Powered by Blogger.
गायीका अन्जु पन्त सिन्धुलीमाढीमा

सिन्धुली, १९ चैत्र । चर्चित गायीका अन्जु पन्त क्रिश्चियन धर्मालम्बीहरुले आयोजना गरेको अलौकीक महोत्सव–२०७२ मा भाग लिन शुक्रबार सिन्धुलीमाढी आइपुगेकी छिन । 
सन २०१४ को सेप्टेम्बर ५ मा एउटा अनलाइन पत्रिकामा उनले हिन्दु धर्मको देवताहरुको नाम भएको र आफूले त्यस्तो गीत नगाउने भनेर गीत गाउन अस्विकार गरेको खबर आएपछि आलोचना खेप्न बाध्य भएकी गायीका अन्जु पन्तले सिन्धुलीमाढीमा भने खुलेरै आफु क्रिश्चीयन धर्मका गीतहरु गाएकी छिन । 
गायीका अन्जु पन्तको मिठो स्वरमा गीत सुन्न पुगेका श्रोता दर्शकहरु पन्तले विभिन्न् क्रिश्चीन भजन गाउन थालेपछि निराश र आक्रोशित पनि देखिएका थिए । न बिर्से तिमीलाई..., म तिमी बिना मरीहाल्छु, भुन भुन बोल्यो भमरा जस्ता लोकप्रिय गीत सुन्न आतुर भएका दर्शकहरु अन्जु पन्त आउने खबर सुनेपछि महोत्सव स्थल खुल्लामञ्च पुगेका थिए । तर परिस्थिती दर्शकको चाहान अनुसार भएन । 
खुल्लामञ्चमा भेटिएका एक स्थानीयले भने, ‘अन्जु पन्तको गित सुन्न आएको उनले त जयमुसी भनेर हैरान पारीन हो ।’ धर्म निरपेक्ष राज्यमा धार्मिक स्वतन्त्रता छ तर त्यति धेरै दर्शक र श्रोताले मायाँ गरेको मान्छेले साझा बन्दीए राम्रो हुने उनको तर्क थियो । 
अन्जु पन्तको गित सुन्न पुगेका हिन्दु धर्मालम्बीहरुले बल्ल थाहा पाए अन्जु पन्तको धर्म पनि क्रिश्चीयननै रहेछ भनेर । उनले थुप्रै क्रिश्चीयन भजनहरु गाइन र महोत्सवमा जम्मा भएका क्रिश्चीन धर्मालम्बीहरुलाई मन्त्रमुग्ध बनाईन तर हिन्दु धर्मालम्बीहरु भने अन्जु पन्तले गीत गाइरहदा पछाडी बसेर कुरा काटिरहेका थिए । ‘अन्जु पन्तको चर्चा किन कम भएको भनेको त पुरै क्रिश्चिीयन भजन तिर लागेर पो रहेछ ।’ शुक्रबार सुरु भएको महोत्सवमा जिल्ला भरिका क्रिश्चीयन धर्मालम्बीहरुको बाक्लो उपस्थिती रहेको छ । 
उदघाटन कार्यक्रमा प्रमुख जिल्ला अधिकारी तारा बहादुर कार्की, प्रहरी उपरीक्षक उमासंकर पंजीयार लगायतको उपस्थिती रहेको थियो भने महोत्सवमा नर्वेबाट आएका  विज्ञहरूले प्रवचन दिने बताइएको छ । क्रिश्चीयन गायक राजेश राईले समेत दर्शकहरुलाई मनोरन्जन प्रदान गर्ने आयोजकले जनाएको छ । 


, ,

0 comments

Write Down Your Responses