Powered by Blogger.
दर्जनौ राष्ट्रिय कलाकारले तताए कमलाखोज(हेर्नुस तस्वीर सहित)

बुद्धकुमार आछामी 
सिन्धुली, २८ चैत्र । परम्परागत नेपाली कला सास्कृतिक गीत संगीतलाई संरक्षण गर्दै नयाँ गीत संगीतको उत्थान गर्ने मुल उदेश्यका साथ आयोजना गरिएको विशाल कमलाखोज सास्कृतिक कार्यक्रम–२०७२ सनिबार कमलाखोजको दुधौलीमा भव्य रुपमा सम्पनन् भएको छ । 
कार्यक्रममा उपस्थित दर्जनौ कलाकारले दर्शकहरुलाई छमछमी नचाएका छन । चर्चित कलाकार डिजराज पौडेल, प्रकाश कट्वाल, राजु बराल, माधव थापा,चन्दा अर्याल, मिरा गीरी, नायिका माेनीका दाहाल, हास्य कलाकार दिनेश काफ्ले, रयापर प्रिन्सराज पाैडेल लगायत कलाकारले दर्शकहरूलार्इ भरपुर मनाेरन्जन प्रदान गरेका थिए । 
कार्यक्रमलाई दुधौली नगरपालिका कार्यालयले प्रायोजन गरेको थियो भने हड्न्स नेपाल, कमलामाई अग्रेजी मावि, सिन्धुली लिटील फ्लावर बोडिग स्कुल, कमला बहुमुखी क्याम्पस, लदाभिर उमाविले सह प्रायोजन गरेका थिए ।  कार्यक्रममा कमलाखाेज क्षेत्रका हजाराै दर्शकहरूकाे बाक्लाे उपस्थिती रहेकाे थियाे । 
हेर्नुस कार्यक्रमका केहि झलकहरूः 
दर्शकहरू ।

दर्शकहरू । 

स्थानीय कलाकार वैनी नृत्य प्रदर्शन गर्दै । 

लाेकदाेहाेरी गायिका मिरा गीरी । 
गायक डिजराज पाैडेल । 

हास्य कलाकार दिनेश काफ्ले । 
लाेकदाेहाेरी गायक प्रकाश कट्वाल । 
गायक माधव थापा । 
गायक राजु बराल ।

रयापर प्रिन्सराज पाैडेल । 



,

0 comments

Write Down Your Responses