Powered by Blogger.
सिन्धुलीमा निःशुल्क मुख तथा दन्त परीक्षण शिविर

सिन्धुली, १ वैशाख । सिन्धुलीमाढीमा सञ्चालित रेडियो शिद्धबाबा ९८.४ मेगाहर्जको आयोजनामा आज सिन्धुलीमाढीमा १ दिने निशुल्क मुख तथा दन्त परीक्षण सेवा चलिरहेको छ । नयाँ वर्षको अवसमार रेडियो शिद्धबाबाले ओम समाज डेन्टल हस्पीटलको विशेष सहयोगमा शिविर सञ्चालन गरेको हो । 
शिविरमा ओम समाज डेन्टल हस्पीटलका ओरल म्याग्जो फेसीयल सर्जन डा.सुवास घिमिरे लगायत आधा दर्जन डेन्टीस्ट डाक्टरहरुले सेवा प्रदान गर्ने जनाइएको छ । शिविरमा बरिष्ठ डा.अमर बोछिबया, डा.रोजिना बोछिवया, डा.दिलिप शाह, डा.श्रुति झा, डा.विजय शाहले विरामीहरुलाई बुधबार दिनभर सेवा प्रदान गर्ने छन । 
शिविरको उदघाटन प्रमुख जिल्ला अधिकारी तारा बहादुर कार्कीले एक समारोह वीच उदघाटन गरेका छन । १ दिने निशुल्क शिविरलाई सामुदायीक आखा उपचार केन्द्र सिन्धुली, वल्र्ड भिजन इन्टरनेशनल नेपाल, प्लान नेपाल, जिल्ला जन स्वास्थ्य कार्यालय लगायतले सहयोग गरेका छन । 
शिविरमा तीन सयँ भन्दा विरामीहरुको निशुल्क मुख तथा दन्त परीक्षण गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ । शिविरमा विरामीहरुको मुख तथा दातको निशुल्क परीक्षण गरिनुमा साथै आवश्यक सल्लाह र औषधी समेत प्रदान गरिने जनाइएको छ । 
रेडियो शिद्धबाबाले नयाँ वर्षको अवसरमा मङ्गलबार कृषि मन्त्री हरिवोल गजुरेलको उपस्थितीमा सहयात्राको ४ वर्षको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पनन् गरेको छ भने बुधबार नयाँ वर्षको दिन निशुल्क स्वाथ्य शिविर र खुल्ला मञ्चमा नयाँ वर्ष उत्सव विशेष सास्कृतिक कार्यक्रमको समेत आयोजना गरेको छ । 


,

0 comments

Write Down Your Responses