Powered by Blogger.
८४० थान लागुऔषध एम्पुल सहित दुई जनालाई पक्राउ



राजन गाउँले
सिन्धुली ८, बैशाख । विशेष सुराकीको आधारमा खटि गएको महानगरीय प्रहरी वृत्त स्वयम्भुको टोलीले ठुलो परिणाममा लागुऔषध एम्पुल सहित दुुई जनालाई मंगलबार अबेर पक्राउ गरेको छ । 
पक्राउ पर्नेमा काठमाण्डौं महानगरपालिका २९ ट्याङ्गल घर भइ चन्द्रेश्वरी नगरपालिका–६ स्थित जितलाला खड्गीको घरमा डेरागरी बस्ने वर्ष ३६ का सुजेश श्रेष्ठ र टोखा नगरपालिका–६ घर भएका वर्ष ३० का मदनकृष्ण खड्गी रहेका छन् । 
श्रेष्ठ र खड्गीलाई खड्गीको कोठबाट NOOPHIN २५० थान DIZELAB २७० थान FENARAGON ३२० थान गरी जम्मा ८४० थान एम्पुलहरु सहित नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त स्वयम्भुका प्रवक्ता तथा प्रहरी निरिक्षक राजेन्द्र थापाले जानकारी दिए ।
 उनिहरुको साथबाट प्रहरीले ४ थान मोवाइल २ थान ल्यापटप २ थान स्टील क्यामरा ससमेत नियन्त्रण लिएको छ । पक्राउ परेका श्रेष्ठ र खड्गी दुबैजनालाई अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त स्वयम्भुमा राखिएको थापाको भनाई छ ।
‘प्रहरीलाई आएको विशेष सुराकका आधार गएको गस्ति टोलीले ठुलो परिणामा अबैध लागुऔषध एम्पुलहरु सहित नियन्त्रणमा लिइएर आवश्यका अनुसन्धान थालिएको छ,’ उनले भने ।
उनिहरुहरु अबैध लागुऔषध ओसार पसार गर्ने गिरोहमा आबद्ध हुन सक्ने प्रहरीले अनुमान गरेको छ । थापाले भने, ‘श्रेष्ठ र खड्गीले आफ्नो घरबाहीरै कोठा भाडामा लिएर कन्ट्याकका आधारमा लागुऔषध ओसार पसार गर्ने गरेको हुनसक्ने आशंका गरीएको छ । यस विषयमा अनुसन्धान भइरहेको छ ।’
उनिहरु विरुद्ध लागुऔषध ओसार पसार सम्बन्धि मुद्धा दर्ता गराई सोही ऐन अनुसार कारबाही गरिने उनले जनाए ।



,

0 comments

Write Down Your Responses