Powered by Blogger.
अबरुद्ध खिम्ती ढल्केबर २२० केभी प्रशारण लाइनको काम सुरु

सिन्धुली, २८ चैत्र । स्थानीयहरुको आन्दोलनका कारण लामो समय देखी अबरुद्ध रहेको खिम्ती ढल्केबर प्रशारण लाइन अन्र्तगत सिन्धुलीमाढी खण्ड्को काम आयोजनाले आइतबारबाट सुरु  गरेको जनाएको छ । 
स्थानीयहरुको अबरोधका कारण लामो समय देखी अबरुद्ध हुन पुगेको उक्त प्रशारण लाइनको काम सुरुवात गर्नका लागी नरोकिदिन आग्रह गर्न प्रमुख जिल्ला अधिकारी आन्दोलन स्थलमै पुगेका थिए । आन्दोलन जारी राख्दै निर्माण स्थलमा बसेका पिडितहरुसँगको वार्ता पश्चात काम सुरु गरिएको र उनीहरुको जायज मागलाई राज्यको तर्फबाट सम्बोधन हुने प्रमुख जिल्ला अधिकारी तारा बहादुर कार्कीले बताए । 
आइतबारबाट निर्माणको काम सुरु गरिएको र कसैले अवरोध नगरेमा ६ महिना भित्र कार्य सम्पनन् हुने आयोजनाका प्रमुख इन्जीनियर श्याम यादवले बताए । 
सरकारले तत्काल काम सुरु गराउन स्थानीय प्रशासनलाई आदेश गरेपछि आयोजनाले स्थानीय प्रशासनको सहयोगमा अबरुद्ध काम सुरुवात गरेको हो । स्थानीय प्रशासनले भने सरकारले मुआब्जा तिरेर जग्गामा काम अबरुद्ध नगर्न आग्रह गरेको छ भने काम अबरुद्ध गरेमा नियन्त्रणमा लिएर कानुन अनुसार कार्वाही गर्ने जनाएको छ । संघर्षमा रहेका पिडीहरुसँग भने सम्पर्क हुन सकेन । 
सन् २००२ मा आयोजनाको निर्माण सम्झौता भई सन् २००६ मा टेन्डर भएर निर्माण कार्य थालिएको प्रसारण लाइनको हालसम्म काम पुरा हुन सकेको छैन। सन् २०११ मै सक्नुपर्ने गरी सम्झौता भएको आयोजना पटकपटक स्थानीयले मुआब्जाको विषयलाई लिएर विरोध गरेकाले हालसम्म सम्पन्न हुन नसकेको आयोजनाका यादबले बताए। 
आयोजनाको झन्डै ९० प्रतिशत बढी काम पुरा भइसके पनि ६ ओटा कमलामाई नगरपालिका र रतनचुरा गाविसमा एउटा टावरको काम स्थानियको अवरोधले बाँकी रहेको छ । आयोजना पुरा नभए दोलखा रामेछापमा उत्पादन भएको विद्युत खेर जाने संम्भावना रहेकाले जतिसक्दो आयोजना पुरा गर्नुपर्ने आयोजनाको भनाई छ ।



, ,

0 comments

Write Down Your Responses