Powered by Blogger.
सिन्धुलीका अग्नीपिडितलाई नयाँ शक्तिको राहत

सिन्धुली २, बैशाख । गत शुक्रबार भएको आगलागीबाट घरबार गुमाएका जिल्लाको भुवनेश्वरी स्थित दलित बस्तिका आगलागी पिडितहरुलाई डाक्टर बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले राहत सामाग्री वितरण गरेको छ । 
आगलागी पछि खान र बस्नको समेत समस्या भएको समाचारहरु विभिन्न सञ्चार माध्ययममा आएपछि नयाँ शक्ति नेपालले काठमाण्डौंबाट ल्याएको राहत समाग्री बिहिबार वितरण गरिएको हो ।
आगलागीका कारण ध्वस्त कालिका प्राविको अस्थायी भवनका लागि ठुलो दुईवटा टेण्ड, ४५ परिवारका लागि सिल्पीङ ब्याग, ४२ बोरा चामल, ४५ किलो दाल, ४५ लिटर खाने तेल, ४५ केजी नुन लगायतका सामाग्रीहरु वितरण गरिएको बताइएको छ । 
आगलागीबाट ध्वस्त विद्यालय बिहिबारबाट सञ्चालनमा आउनु पर्ने भएपनि विद्यालयका केही सामाग्री पनि बाँकी नभए पछि उक्त विद्यालयलाई तत्कालका लागि टेण्टबाटै भएपनि सञ्चालन गर्न सहज होस भन्नका लागि ठुला दुई वटा टेण्ट सहयोग गरेको बताइएको छ ।
नयाँ शक्तिका केन्द्रीय परिषद सदस्य गंगानारायण श्रेष्ठको नेतृत्वमा आगलागीबाट सखाप दलित बस्तिमै पुगेको टोलीले खाद्यान्न लगायतको राहत सामाग्री वितरण गरेको नयाँ शक्ति नेपाल सिन्धुलीका संयोजक दिर्घराज श्रेष्ठले बताए ।
नयाँ शक्तिले सामान्य भएपनि तत्कालका लागि केही राहत पुगोस भन्ने उद्देश्यले खाद्यान्न लगायतका समाग्री वितरण गरिएको र छिट्टै थप सहयोग गर्ने श्रेष्ठको भनाई छ । 
गत शुक्रबार र शनिवार भएको आगलागीबाट भुवनेश्वरीको वडा नं. ७ को मुर्की बेसी, वडा नम्बर ९ को थाङ्ग्रे, रित लगायतका दलित बस्तिका ६५ घर गोठ जलेर नष्ट भएका थिए । आगलागीबाट दलित बस्तिनै सखाप हुँदा सुत्केरी, गर्भवती तथा बालबालिकाहरुलाई खान समेत समस्या भएको थियो ।
तर, नयाँ शक्तिले गरेको सानो सहयोगले पनि आगलागी कारण खाद्यान्न लगायतका सबै सरसामाग्री जलेर नष्ट भएका परिवारका लागि केही दिनका लागि खान र चिसो बारीको पाटोमै बस्न पनि न्यान्यो मिलेको स्थानीय पिडितहरुले जनाएका छन् ।
यसैविच गत शुक्रबारबाट भुवनेश्वरी तथा तिनकन्या, बाशेश्वर, र रतनचुरा गाविसमा फैलिएको भिषण आगलागी ६ दिनपछि नियन्त्रणमा आएको छ ।
भुवनेश्वरी गाविसको रित, थाङ्ग्रे, मुर्कीबेसी लगायतका बलदेव सार्की, धनबहादुर सार्की, चोकर बहादुर सार्की, रमायाँ सार्की, हेमबहादुर सार्की, भोजबहादुर सार्की, रुकमायाँ सार्की लगायतका पचासबढी परिवारको ६५ बढी घरगोठ खरानी बनाउँदै सल्केको आगो ६ दिनपछि नियन्त्रणमा आएको प्रमुख जिल्ला अधिकारी तारबहादुर कार्कीले जनाकारी दिए ।
‘आगलागी लगत्तै खटिएका नेपाली सेना, प्रहरी, शसस्त्र, वन लगायतका सुरक्षाकर्मी र स्थानीयको लगातारको प्रयास पछि आगो नियन्त्रणमा आएको छ,’ उनले भने ।
आगलागीबाट दलित बस्तिमा साँढे एक करोड रुपैयाँबढीको क्षेती भएको छ भने एक हजार ८ सय हेक्टर बढी जंगल डढेलोबाट नष्ट भएको बताइएको छ ।


0 comments

Write Down Your Responses