Powered by Blogger.
नेपालबाट यस्तो देखियो सूर्यग्रहण


नगरकोटको डाँडोबाट देखिएको खण्डग्रास सूर्यग्रहण । 


२६ फागुन, काठमाडौं । नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)ले बुधबार भक्तपुरको नगरकोटमा सन् २०१६ को पहिलो खग्रास सूर्यग्रहण अवलोकन कार्यक्रम आयोजना गरेको छ ।
खग्रास सूर्यग्रहण चार मिनेट ९ सेकेन्डसम्म थियो जसका कारण पूरै अन्धकार भयो । यो दृष्य इन्डोनेसिया, म्यानमार लगायतका समुद्री तटबाट मात्र देखिएको थियो ।
नेपालबाट भने खण्डग्रास सूर्यग्रहणमात्रै देखिएको थियो । नेपालमा ५ बजेर ५७ मिनेटमा सुरु भएको खण्डग्रास सूर्यग्रहण ७ बजेर २ मिनेटमा सकिएको थियो । तर, नेपालमा सूर्योदय भएको समय ६ बजेर २२ मिनेटदेखि मात्रै सूर्यग्रहण देखिएको थियो ।
नगरकोटबाट खण्डग्रास सूर्यग्रहण हेर्न स्वदेशी र विदेशीसमेत गरी २५-३० जना व्यक्ति आएको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । उनकाअनुसार सूर्यग्रहण हेर्न चितवनबाट समेत मानिसहरु आएका थिए ।
‘सँधै सूर्योदयको दृष्य हेर्न भिडभाड हुने नगरकोटमा आज भने कम व्यक्ति आए । कतिपयलाई सूर्यग्रहण हेर्नु हुँदैन भन्ने भ्रम रहेकाले पनि यस्तो हुनसक्छ,’ भट्टराईले भने ।
भट्टराईका अनुसार सूर्यग्रहण नांगो आँखाले हेर्नु भने हुँदैन । नांगो आँखाले सूर्यग्रहण हेर्दा अन्धोपन हुनसक्ने खतरा हुन्छ । त्यसैले यो दुर्लभ खगोलिय घटना अवलोकन गर्न नगरकोटमा विशेष प्रकारको टेलिस्कोप र चस्मा प्रयोग गरिएको थियो ।


0 comments

Write Down Your Responses