सुरू भयाे एेतिहासीक सिन्धुली धार्मिक महाेत्वस २०७२(फाेटाेफिचर सहित)
सिन्धुली, २१ फाल्गुण । एेतिहासीक सिन्धुली धार्मिक महाेत्वस २०७२ तथा विराट राष्ट्रिय कल्याण शान्ति महायज्ञ अाजबाट सिन्धुलीमाढीमा सुरू भएकाे छ । सामाजिक एकता र सनातन धर्मकाे रक्षाकाे लागी अायाेजना गरीएकाे धार्मिक महाेत्सव २९ फाल्गुण सम्म चल्ने जनाइएकाे छ ।
महायज्ञबाट संकलित रकमले नेपाल मानव धर्म समाज सिन्धुलीकाे अाश्रम र सिन्धुली प्रवेशदवार निर्माण गरिने जनाइएकाे छ ।
महोत्सव तथा महायज्ञमा दामोदर कुण्डबाट ल्याइएका एक हजार ८ शालिग्राम कुण्ड, हवन कुण्ड, गृह शान्ति, चौरासी पुजा, रुद्री पुजा लगायतका धार्मीककार्यहरु हुने बस्यालको भनाई छ । महोत्सवमा देश विदेशका भागवत भक्तगणको उल्लेख्य रुपमा उपस्थिती हुनुका साथै प्रशिद्ध तिर्थस्थलहरु हरिद्धार, ऋषिकेस, बद्रिकेदार, कासी, गया, मुक्तिनाथ क्षेत्र, पशुपति आदी स्थलहरुबाट शन्तमहात्माहरुको उपस्थिती साथै धार्मिक मण्डलहरु बन्ने र विभिन्न् तिर्थको जल प्राप्त हुने छ ।
महोत्सव तथा महायज्ञ झण्डै पचास हजार भक्तजनले अवलोकन गर्ने र ७० बढी सादुसन्तहरुको उपस्थिती रहने बताइएको छ । महोत्सवबाट साँढे दुई करोड रुपैयाँ संकलन हुने अपेच्छा गरिएको छ । महोत्सव तथा महायज्ञ आयोजना गर्दा ६५ लाख रुपैयाँ खर्च हुने पूर्वानुमान गरीएको छ । महोत्सवका लागि आवश्यक तयारी पुरा भएकाले महायज्ञमा सामान्य शुल्क तिरेर भक्तजनले ग्रह शान्ति, चौरासी पुजा, ब्रतबन्ध, विबाह, गाइदान लगायतका कार्य गर्न सक्ने आयोजकले व्यवस्थापन गरेको मानव धर्म सेवा समितिका अध्यक्ष वुद्धिलाल श्रेष्ठले जानकारी दिए ।
महोत्सव तथा शान्ति महायज्ञमा गोविन्द शरण महाराज र कथा वाचक मिरादेवीले कथावाचन, पाठ परायण विभिन्न गुरुहरुले धार्मीक कार्य गर्ने महोत्सव आयोजक समितिका संरक्षक तथा मानव धर्म सेवा समितिका अन्चल इन्चार्ज महात्मा सरयू वाइजुले जानकारी दिइन् ।
महाेत्सवका क्रममा सिन्धुलीमाढीमा देखीएका केही झलकहरू ः
0 comments
Write Down Your Responses