Powered by Blogger.
अपाङ्ग महिलालाई गहना बनाउन तालिम



राजन गाउँले
सिन्धुली ७, बैशाख । कमलामाई नगरपालिकाका आपाङ्ग महिलाहरुलाई क्रिस्टलका गहना बनाउने सिप प्रदान गरीएको छ । 
सिप र व्यावसायको माध्यमबाट आयआर्जनमा स्वयम आत्मनिर्भर बनाउने उद्देश्यले कमलामाई नगरपालिकाको आपाङ्ग लक्षित कार्यक्रम अन्तर्गत क्रिस्टलको गरगहनाका सामाग्री बनाउने सम्बन्धि सिप प्रदान गरिएको हो । 
नगरपालिकाका अति विपन्न र आपाङ्ग पाँच जना महिलाहरुलाई पाँच दिनको तािलम दिएको नगरका सामाजिक सुरक्षा शाखाका प्रमुख उद्धप थापाले जानकारी दिए । 
उक्त तालिम पश्चात आपाङ्गहरुका लागि व्यावसाय सञ्चालनका लागि नगरपालिकाले नै आवश्यक सहयोग प्रदान गर्ने नगरका कार्यकारी अधिकृत जगत भुषालको भनाई छ । अधिकृत भुषालले भने, ‘नगरपालीकाको ४० हजार आर्थिक सहयोगमा ५ दिने क्रिस्टलको सामान बनाउने तालिम दिएको भए पनि अव उनिहरुलाई ६ महिनाको अवधिमा प्रतिब्यक्ति ४० हजार आम्दानि गर्न सक्नेगरी व्यावसायिक बनाउन नगरले थप सहयोग गर्ने छ ।’
तालिम लिई सकेपछि त्यतिकै न छाड्न आग्रह गर्दै जिविकोपार्जनमा यस्ले ठुलो सहयोग गर्ने भएकाले उद्यमी बन्न सहभागिलाई उनले हौसला प्रदान गरे ।
तालिमको सहजीकरण गरेको अपाङ्ग कल्याण संघ सिन्धुलीका अध्यक्ष विरबहादुर बम्जनले अपाङ्ग लक्षित कार्यक्रममा बजेट छुट्याउदा तथ्याङ्गको आधारमा भन्दा आवश्यकताको आधारमा निर्धारण गर्न आग्रह गरे । उनले भने, ‘हामीलाई सँधै अर्काको आश्रीत बन्नु छैन् । अपाङ्गता भएक ब्यक्तिहरुलाई माछा मारेर खान दिनु भन्दा पनि माछा मार्ने जाल दिएर सहयोग गर्नुस । हामी आफै आत्मनिर्भर बन्न तयार छौं ।’ 
यस्तै नेपाल पत्रकार महासंघ सिन्धुलीका सभापति द्धारिका काफ्लेले अपाङ्गता भएका ब्यक्तिहरुले सिकेको सिप सदुपयोग गरेर आयमुलक क्षेत्रमा अघिबडेमा पारिवारिक स्नेह समेत बढ्ने बताए । विगतमा अपाङ्गता भएका ब्यक्तिहरुले केही गर्न सक्दैनन् भने परिवारका सदस्यबाटै अवहेलना भएका धेरै उदाहरण भएको बताउदै तिनै ब्यक्ति आयमुलक क्षेत्रमा लागेपछि तिनै पारिवारिक सदस्यबाट संरक्षण र हेरविचार गर्न लागिपरेको उनले बताए । क्रिस्टलका सामान बनाएर बिक्रि गर्दा ५० प्रतिशत नाफामुलक हुने बताइएको छ ।
तालिममा सहभागि लिला भुजेलले थोरै समयमा र कम खर्चिलोमा क्रिस्टलका सामान बनाउन सक्ने र बजार ब्यबस्थापनको पनि समस्या नहुने भएकाले यस तालिमको सदुपयोग गरेमा जिवन निर्वाहको बाटो हुने बताइन् । तालिमा क्रिस्टलको टप, चुरा, औंठी, माला, पोते लगाएतका सामान बनाउन सिकाईएको थियो ।  सिप तालिमको सहजी करण अपाङ्ग बविता थापाले गरेकी थिन् । 


,

0 comments

Write Down Your Responses