Powered by Blogger.
तन्नेरीहरुको मन जित्दै रयापर प्रिन्सराज


सिन्धुली, ४ वैशाख । शिद्धबाबा नयाँ वर्ष उत्सव–२०७३ मा अतिथी कलाकारको रुपमा सिन्धुलीमाढी आइपुगेका रयापर  प्रिन्सराज पौडेललाई मैले सोधेको थिए, प्रिन्सजी उत्ताउलो गायन क्षेत्रमा किन लाग्नु भएको ? उनले हास्दै भने, ‘समाजका युवा पुस्ताहरु अलि उत्ताउलो नै हुन्छन, तर समाजको रुपान्तरण गर्ने हैसीयत उनीहरुसँगै हुन्छ, मनोरन्जन पनि नयाँ खालको खोजिरहेका हुन्छन, उनीहरुलाई मनोरन्जन प्रदान सँगै ति तन्नेरी पुस्ताहरु र समाजलाई रुपान्तरण गर्ने सोचका साथ रयाप गायन क्षेत्रमा प्रवेश गरेको हुँ ।’ हेर्दा उत्ताउलो देखिएपनि रयाप मार्फत समाज रुपान्तरण गर्ने र युवा तन्नेरीहरुको संगितको नयाँ चाहानलाई पुरा गर्ने जिम्मेवारी बोधमा साथ आफु यो क्षेत्रमा क्रियाशिल रहेको उनको भनाई थियो । 
झण्डै ८ वर्ष अगाडि देखी रयाप गायन क्षेत्रमा क्रियाशिल रहेको प्रिन्सराज पछिल्लो समय युवा तन्नेरीहरुको माँझ स्थापित बन्दै गएका छन । रयापको क्षेत्रमा एक्लो नेपाली हनिसिंह हुने सपनाका साथ साधना गरिरहेको प्रिन्सराज पौडेल स्कुल पढ्दा देखी नै आफ्ना साथी सुनिल श्रेष्ठबाट प्रभावित भएर यस क्षेत्रको लागेको स्मरण गर्छन र सुनिल क्षेष्ठ प्रति सधै सम्मान व्यक्त गर्न चाहान्छन । 
कमलामाई नगरपालिका–६ सिन्धुलीमाढीमा बुवा छत्र बहादुर पौडेल र आमा जानुका पौडेलको कान्छो छोरोको रुपमा २०४९ साल चैत्र ७ गते जन्मीएका प्रिन्सराज हेर्दा जती उत्ताउलो देखिन्छन व्यवाहारमा उनी त्यस्तो छैनन् । समाज र परीवार प्रतिको जिम्मेवारी बोध भएका उनी साथीभाईसँग पनि उत्तिकै मिलनसार छन । उनी युवा तन्नेहरीहरुका अभिभावक र मनको ढुकढुकी बन्ने प्रयत्न गरिरहेका छन । 
¥याप गायन क्षेत्रमा प्रिन्सराज पौडेल स्थापित नाम हो । उनले डेढदर्जन आफ्नै रयाप गीत एल्बम निकाली सकेका छन भने दर्जनौ फिचरिङ्ग(रिमिक्स)रयाप गीत गाइसकेका छन । पछिल्लो समय उनी कभर गीतको तयारीमा समेत रहेका छन । 
मनछाड्यो मैच्याङ्ग बोलको पहिलो फिचरिङ्ग रयाप गीत रेकर्डिङ्ग गराएका प्रिन्सराजले पछिल्लो समय उनको  ‘ओइ गरिब भनि तैले मलाई हेपेको 
हेप्नुको कारण CUZ I CRY
याद राख अव म गरेर देखाउँछु, 
NOW I WILL TRY
तर तेरो सामु झुक्ने छैन ग्लतष् UNTIL I DIE। 
भन्ने शव्द समेटिएको गीत ल्याएका छन । उनको यी गीतहरुमा गरीब हुँदा हेपीनु परेको कारण र केहि गरेर देखाउछु भन्ने शाहस समेटिएको छ । जस्ले युवा पुस्ताहरुमा केहि गरेर देखाउन हौसला प्रदान गर्ने उनको बुझाई छ । रयाप गीतको शव्द सरल भएपनि त्यसले दिन खोजेको सन्देश भने गहकिलो भएको रयापर प्रिन्सराज पौडेल बताउछन । उनले नेपाली सेनासँगको जीवनमा मिल्ने रयाप आयो दशै भन्ने बोलको गीत समेत निकालेका छन । जुन गीतले आफुलाई स्थापित हुने ठुलो अवसर प्रदान गरेको पौडेल बताउछन । हाल काठमाडौ कोटेश्वर–३५ मा बस्ने प्रिन्सराज काठमाडौ भित्रका नेपाली सेनाको व्यारेकहरुमा पुगेर रयाप प्रस्तुत गर्ने अवसर समेत पाइरहेका छन । उनी भन्छन, ‘हरेक वर्ष दशै आएपछि भ्याईनभ्याई हुन्छ, विशेषत नेपाली सेनाको व्यारेकमा नै आफ्नो प्रस्तुती देखाउन पुगेको हुन्छु ।’
राष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाउन मेहनत गरिरहेका पौडेल मोफसलमा भने बलियो परिचय र लाखौं युवा तन्नेरीहरुको प्रसंशक बनाउन सफल भईसकेका छन । युवा तन्नेरीहरुलाई उफारी उफारी नचाउने उनको रयाप गीतहरु पछिल्लो समय स्थापित समेत बन्दै गएको छ । 
कलाकारले कमाउने मात्र होइन आफ्नो प्रस्तुती मार्फत समाजलाई रुपान्तरण गर्न सक्नु पर्छ भन्ने उनको दरीलो मान्यता पनि छ । उनी भन्छन, ‘सामाजिक रुपान्तरणको अभियानमा युवाहरुलाई नै बढी सक्रिय रहने भएकाले उनीहरुले जस्तो गित संगीतमा रुचि राख्छन त्यहि गीत संगीत मार्फत त्यता तर्फ अभिप्रेरित गर्नुपर्छ ।’ आधुनिक युवा तन्नेरीहरुले रयाप धेरै मनपराउने भएकाले रयाप मार्फत नै उनीहरुलाई सामाजिक रुपान्तरणको अभियानमा जोड्नु पर्ने उनको मान्यता छ । उनी भन्छन, ‘रयाप क्षेत्रमा नाम र दाम दुवै छ र विशेषत युवा पुस्ताहरुको आकर्षण बढी रयापमै भएकाले उनीहरुलाई रुपान्तरण गर्ने जिम्मेवारी पनि रयाप मार्फत नै पुरा गर्न सकिन्छ भन्ने मेरो बुझाई छ ।’
रयाप मार्फत नाम र दाम कमाउँदै सामाजिक रुपान्तरणको अभियान प्रति पनि जिम्मेवार बन्दै गएका सिन्धुलीकै युवा तत्नेरी रयापर प्रिन्सराज पौडेलको यात्रा सफल बनोस हाम्रो तर्फबाट पनि शुभकामना । 
प्रस्तुतीः बिजयकिल्ला डटकम ब्युरो 
सम्पर्कः ९८६४०१७४८६
इमेलः bijayakillanews@gmail.com




,

0 comments

Write Down Your Responses