Powered by Blogger.
कमलामाई नगरपालिकाको बाटो सार्वजनिक सम्बन्धी सुचना


नेपाल सरकार सचिव स्तरको निर्णय अनुसार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय नगरपालिका व्यवस्था शाखाको च.नं.५–१–१५९ मिति २०७२/११/०३ को परिपत्र अनुसार नगरपालिकाले अव उप्रान्त सडक स्तरोन्नति गर्दा, सडकमा सोलार बत्ति जडान गर्दा सडकको लगत समेत कायम गर्ने पुर्व शर्त राख्ने भनी लेखि आएको हुँदा यस नगरपालिकाको २१ औं नगरपरिषदबाट आगामी आ.व.२०७३/०७४ मा संचालन गर्ने गरी प्रस्तावित सडक निर्माण, मर्मत तथा स्तरोन्नति कार्य हुँदा प्रस्तावित सडकहरु सार्वजनिक हुनुपर्ने अन्यथा योजना कार्यान्वयन गर्न असमर्थ हुने भएकोले सम्बन्धित लाभान्वित नगरवासीहरुबाट सडक सार्वजनिक गर्ने तर्फ आवश्यक कार्य गर्नु हुन सम्बन्धित लाभान्वित नगरवासीहरुबाट सडक सार्वजनिक गर्ने तर्फ आवश्यक कार्य गर्नु हुन सम्बन्धित सबैको जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ । प्रस्तावित सडकहरु सार्वजनिक हुन नसकेमा उक्त सडकमा प्रस्तावित रकम अन्य योजनामा रकमान्तर हुने समेत यसै सुचनाद्धारा जानकारी गराइन्छ । 
कमलामाइ नगरपालिकाकाे कार्यालय, सिन्धुली 
फाेन नं. ०४७५२०६०८
स्वच्छ, सफा र हरीयाली, कमलामाइ नगरपालिका ।


0 comments

Write Down Your Responses