Powered by Blogger.
बसको ढोकाबाट खसेर सहचालकको मृत्यू



सिन्धुली, ३ वैशाख । मध्यपहाडी लोकमार्ग स्थित सिन्धुलीको खुर्कोट घुर्मी खण्ड अन्र्तगत वासेश्वर गाविस–३ बलेनीमा बसको ढोकाबाट खसेर सहचालकको मृत्यू भएको हाम्रा मध्यपहाडी संवाददाता गौरव कार्कीले जानकारी दिएका छन । 
दोलाखाबाट तिर्थयात्री लिएर खोटाङको हलेसी तर्फ हिडिरहेको सगरमाथा यातायातको बा २ ख ५२८६ नम्बरको बसको ढोकाबाट खसेर सोही बसका सहचालक दोलाखा झ्याकु गाविसका महेन्द्र विकको घटनास्थलमै मृत्यू भएको हो । उक्त बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ । घटनाको बारेमा थप जानकारी भने प्राप्त हुन सकेको छैन । 


0 comments

Write Down Your Responses