनले अवलोकन गर्ने र ७० बढी सादुसन्तहरुको उपस्थिती रहने बताइएको छ । महोत्सवबाट साँढे दुई करोड रुपैयाँ संकलन हुने अपेच्छा गरिएको छ । महोत्सव तथा महायज्ञ आयोजना गर्दा ६५ लाख रुपैयाँ खर्च हुने पूर्वानुमान गरीएको छ । महोत्सवका लागि आवश्यक तयारी पुरा भएकाले महायज्ञमा सामान्य शुल्क तिरेर भक्तजनले ग्रह शान्ति, चौरासी पुजा, ब्रतबन्ध, विबाह, गाइदान लगायतका कार्य गर्न सक्ने आयोजकले व्यवस्थापन गरेको मानव धर्म सेवा समितिका अध्यक्ष वुद्धिलाल श्रेष्ठले जानकारी दिए । 
महोत्सव तथा शान्ति महायज्ञमा गोविन्द शरण महाराज र कथा वाचक मिरादेवीले कथावाचन, पाठ परायण विभिन्न गुरुहरुले धार्मीक कार्य गर्ने महोत्सव आयोजक समितिका संरक्षक तथा मानव धर्म सेवा समितिका अन्चल इन्चार्ज महात्मा सरयू वाइजुले जानकारी दिइन् ।


, ,

0 comments

Write Down Your Responses