Powered by Blogger.
प्रहरी र गुन्डा सँगै हुँदैनः आइजीपी अर्याल


सिन्धुली, १९ वैशाख । नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालले प्रहरी र गुन्डा सँगै नहुने बताएका छन । 
आइतबार सिन्धुलीमाढी आइपुगेका अर्यालले जिल्लाका राजनैतिक दल, व्यापारी, बुद्धिजीवी तथा पत्रकारहरुसँगको भेटघाटलाई सम्बोधन गर्दै भने, ‘अब समाजमा कि गुन्डा बस्छ, कि प्रहरी बस्छ, दुवै एकठाउँमा रहन सक्दैन, ढुक्क हुनुस प्रहरी भएको ठाउँमा गुन्डा हुँदैन ।’ गुन्डागर्दि नियन्त्रण मात्र होइन प्रहरीले गुन्डाहरुको निषेध नै गर्ने र गुन्डागर्दि गर्नेहरु माथि सख्त कार्वाही गर्ने अर्यालले बताए ।  गुन्डाहरुलाई कसैले राजनैतिक संरक्षण गर्न नहुँदै बताउँदै राजनैतिक संरक्षणमा रहेका गुन्डाहरुको कनेक्सन प्रहरीले काट्ने अर्यालको भनाई थियो । 
पछिल्लो समय देश र जनता अग्रगामी दिशातर्फ अगाडि बढिसकेकाले प्रहरी पनि अग्रगामी बनेर जनताको दुख सुखमा साथ दिनुपर्नेमा अर्यालले जोड दिए । नेपालका युवाहरुमा लागु औषध सेवन विकराल समस्या र विकृतिको रुपमा रहेको बताउँदै त्यसको नियन्त्रणका लागी प्रहरी र समाज दुवै पक्ष गम्भीर भएर लाग्न आवश्यक रहेको अर्यालले बताए । लागुऔषध सेवनले समाजमा अपराधीक घट्ना बढ्दै गएको उनको भनाई थियो ।
२०५७ सालमा प्रहरी नायव उपरीक्षकको जिम्मेवारीमा सिन्धुली बसीसकेका महानिरीक्षक अर्यालले सिन्धुलीको विकास सँगै सुरक्षा चुनौती पनि थपिएको बताउँदै प्रहरी र समाज दुवै मिलेर चुनौतिको सामना गर्न आवश्यक्ता रहेको बताए । 
राजमार्गहरुको निर्माणसँगै सडक दुर्घटना बढेको स्मरण गर्दै दुर्घटना न्यूनिकरणका लागी आवश्यक सचेतनाका कार्यक्रमसँगै जनशक्ति थप गर्ने र केहि दिनमै ट्राफिक प्रहरीलाई गति मापक यन्त्र उपलब्ध गराउने अर्यालले प्रतिबद्धता व्यक्त गरे । बजारको सुरक्षाको लागी सीसी क्यामेरा जडान गर्नका लागी पनि प्रहरी प्रधान कार्यालयको तर्फबाट आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता गर्दै अर्यालले सुरक्षाका नयाँ नयाँ प्रविधि अपनाउन जरुरी रहेकोमा जोड दिए । 
भेटघाटमा उपस्थित राजनैतिक दलका नेताहरुको पछिल्लो समय जिल्लामा राजमार्गको सञ्जाल निर्माण सँगै सहरीकरण बढ्दै गएको र सुरक्षा चुनौति पनि थपिएको कारण थप प्रहरी जनशक्तिको व्यवस्था गरिदिन अर्यालसँग आग्रह गरे । 
निर्माण व्यवसायी र ब्यापारीहरुले जिल्लामा गुन्डागर्दि र चन्दा आतंक बढ्दै गएको बताउँदै त्यसको नियन्त्रणका लागी प्रहरी भुमीका मजबुद्ध बनाउनु पर्ने माग गरे । 


,

0 comments

Write Down Your Responses