Powered by Blogger.
UPDATE भुवनेश्वरीमा लागेकाे अागाे ५२ घण्टा पछि नियन्त्रणमा

सिन्धुली २८, चैत्र । शुक्रबार दिउँसोबाट भुवनेश्वरीको दलित बस्तिबाट फैलिएको भिषण आगलागी शनिबारबाट तिनकन्या गाविसमा समेत फैलिएको छ । आगोले भुवनेश्वरी गाविसको वडा नं. ७ को मुर्की बेसी र वडा नम्बर ९ को थाङ्ग्रेका ४२ घर  र १६ गोठ जलेर नष्ठ भएको प्रमुख जिल्ला अधिकारी ताराबहादुर कार्कीले जनाए । 
आगलागीबाट शुक्रबार भुवनेश्वरीकै कालीका प्रावि समेत जलेर नष्ठ भएको छ । सयौं चौपाय तथा पशुपन्क्षी जलेका छन् । करोडौ रुपैयाँको क्षेती भएको अनुमान गरिएको छ । आगलागीको क्षेतीबारे भने अझै विस्तृत विवरण आउन सकेको छैन् भने शुक्रबार दिउसोबाट लागेको आगो अाइतवार मध्यानबाट नियन्त्रणमा अाएकाे जनाइएकाे छ । पूर्ण रूपमा नियन्त्रणमा भने अझै अाइसकेकाे छैन । 
भुवनेश्वरी गाविसको रित, थाङ्ग्रे तिनकन्या गाविसको रानीखोला र किराँतेका सयौं बस्ति आगोको उच्च जोखीममा परेको थियाे । 
नेपाली सेना, ससस्त्र, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान, वन लगायतका दुई सयबढी सुरक्षाकर्मी र पाँचसयबढी स्थानीय बासिन्दा ५२ घन्टा देखी आगो नियन्त्रणका लागि प्रयास गरिरहेका थिए ।
महाभारत जंगलमा भिषण आगो लागेको र पुनः बस्तिमा पस्ने खतरा भएपछि थप सुरक्षाकर्मी परिचालन गर्न केन्द्रबाटै अग्नी नियन्त्रक परिचालन गर्न गृहमन्त्रालय तथा प्रहरी प्रधान कार्यालयसंग समेत सहयोगका लागि माग गरीएको प्रमुख जिल्ला अधिकारीले बताएका छन  । 
चर्को घामसंगै भिषण हावाहुरी चलेका कारण आगो नियन्त्रण गर्न नसकीएको बताइएको छ । त्यस क्षेत्रमा पानीको चरम अभाव छ । जसका कारण सेउला र माटोले आगो निभाउनु पर्ने बाद्यता छ । महाभारतको सयौं हेक्टर जमिनमा आगो फैलिएको छ ।
यसैविच आगलागीबाट भएका सरसामान समेत जलेर नष्ठ भएपछि सिंगो दलित वस्तिमा रुवाबासी फैलिएको छ । उनिहरुले शुक्रबार खुल्ला आकास मुनि बसेर रात काटेका छन् । गत बैशाख १२ गतेको भुकम्पबाट नतंग्रीदै दलित वस्तिमा सिर्जीएको अर्को बज्रपातले हेर्दा हेर्दै एक घण्टाका विचमा सबै नष्ट भएको स्थानीय गौरव कार्की बताउँछन् । बस्ति नजीकै जंगलबाट लागेको आगो बस्तिमा पस्दा करिब एक घण्टाका विचमा ६० बढी घरगोठ जलेर नष्ठ भएको उनले जनाए । प्रहरीले भने हालसम्म ४५ घरधुरी जलेर नष्ठ भएको पुष्टि गरेको छ ।
आगलागीका कारण घरबार गुमाएकाहरुको दर्जनौं अस्थायी टहरो समेत जलेर नस्ठ भएका छन् । स्थानीय बलदेव सार्की, धनबहादुर सार्की, चोकर बहादुर सार्की, रमायाँ सार्की, हेमबहादुर सार्की, भोजबहादुर सार्की, रुकमायाँ सार्की लगायतका पचासबढी परिवार शुक्रबारदेखि खुल्ला आकासमुनी बसेका कारण उनिहरुका लागि तत्काल राहतका लागि पहल गरीको प्रहरी उपरिक्षक उमासंकर पन्जियारले जनाए । 
यसैविच आगलागीको क्षेती विवरणबारे एकिन गर्न शनिवार जिल्ला प्रशासन कार्यालय, प्राविधिक कार्यालय, खानेपानी कार्यालय, जिल्ला विकास समिति, रष्ट्रिय अनुसन्धान कार्यालय लगायतका सरकारी कार्यालयका अधिकृतहरु आगलागी क्षेत्रमा खटिएका छन् । आगलागी भएको क्षेत्रमा पाइव आगोले जल्दा खानेपानीको समेत समस्या भएको छ । यसैविच आगलागी संगै शुक्रबार हराएका भनिएका बालबालिका सम्पर्कमा आएका छन् । उनिहरु आगलागीका क्रममा आगो सल्कीएको जंगलमा खानेपानी लिन गएका थिए ।


,

0 comments

Write Down Your Responses