Powered by Blogger.
खानेपानी आयोजनाहरू पुनःनिर्माणमा १२ करोड लाग्ने अनुमान

 अझै आउन सकेन पुनःनिर्माणको योजना, समस्यामा उपभोक्ता 

सिन्धुली, १९ चैत्र । झण्डै एक वर्ष अगाडि वैशाख १२ र २९ गते गएको विनासकारी भुकम्पका कारण जिल्लाका झण्डै पाँच सँय खानेपानी आयोजनाहरुमा क्षती पुगेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय सिन्धुलीले तथ्याङक तयार पारेको छ । क्षती भएका आयोजनाहरुको पुनःनिर्माणको लागी १२ करोड रुपैयाँ लाग्ने अनुमान छ । 
भुकम्प गएको झण्डै १ वर्ष पुग्न लाग्यो तर ति आयोजनाहरुको पुनःनिर्माणको कार्य कुन संयन्त्र मार्फत कस्ले गर्ने हो भन्ने सरकारले ठेगान समेत लगाउन सकेको छैन । खानेपानी मानवीय जीवनको लागी अपरीहार्य आवश्यक्ताको विषय हो तर भुकम्पका कारण क्षतिग्रस्त भएका खानेपानी आयोजना र मुहान सुकेका आयोजनाहरुको पुनःनिर्माणमा सरकारले ढिलाई गर्दा स्थानीयहरु भने समस्यामा परेका छन । 
भुकम्पले पु¥याएको क्षतीको विवरण संकलन र पुर्ननिर्माणका लागी लाग्ने रकमको समेत आकलन गरेर कार्यालयले विभाग र मन्त्रालयलाई पठाइसकेको भएपनि पुर्ननिर्माण प्राधिकरणले अहिले सम्म कुनै रकम उपलब्ध गराएको छैन । झण्डै एक वर्ष सम्म पनि कस्ले र कुन माध्यमबाट उपभोक्ताहरुको समस्यालाई सम्बोधन गर्ने हो त्यो समेत टुंगो नलाग्दा पिडित स्थानीयहरु निरासा समेत हुँदै गएका छन । 
भुकम्पले खानेपानीको मुहान सुकेको र क्षति पुगेका कारण झण्डै २२ हजार घरधुरी खानेपानीको आधारभुत सेवाबाट बञ्चीत भएको कार्यालयको भनाई छ । भुकम्प अगाडि झण्डै ८४ प्रतिशत घरधुरीलाई आधारभुत रुपमा खानेपानी उपभोग गरिरहेको भएपनि भुकम्प पछि त्यो प्रतिशत झरेर ४२ मा पुगेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय सिन्धुलीका प्रमुख इन्जिनीयर मोहन कुमार शाक्ले बताए । 
सन २०१७ सम्म पूर्ण खानेपानी तथा सरसफाई युक्त जिल्लाको रुपमा घोषणा गर्ने लक्ष्य लिइएको भएपनि विनासकारी भुकम्पले त्यो लक्ष्यलाई प्रभावित बनाएको शाक्यको भनाई छ । भुकम्प पछाडी पिडितहरुलाई तत्कालिन रुपमा खानेपानीको व्यवस्था गर्न केहि गतिविधीहरु सञ्चालन गरिएको भएपनि दिर्घकालिन रुपमा समस्याको व्यवस्थापन गर्न भने सरकारले सकेको छैन । 
स्थानीय रुपमा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, विभिन्न् गैर सरकारी संस्थाहरु मार्फत प्रभावित घरधुरीलाई आधारभुत रुपमा खानेपानी उपलब्ध गराउन पाईप, आक्समीक ट्याङकी, ट्याङकी लगायत व्यवस्था गरिएको थियो । उक्त सहयोगले उपभोक्ताहरुको तत्कालिन समस्यालाई सम्बोधन गरे पनि दिर्घकालिन रुपमा ढुक्क बनाउन सकेको अवस्था देखिदैन । 
भुकम्पका कारण पचास भन्दा बढी खानेपानी आयोजनाहरुको मुहान नै सुकेको र उक्त स्थानमा नयाँ मुहान खोजेर नयाँ आयोजना मार्फत खानेपानीको व्यवस्थापन गर्नु जरुरी रहेको कार्यालयको भनाई छ । बढी मात्रामा गढतिर क्षेत्रमा मुहान सुक्ने समस्या देखिएको छ । पुझा, झारा, सिक्तपार्टी, कुशेश्वर दुम्जा लगायतका गाविसहरुमा खानेपानीको मुहान धेरै सुकेको पाइएको कार्यालले बताएको छ ।
प्रत्येक घरमा एक धारा पुरयाउने लक्ष्यका साथ काम गरिरहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय सिन्धुलीले उपभोक्ताहरुलाई आधारभुत रुपमा खानेपानीको व्यवस्था गर्न जिल्लाका विभिन्न् स्थानमा खानेपानी आयोजनाहरु सञ्चालन गरिरहेको छ । डिप बोरिङ मार्फत, लिफ्ट प्रविधी मार्फत उपभोक्ताहरुलाई खानेपानीको सहजता प्रदान गर्ने आयोजनाहरु समेत चलाइरहेको छ । 
उपभोक्ताहरुले आफ्नो मात्र स्वार्थ हेर्दा कतिपय आयोजनाहरुमा मुहान विवाद उत्पनन् समेत भएको कार्यालय प्रमुख मोहन शाक्यले बताए । नगरक्षेत्रमा ८ करोड भन्दा बढी लगानीमा सञ्चालन हुन लागेको खानेपानी आयोजनामा समेत मुहान विवाद भएको शाक्यले बताए । अन्य जिल्लाहरुको तुलनामा सिन्धुली जिल्लामा मुहान विवादको समस्या बढी हुने गरेकाले कार्यालयलाई पनि आयोजना सञ्चालन गर्न समस्या उत्पनन् हुने गरेको शाक्यको भनाई थियो । 





, ,

0 comments

Write Down Your Responses