Powered by Blogger.
नयाँ वर्षमा दर्जनौ कलाकारले तताए सिन्धुली (हेर्नुस तस्वीर सहित)

सिन्धुली २, बैशाख । गत वर्षको सुरुवातीमै भएको महाविपत्ती, नाकाबन्दी, आगलागी, अभाव, समस्या र पिडाका विच झण्डै एक वर्ष विताएका सिन्धुलीबासीले यस पटकको नयाँ वर्षलाई भने दिन भर विभिन्न सांस्कृतीक कार्यक्रमको रमझममा सहभागि भएर स्वागत गरे । 
विभिन्न समस्या र पिडाहरुलाई भुल्दै नव वर्ष २०७३ सालमा भने सबैमा खुसी, उमंग  र प्रगतीको कामना गर्दै एक आपसमा शुभकामना आदन प्रदानका साथ कृषि मन्त्रि हरिबोल प्रसाद गजुरेल, जिल्लाका विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख, राजनीतिक दल तथा एक दर्जनबढी राष्ट्रिय स्तरका कलाकारहरका साथ जिल्लाबासीले नयाँ वर्षको उमंग मनाएका हुन् ।
जिल्लामा सञ्चालीत सामुदायिक रेडियो शिद्धबाबाले आफ्नो चौथौ वर्ष गाँठको अवसर पारेर आयोजित वृहत सांस्कृतीक कार्यक्रम तथा शुभकामना आदान प्रादन कार्यक्रममा मन्त्रि गजुरेलले २०७२ साल खुसी र पिडा दुबै मिश्रीत वर्ष भएको भन्दै नयाँ वर्षले भने सबैमा खुसी छाउने आशा व्यक्त गरे ।
यस्तै राष्ट्रिय स्तरका कलाकारहरुले भुकम्प जस्तो महाविपत्ती र नाकाबन्दीले नागरीकमा पारेको असरका बारेमा गित मार्फत चित्रण गर्दै अव कहिल्लै त्यस्तो नहोस भन्ने कामना गरे । 
यस्तै कलाकार प्रमोद खरेल, हरि कर्मचार्य, प्रकाश कटवाल, मिरा गिरी, दिनेश काफ्ले, सोनाम बज्यू, प्रिन्शराज, राम बजु लगायतले आफ्ना दर्जनौं प्रस्तुती देखाएका थिए । भुकम्पको पिडाकै विच नयाँ वर्षको उमंगमा सहभागि हुन जिल्ला सदरमुकाम भेलाभएका हजारौं सर्वसाधरणलाई प्रकाश कटवालले चोर विरालो पल्क्यो बोलको दोहोरी गाउँदा प्रमुख जिल्ला अधिकारी देखी सर्वसाधरण समेत छमछम नाचेका थिए ।
सबैको अनुहारमा खुसीको पलहरु देखिन्थे । घरमा पुग्दा सबै समस्या नै समस्या भएपनि एक वर्षपछि बल्ल एक दिन मनैदेखी आनन्दीत भएर खुसी साट्ने मौका पाएको कार्यक्रममा सहभागिहरुले प्रतिक्रिया दिए । जिल्लामा वर्षेनी नयाँ वर्षको अवसर पारेर सांस्कृतीक कार्यक्रमको विच शुभकामना आदन प्रदान गर्दै आए अनुसार यस पटक पनि सांस्कृतीक कार्यक्रमको आयोजना गरीएको रेडीयो शिद्धबाबाका प्रबन्द निर्देशक टिकाजंग थापाले बताए । कार्यक्रममा झण्डै दश हजारबढी सर्वसाधरणको सहभागिता रहेको थियो ।


,

0 comments

Write Down Your Responses