Powered by Blogger.
प्रजिअ कार्कीद्धारा डेन्टल केयर र टेलर्सको उदघाटन





सिन्धुली, ३ वैशाख । सिन्धुलीका प्रमुख जिल्ला अधिकारी तारा बहादुर कार्कीले शुक्रबार सिन्धुलीमाढीमा डेन्टल केयर सेन्टर र टेलर्सको छुट छुट्टै समारोह वीच उदघाटन गरेका छन । 
प्रजिअ कार्कीले माढीबजार स्थित गैरीबजारमा सुरु गरिएको जनसेवा ओरल एण्ड डेन्टल केयर सेन्टर प्रा.लि. र माढीबजारकै एक नम्बर बजारमा सञ्चालित न्यू सेलेक्सन टेलर्स प्रा.लि.को उदघाटन गरेका हुन । व्यवसायको उदघाटन गर्दै प्रजिअ कार्कीले सञ्चालकहरुलाई व्यवसायीक सफलताको शुभकामना समेत दिएका छन । सेवाग्राहीहरुलाई गुणस्तरिय सेवा प्रदान गर्न र नाफा मुखी भन्दा सेवा मुखी भएर काम गर्न समेत कार्कीले सञ्चालकहरुलाई आग्रह गरेका छन । 
शुक्रबार उदघाटन भएको जनसेवा ओरल एण्ड डेन्टल केयर सेन्टर प्रा.ली.ले निःशुल्क परामर्श सेवा, गीजाबाट रगत आउने, सुन्नीएको र श्वास गन्हाउने रोग सम्बन्धी सम्पूर्ण उपचार, दाँत सफा गरी चुरोट, खैनीको दागहरु हटाई सेतो बनाउने, किराले खाएको दात भर्ने, झिक्ने तथा नयाँ दाँत लगाउने, नयाँ दाँत लगाउने, विग्रेको दात तार लगाएर मिलाउने, मुख तथा दात सम्बन्धी सम्पूर्ण सल्यक्रिया सेवा प्रदान गर्ने उदघाटनको अवसरमा जानकारी गराएको छ । 
सेन्टरमा मुख तथा दन्त रोग विशेषज्ञ डा.दिनेश पंडित र डा.मुन्नू खड्गा यादवले आधुनिक औजार उपकरण मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्ने जनाइएको छ । उदघाटनको अवसरमा डेन्टल केयर सेन्टरले प्रमुख जिल्ला अधिकारीको दन्त उपचार गरेर सेवाको सुरुवात गरेको हो ।
त्यस्तै न्यू सेलेक्सन टेलर्स प्रालीले ग्राहकहरुलाई सर्वोकृष्ट सुट स्पेसलिष्ट मार्फत सेवा, रोजाई अनुसार गुणस्तरिय कपडा, जिल्लामै पहिलो पटक जुक्की, काज, पिको, जिकज्याक र पेष्टिङ्ग मेसिन प्रयोग गरी गुणस्तरिय सिलाई साथै छिटो छरीतो सेवा दिने जानकारी गराएको छ । न्यू सेलेक्सन टेलर्स प्राली सयुक्त लगानीमा सुरु गरिएको जिल्लाकै पहिलो आधुनिक टेलर्स भएको दावि गर्दै ग्राहकहरुलाई गुणस्तरिय सेवा प्रदान गर्ने प्रतिबद्धता शुभारम्भको अवसरमा टेलर्सका प्रबन्धक नानीमायाँ रंजितकारले गरेकी छिन । 
रामनवमीको अवसर पारेर सुरु गरिएको दुवै व्यवसायले ग्राहकहरुलाई छुटको अफर समेत ल्याएका छन डेन्टल केयरले २ महिना सम्म सम्पूर्ण ग्राहकहरुलाई २५ प्रतिशत छुट दिने घोषणा गरेको छ भने न्यू सेलेक्सन टेलर्स प्रालीले उदघाटनको पहिलो, दोश्रो र तेश्रो दिन कपडा र सिलाईमा २५ प्रतिशत र वैशाख महिना भरि १५ प्रतिशत छुट दिने घोषणा गरेको छ । 


,

0 comments

Write Down Your Responses