Powered by Blogger.
एक वर्षदेखि बन्दक बनाएर बालिका बलात्कार

दुई पटक घातक औषधी खुवाएर क्युरेड, बालिकाको स्वास्थ्यमा गम्भीर असर

राजन गाउँले
सिन्धुली २८, चैत्र । जिल्लामा एक ६३ वर्षीया बृद्धाले १५ वर्षीया बालिकालाई एक वर्षदेखि आफ्नै घरमा बन्दक बनाएर जवरजस्ती बलत्कार गर्दै आएको आरोप लागेको छ । जिल्लाको बेलघारी गाविस–१ छरछरेकी उषा (नाम परिर्वतन) लाई कमलामाई नगरपालिका ११ बथानचौडीका अन्दाजी ६३ वर्षका युवराज लुईटेलले एक वर्षदेखि जवरजस्ती बलत्कार गर्दै आएको आरोप लागेको हो । लुइटेल स्थानीय ब्रामणहरुको पुरोहीत समेत हुन् ।
लुईटेलले बालिकालाई गत चैत्र देखी झण्डै एक वर्षसम्म आफ्नै घरमा कमलरीका रुपमा काम गर्न राखेर दैनिक रुपमा बलत्कार गर्ने गरेको पिडित बालिकाले बताएकी हुन् । बुबा सानै उमेरमा वितेपछि गरिव तथा विपन्न वर्गकी ति बालिकालाई उनकी आमाले गत चैत्र महिनाबाट लुईटेलको घरमा कामदारका रुपमा राख्न पठाएकी थिन् । तर, लुईटेलले विपन्नताको फाइदा उठाउँदै निर्दोश बालिकामाथी एक वर्षदेखि जवरजस्ती बन्दक बनाएर बलत्कार गर्दै आएको र एक वर्षमा दुई पटक घातक औषधी खुवाएर क्युरेड, (बच्चा फ्याक्न लगाएको स्वयम पिडित बालीकाले बताइन् । 
‘म उसको (लुईटेलको) घरमा बस्न थालेदेखिकै मेरो इज्जत  लुटीयो । म माथी राति, दिउसो, साँझ विहान कहिलै नभनी उसले अत्याचार ग¥यो । दुई पटक विष जस्ता औषधी खुवाएर क्युरेड गरायो । कसैलाई भने मारिदिने धम्की दिएपछि मैले कसैलाई केही भन्न सकिन,’ पिडित बालिकाले भनिन् । 
लुईटेलले  ति बालिकालाई घरको कोठामा थुनेर परिवारका अन्य सदस्यले थाहा नपाउने गरी दैनिक बलत्कार गर्ने गरेको बताइएको छ । उनले जंगल र खेतमा घाँस काट्न जाँदा समेत आफुलाई नछाडेको पिडित बालिका बताउँछिन् । लुईटेलले ति बालिकालाई कसैलाई भने, जंगलमै मारिदिन्छु भन्दै पटक पटक घाँटी थिच्ने र मार्ने प्रायास गरेको बताइएको छ ।
आफुले गरेको कर्तुत सार्वजनीक हुने डरले लुइटेलले बालिकालाई घरकै कोठमा विष समेत खुवाएर हत्या गर्ने प्रयत्न गरेपछि नन्द विहोस भएपछि सबै कुरा सार्वजनीक भएको पिडित बालिकाकी भाउजुले बताइन् । 
उक्त घट्नापछि बालिकाले चिच्चाएर बचाउन खबर गरेपछि अन्य व्यक्तिहरुले थाहा पाएर परिवारलाई खबर गरेको भाउजुको भनाई छ । त्यसपछि सोधपुछ गर्दा गत चैत्र देखी गत साउनसम्म घरभित्रै राखेर दैनिक रुपमा बलत्कारको सिकार भएपछि नन्द वेहोस हुने, बर्वराउने, एकहोरो हुने लगायतको मानसीक रुपमा समेत कमजोर भएपछि  दाजुले बागलुङ लगेर उपचार गेरर ल्याएका थिए । घट्नापछि अन्यायका विरुद्ध लड्ने कुनै आँट नगरी लुईटेलको घर नजीकै अर्कैको घरमा सरण लिएर बस्दै आएका आमा र दाजु भाउजुसंग गत फागुन २४ गतेबाट बस्न थालेकी पिडित बालिकालाई उनकै घरमा गएर पुनः लुईटेलले बलत्कार प्रयास गरेपछि अन्यायको सिमा नाघेको थियो । 
त्यसपछि पिडित बालिकाका दाजुले जिल्ला प्रहरी कार्यालय र नेपाल मगर संघ लगायत संघ संस्थामा न्यायका लागि उजुरी गरेका थिए । ‘बैनीसंगै परिवारको समेत सुरक्षामा थ्रेड आएपछि न्यायका लागि पिडकमाथी कारबाहीको माग गर्दै चैत्र ३ गते जिल्ला प्रहरी कार्यालयमा लुईटेल विरुद्ध उजुरी दिएका छौं,’ पिडित बालिकाका दाजुले भने ।
आफुहरुलाई कुनै कुरा सार्वजनीक नगर्न र बरु पैसा लिएर मिल्न भन्दै दवाव आएको उनले जनाए । लुईटेलको कतुर्त लुकाउन स्थानीय शिक्षकहरु सन्तोष गिरी, डिल्लीराम बराल, माधव पौडेलले लुईटेलबाट ३० हजार क्षेतीपुर्ती उपलब्ध गराई दिने भन्दै गत चैत्र ३ गते पाँच हजार रुपैयाँ पिडित बालिकाको परिवारलाई दिएको समेत बुझिएको छ । 
उनिहरुले कुरा गुपचुप राख्न भन्दै पाँच हजार रुपैयाँ पेश्कि दिएको र बाँकी २५ हजार रुपैयाँ आफुहरु नै ब्याजमा लगाइदिने र पछि बालिकाको उपचारका क्रममा दिने भन्दै उनिहरुले नै राखेको घट्नाक्रममाले देखाएको नेपाल मगर संघ सिन्धुलीका सचिव पुन मस्रांङी मगरले प्रतिक्रिया व्यक्त गरे । 
उनले पिडित बालिकालाई निश्पक्ष रुपमा न्याय दिलाउनु पर्ने भन्दै दोशीमाथी कडाकारबाही हुनु पर्ने माग समेत गरे । ति शिक्षकहरु स्थानीय विद्यालयमा कार्यरत छन् । पिडित बालिकाको मेडकिल चेक गर्दा उनको पाठेघरमा समेत गम्भीर समस्या आएको पाइएको मगर संघकै कोषाध्यक्ष कविता थापामगरले बताइन् । उनले भनिन्, लामो समयदेखी बालिकामाथी भएको बलत्कार पछि उनको मानसीक सन्तुलन समेत ठिक छैन् । उनको स्वास्थ्यमा समेत गम्भीर असर परेको चिकित्सकहरुले जनाएका छन् । उनको उपचार  न्यायका लागि सबै निकायले पहल गर्नु पर्ने आवश्यकता छ ।’ बालिकालाई लुइटेलले जनकपुरसम्म पु¥याएर क्युरेड गराएको पाइएको कोषाध्यक्ष मगरले जनाइन् ।
उता बलत्कार आरोपी लुईटेललाई बालिकाको जाहेरी लगत्तै पक्राउ गरी अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा राखिएको प्रहरी उपरिक्षक उमासंकर पन्जियारले अन्नपूर्णलाई बताए । ‘लुईटेलमाथी बन्दक बनाएर बलत्कार गरेको आरोप लागेको र त्यस विषयमा अनुसन्धान गरीरहेका छौं । घट्ना बारे केही दिनभित्रै हामी निश्कर्षमा पुग्छौं,’ उनले भने । लुईटेलका श्रीमति, छोरा, छोरी, बुहारी नाती नातीना साथमा छन् ।


, ,

0 comments

Write Down Your Responses