Powered by Blogger.
भुकम्पकाे पीडाबाट अझै उठ्न सकेन सिन्धुली

राजन गाउँले
कपिलाकोट (सिन्धुली) २, वैशाख । ‘भएका सहारा श्रीमानलाई आँखै अगाडी टपक्कै टिपी लग्यो । अहिले न साहरा रहे । न बस्ने बास । श्रीमान्संगै घरबार गुमाएको एक वर्ष पुग्नै लाग्यो । सरकारले पनि हेरेन्,’ गत बैशाख २९ गतेको भुकम्पमा श्रीमान् गुमाए पछि बेसहारा भएकी पश्चिम सिन्धुली कपिलाकोट–२, की चोकमायँ गुर्माछानले आँसुको बलिन्द्र धारा बगाउँदै दुखेसो पोखिन, ‘साहारा दिने पनि कोही भएनन् । कहाँ बस्ने  के खाने चिन्ता थपीयो ।’
उनलाई टार्नै नसकिने विपत्ती आइलागेपछि सरकारकाले आफ्नो पिडा बुझ्ला र समयमा सहयोग गर्ला भन्ने आशा लागेको थियो । तर, भुकम्प गएको वर्षदिन हुँदासम्म घर निर्माणका लागि सरकारले देखाएको आशा पुरा नहुँदा गुर्माछानमा अहिले कहाँ बस्ने के खाने भन्ने नै चिन्ता कायमै छ । उनि भन्छीन्, ‘न सुरक्षित बस्ने घर छ । न जाने ठाउँनै । फेरी वर्षात लाग्नै लाग्यो । आफैले घर बनाउने कुनै उपाएनै छैन् । सरकारकाले कहिलेबाट सहयोग गर्छ कुनै ठेगान छैन् ।’ 
गत बैशाख १२ गतेको भुकम्पले परिवारको सदस्य संगै घरबार गुमाएका कपिलाकोटका भुकम्प पिडितहरुको जनजिवन उस्तै छ । भुकम्प गएको एक वर्ष हुँदासम्म गाउँमा ढलेका घरहरु अझै निर्माण गर्न नसक्दा उनिहरुमा सुरक्षित बासकै चिन्ताले न दिनमा चैन छ न रातमा निद्रा । 
‘बस्ति पुरै चर्केर धारा फाटेको छ । ध्वस्त घरहरु बनाउने कुनै उपाय छैन् । फेरी वर्षा लाग्नै लागि सक्यो । जमिन र घर हेर्दा अझै त्रसित बनाइराख्छ । छाडेर जाने ठाउँ छैन् । धाँजा फाटेको जमिनमाथी त्रिपालमा कति दिन बस्ने,’ कपिलाकोट ५ खलङ्गाका मानबहादुर रानाले दुःख व्यक्त गरे । उनले यस वर्षको वर्षा अघिनै सहयोग गर्न सरकारसंग आग्रह गरे ।
भुकम्पले थला परेको कपिलाकोटमा नब्य प्रतिसत व्यक्तिगत आवासका साथै सरकारी र सामुदायिक भवनहरुमा क्षेती पुगेको छ । भुकम्प पछि बाढीपहिरो, कठ्याङ्ग्रीदो चिसो र हावाहुरी तथा आगलागी जस्ता विपत्तीले एक पछि अर्को गर्दै ढलेको कपीलाकोट अझै उठ्न सकेको छैन् । 
  भुकम्प पछिको अस्थायी टहरो पनि जलेर खरानी भएपछि निरास अवस्थामा भेटीएका भुवनेश्वरी–७ मुर्कीबेसीका बलदेव सार्कीको गुनासो झनै कमी छैन् । त्रिपाल मुनि अस्थायी टहरोमा बस्दै आएका सार्की परिवारमाथी पुनः अर्को बज्रपात आइलागेपछि उनिमाथी सरकारको त के कुरा भगवान भरोसाको समेत आश रहेन् । गत शुक्रबार एक्कासी जंगलबाट आएको आगोले अस्थायी टहरोसंगै भुकम्पले क्षेतविक्षद घरगोठ र लत्ताकपडा भाँडाकुडा समेत जलेर नष्ट भएपछि अव झन कहाँ बस्ने के खाने भन्ने थप सुर्ता थपीएको छ ।
हावाहुरीले उडाएको टहरो टालटुल पारेर बस्दै आएका सार्की परिवारले दुखेसो सुनाए, ‘भुकम्पले त थला पारेकै थियो । तर, आगलागीले केही बाँकी राखेन् । विपत्ती पनि हामीलाई मात्रै आइलाग्दो रहेछ ।’
 ‘दुःख सुखगरेर भत्केको घर बनाउने सोच बनाएको थियौं, तर, अब त लाएको एक सरो लत्ताकपडा बाहेक केही बाँकी रहेन् । अहिले छोराछोरी कहाँ राख्ने के खुवाउने, के लाउन दिने भन्ने नै टुङ्गो भएन्,’ बलदेवले भने । आगलागीबाट उक्त गाविसका ६५ वढी घर गोठ नष्ट भएका छन् । भुकम्पबाट सत प्रतिसत घरहरु ध्वस्त भएका छन् ।
बासेश्वर गाविस–९ का तुलसी बहादुर श्रेष्ठको मनमा पनि चैन छैन् । उनी बाँसको झुप्रोमा बसेको वर्षदिन भयो । बैशाख १२ को भुकम्पले श्रेष्ठको जिवन संगिनी ७० वर्षिया बुद्धमायाँ श्रेष्ठलाई गुमाउनु परेपछि श्रेष्ठको जिवनमा पनि खुसी र रमाइला क्षणहरु अन्त्य हुँदै गएका हुन् । उनले घर बनाउन सरकारले सहयोग गर्छ भन्ने सुनेको भएपनि अझै कुनै सहयोग नपाएको बताए ।
कपिलाकोट र भुवनेश्वरी, बासेश्वर जस्ता भुकम्पका कारण ढलेका जिल्लाका अति भुकम्प प्रभावित नगरपालिका तथा गाविसहरु एक वर्षसम्म उठ्न सकेको छैन् । भुकम्पले बस्ति ढल्यो, बर्षामा पहिरोले बगायो, चिसोले सेक्नुसम्म सेक्यो, हावाहुरीले टहरोनै उडाउँछ । आगलागीले त्रसाउँछ, कतिपय बस्तिमा खाद्यान्नको समस्या हुन थालेको छ,’ सितलपाटीका भुकम्प पिडित प्रदिप कार्कीले भने, ‘यसवर्ष त कहिलै सिन्धुलीबासीलाई विपत्तीले छाडेन् । सबै कुराले हामीलाई उठ्न दिएन् ।
भुकम्प पछि विस्तापित उद्यमी व्यावसायि अझै लयमा आउन सकेका छैनन् । भुकम्पका कारण त्रिपालमा बसेकाहरुले घर निर्माण गर्न सकेका छैनन् । भत्केका सडकहरु, खानेपानीको मुहानहरु निर्माण हुन सकेका छैनन् । जिल्लामा अझै धेरै पिडितहरु भग्नावशेष घरमा जोखीम मोलेरै बस्न बाध्य छन् ।
भुकम्पका कारण जिल्लामा ४७ हजारबढी आवासमा क्षेती पुगेको तथ्याङ्क छ । त्यस मध्ये २२ हजारबढी पूर्ण रुपमा ध्वस्त भएको बताइन्छ ।
सरकारले व्यक्तिगत आवस निर्माणका प्रक्रिया थालनी गरेपनि जिल्लामा गाविस सचिवहरुले समेत सहयोग नगर्दा कामले गतीलिन सकेको छैन् । आफुहरुलाई थप सेवा सुविधा दिनु पर्ने माग गर्दै गाविसका सचिवहरुले प्राधिकरणको काम नगर्ने जनाउँदै आएका छन् । तर, जिल्लाको झाँगाझोली गाविसबाट पुनर्निर्माणका काम सुरु भएको प्रमुख जिल्ला अधिकारी ताराबहादुर कार्की बताउँछन् । उनले नागरिकको काममा सचिवहरुले असर पार्न नहुने बताएका छन् ।


,

0 comments

Write Down Your Responses