Powered by Blogger.
वाइसीएल सिन्धुलीकाे प्रथम जिल्ला सम्मेलन सम्पनन्(फाेटाेफिचर सहित)

जिल्ला इन्चार्जमा मोक्तान र अध्यक्षमा श्रेष्ठ चयन 

सम्मेलनकाे उदघाटन गर्दै कृषि मन्त्री गजुरेल । 
सिन्धुली, १८ वैशाख । एकीकृत नेकपा(माओवादी) भातृ संगठन योङ कम्युनिष्ट लिग(वाइसीएल) नेपाल सिन्धुलीको प्रथम जिल्ला सम्मेलन आज सिन्धुलीमाढीमा भव्यताका साथ सम्पनन् भएको छ । 
राष्ट्रिय स्वाधिनताको रक्षा र जनवादी क्रान्तिको बाँकी कार्यभार पुरा गर्दै समाजवादी क्रान्तिको दिशामा अघि बढौं, सामाजिक न्याय सहितको सबृद्ध नेपाल निर्माणको लागी सुदृढ र जुझारु वाइसीएल निर्माण गरौं भन्ने मुल नाराका साथ सम्पनन् जिल्ला सम्मेलन एकीकृत माओवादीका केन्द्रिय कोषाध्यक्ष तथा कृषि मन्त्री हरिबोल गजुरेलले भव्य समारोह वीच उदघाटन गरेका थिए ।
संयौ राता टिसर्ट लगाएका युवाहरु उपस्थित जिल्ला सम्मेलनलाई प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै गजुरेलले भने, ‘देशमा युवाहरुको समस्या अहिले पनि जस्ताको तस्तै छ, त्यसैले क्रान्तिकारी युवाहरुको दस्ताको रुपमा रहेको वाइसीएलले जुझारु बनेर बाँकी कार्यभार पुरा गर्नु पर्छ ।’ गजुरेलले माओवादीले अघि सारेका एजेण्डाहरु समावेश भएरै संविधान बनेको भएपनि कार्यान्वयनमा नआउँदा समस्या भएको बताए । ¥यालीमा सहभागी बनेका युवाहरुको माग सुनेपछि मन्त्री गजुरेलले सरकारले आउँदो बजेटमा नै कृषकलाई पेन्सन र वेरोजगार युवाहरुलाई रोजगारी दिने कार्यक्रम ल्याउन लागेको समेत बताए ।
एमाओवादी परीत्याग गरी नयाँ शक्ति निर्माण अभियानमा लागेका बावुराम भट्टराईको आलोचना गर्दै गजुरेलले भने, ‘बर्ढानु पर्ने कंसीगर हावाले उडाएर लगीदियो, राम्रो भयो ।’ बावुरामले हसीयाँ हथौडा अंकित श्रमजीवीहरुको झण्डालाई लत्याएर गम्भीर गद्धारी गर्न पुगेको उनको आरोप थियो । बावुरामको पार्टी परीत्यागले पार्टी निर्माणमा सहयोग पुगेको दावि गर्दै गजुरेलले भने, ‘बावुराम रहुनजेल पार्टी निर्माण गर्न सधै अवरोध भयो, अव पार्टी निर्माणको बाटो खुलेको छ ।’ बावुराम पार्टीमा रहुन्जेल घाडो भएको गजुरेलको भनाई थियो ।
त्यस्तै जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै वाइसीएल नेपालका केन्द्रिय उपाध्यक्ष युवराज दुलाल(सरद)ले लाखौं युवाहरुको ढुकढुकी बन्न सफल युवाहरुको संगठन वाइसीएल नेपाललाई निर्माण सेनाको रुपमा स्थापित गर्दै समाजवादी क्रान्तिको बाँकी कार्यभार पुरा गर्न तर्फ लाग्न जरुरी रहेकोमा जोड दिए । दुलालले वाइसीएल जनताको हरेक समस्यासँग जोडिएर समस्या समाधानको रुपमा प्रस्तुत हुन जरुरी रहेको बताए ।
सम्मेलन आयोजक समितिका संयोजक खड्ग रजन(धिरज)को अध्यक्षतामा भएको जिल्ला सम्मेलनलाई एमाओवादीका युवा नेता तथा पुर्व उर्जा राज्यमन्त्री सुर्यमान दोङ, एकीकृत माओवादीका जिल्ला इन्चार्ज विषमलाल अधिकारी दनुवार, जिल्ला अध्यक्ष राजन दाहाल, वाइसीएल ३ न प्रदेशका संयोजक बीर बहादुर तामाङ, केन्द्रिय सदस्य ज्ञानेन्द्र गुरुङ, पत्रकार महासंघ सिन्धुलीका सभापति द्धारीका काफ्ले लगायतले शुभकामना व्यक्त गरेका थिए । 

जिल्ला इन्चार्जमा मोक्तान र अध्यक्षमा श्रेष्ठ चयन 

सनिबार नै सकिएको जिल्ला सम्मेलनले विर्मश मोक्तान(प्रख्यात)लाई जिल्ला इन्चार्ज र पुष्पराज श्रेष्ठलाई जिल्ला अध्यक्षमा चयन गरेको छ । श्रेष्ठको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला कार्यसमितिको चयन भएको नवनिर्वाचित जिल्ला सचिब चिरन्जीवी दाहालले जानकारी दिए ।


नवनिर्वाचित संगठनको उपाध्यक्षमा त्रय जानुका गौतम, इन्द्र वाईवा, अच्यूतम श्रेष्ठ रहेका छन भने दिनेश कुमार भट्टराई सहसचिब र शेर बहादुर बम्जन कोषाध्यक्षमा चयन भएको बताइएको छ । 



, ,

0 comments

Write Down Your Responses