Powered by Blogger.
काठ र ट्याक्टर सहित दुई पक्राउ



सिन्धुली ११, बैशाख । अबैध रुपमा कटान गरी चोरी निकासी गर्दै गर्दा जिल्लाको कपिलाकोट क्षेत्रबाट काठ र ट्याक्टर सहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
विशेष सुराकका आधारमा ईलाका प्रहरी कार्यालय कपिलाकोट सिन्धुली र ईलाका बन कार्यालयबाट खटेकोे गस्ति टोलीले कपिलाकोट गा.बि.स.वडा नं ९ स्थित मरीणखोलाको बगरमा ज.१त.४००८ नम्बरको ट्याक्टरमा काठको कडि ३४ थान,पटा(फ्ल्याक) ३७ थान अबैध काठ तस्कर गर्दै गर्दा दुई जनालाई नियन्त्रणमा लिएको हो । 
पक्राउ पर्नेमा कपिलाकोट ९ बस्ने बर्ष २१ को जसमान गोले (चालक) र सोही स्थान बस्ने बर्ष १९ को रेशम लो (लेबर) पक्राउ परेको जिल्ला वन कार्यालय सिन्धुलीका प्रहरी निरिक्षक निर्मल पनेरुले जानकारी दिए ।
नियन्त्रणमा लिइएको काठ, ट्याक्टर र दुई जना माथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
  मरिण क्षेत्रमा यस अघि पनि अबैध काठ तस्करका घट्नाहरु घट्दै आएका छन् । जिल्लाको सिलामे क्षेत्रबाट झण्डै तिन सय क्युफिट अबैध सालको काठ दोलाखा जिल्लामा पुग्दा समेत वन कार्यालय र सुरक्षा निकायले कुनै चासो नदिएको भन्ने खबर बाहिर आइरहेकै बेला पुनः मरिण क्षेत्रमै अबैध काठ तसकरी हुँदै गरेको पाइएको हो ।
जिल्लामा अबैध रुपमा काठ तस्करी हुने गरेको भएपनि वन कार्यालय र सुरक्षा निकायले नियन्त्रण गर्न नसकेको आरोप छ ।


, ,

0 comments

Write Down Your Responses