Powered by Blogger.
कार्कीद्धारा पदभार ग्रहण




सिन्धुली ५, बैशाख । स्थानीय शान्ति समिति सिन्धुलीको संयोजकमा नेपाल पत्रकार महासंघ सिन्धुलीका पूर्व सभापति राजकुमार कार्की चयन भएका छन् । 
समितिको आइतबार बसेको समितिको बैठकमा पदभार ग्रहण गराइएको  हो । समितिको गत चैत्र ५ गते बसेको कार्य समितिको निर्णय अनुसार आइतबारबाट लागु हुनेगरी कार्कीलाई संयोजकमा चयन गरी पदभार ग्रहण गराइएको स्थानीय शान्ति समितिकी सचिव गिता घिमिरेले जानकारी दिइन् । 
प्रमुख जिल्ला अधिकारी ताराबहादुर कार्कीको विशेष उपस्थितीमा भएको बैठकमा कार्कीले पदभार ग्रहण गर्नु भएको हो ।
उनलाई प्रमुख जिल्ला अधिकारी ताराबहादुर कार्की, प्रहरी उपरिक्षक उमाशंकर पन्जियार, निवर्तमान संयोजक प्रलाद पोखरेल, पूर्व संयोजक आशोकराज भण्डारी लगायतले बधाइ तथा शुभकामना दिएका छन् ।
संयोजक कार्कीलाई शुभकामना दिँदै प्रजिअ कार्कीले दश वर्षे शसस्त्र द्धन्द्धको घाउ कम गर्न स्थानीय शान्ति समितिले महत्वपूर्ण भुमिका खेलेको चर्चा गर्दै अझै यसको जिम्मेवारी बाँकी भएकाले त्यसलाई पुरा गर्न संयोजकको महत्वपूर्ण भुमिका हुने भएकाले आफ्नो कार्यकालमा पुरा गर्न आग्रह गरे । 
उनले वेपत्ता छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगले लिने उजुरी समेत स्थानीय शान्ति समिति मार्फतनै हुने भएकाले यसलाई समेत व्यवस्थित गर्न आग्रह गरे । कार्की कान्तिपुर दैनिकका जिल्ला सम्बाददाता समेत हुन् । बैठकको सहजि करण स्थानीय शान्ति समितिकी सचिव गिता घिमिरेले गरेकी थिन् ।
दुबै आयोगको निर्णय अनुसार स्थानीय शान्ति समितिले वेपत्ताहरुको बैशाख २ गते र सत्य निरुपण तथा मेलमिलाप आयोगका लागि बैशाख ५ गते आइतबारबाट उजुरी संकलन गर्न थाली सकेको छ । पिडितहरुले आयोगको निर्णय अनुसार शान्ति समितिको कार्यालयमा पुगेर उजुरी दिन सक्ने र उक्त उजुरी गोप्य रहने बताइएको छ ।


0 comments

Write Down Your Responses