Powered by Blogger.
पुनर्निर्माण अभियान रामेछापमा सुरु, सिन्धुलीमा अझै अन्यौल


सिन्धुली २२, चैत्र । सरकारले भुकम्प गएको झण्डै एक वर्षपछि रामेछापको मन्थली नगरपालिका वडानम्बर १, २ र ३ का पिडितहरुको नामावली सार्वजनीक गरेर पुनर्निर्माणको अभियानको सुरुवात गरेको हो । 
पुनर्निर्माण प्राधिकरणका उपक्षेत्रीय कार्यालय दोलखाका प्रमुख हरिप्रसाद शर्मा, प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेल, स्थानीय विकास अधिकारी दिनेशराज पन्त, स्थानीय राजनीतिक दल लगायतका उपस्थितीमा पिडितहरुको नामावली सर्वजनीक गरेर अभियानको थालनी गरिएको हो ।
तत्कालीन आख्रेनी गाविस रहेको नगरका तिन वटा वडाका सात सय ५९ घरधुरी पिडितहरुलाई पुनर्निर्माणको रकम वितरण गर्ने सूचि सहितको नामावली सर्वजनीक गरी आवश्यक प्रकृया अघि बढाउन निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी सिताराम थापाले जानकारी दिए ।
‘जिल्लामा पहिलो चरणमा पुनर्निर्माणका लागि पहिलो किस्ता बापतको ५० हजार रुपैयाँ पाउने ओख्रेनीका ७ सय ५९ जना जनाको विवरण सार्वजनीक गरीएको छ,’ उनले भने ।
मापदण्ड अनुसार अनुदान रकम पाउन योग्य भएका पिडितहरुलाई प्रकृया पु¥याएर छिट्टै सर्वदलिय बैठक बसेर रकम वितरण गरिने उनले बताए । उनले भने, ‘ढिलै भए पनि जिल्लामा अनुदान रकम वितरणका लागि प्रकृया सुरु गरीएको छ । यसले जिल्लामा काम गर्ने बाटो खुलेको छ । अव बाँकी काम हुँदै जाने छ ।’ 
सरकारले तयार गरेको माप दण्ड अनुसारका प्रकृया पुगेकाहरुलाई रकम वितण सुरु गर्नका लागि काम थालीएपनि  जिल्लाका भुकम्प पिडितहरुको लागि प्राधिकरणले जिल्ला विकास समितिको खातामा रकम जम्मा गर्ने र त्यसका आधारमा कोलेनीकाबाट रकम भुक्तानी गरिने प्राधिकरणका उपक्षेत्रीय प्रमुख शर्माले जनाए ।
प्राधिकरणको निर्देशन अनुसार जिल्ला विकासले मंगलबारबाटै पिडितहरुसंग सम्झौता गर्न र बैंका खाता खोल्न नगरपालिकालाई अख्तियार दिइएको बताइएको छ । तर, जिल्लामा पुनर्निर्माणको रकम पाउने पिडितहरुको नामावली सार्वजनीक गरिए पनि कहिलेबाट रकम पाउनेमा भने कुनै निश्चित नहुँदा पिडितहरु निरास भएका छन् । प्राधिकरण उपक्षेत्रीय प्रमुखले सम्झौताका लागि काम सुरु भएको केही दिनमै जिल्ला विकासको नाममा रकम आउने बताए । 

सिन्धुलीमा भने अझै अन्यौल

उता सरकारले उपत्यका बाहिरका मकावनपुर र सिन्धुपाल्चोक बाहेकका आठ जिल्लामा यसैसातबाट पुनर्निमाणको काम थालनी गर्ने जनाए पनि सिन्धुली जिल्लामा भने मंगलबारसम्म कुनैपनि जानकारी नआएको अधिकारीहरुले बताएका छन् । प्रधिकरणको निर्देशनका आधारमा जिल्लामा पुनर्निर्माणको काम थालनी गर्न आफुहरु तयार भएपनि प्रधिकरणबाट मंगलबारसम्म कुनैपनि निर्देशन नआएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी बाँसु काफ्लेले जानकारी दिए ।
‘हामीलाई जिल्लाका रातमाटा गाविसबाट सुरु गर्ने भन्नेसम्मको जानकारी आएपनि कति परिवारलाई वितणर गर्ने भन्ने कुनै पनि जानकारी आएको छैन् जानकारी आए लगत्तै पुनर्निर्माणको काम थलनी हुने छ,’ उनले भने । आगामी आइतबार सम्ममा  सबै जानकारी आइसक्ने अपेच्छा गरीएको उनको भनाई छ । 
गत महिना दोलखाको सिंगटीबाट सुरु भएको यस्तो अभियान रामेछाप र सिन्धुली जिल्लामा भने पुनप्रमाणीकरण नै नसकि थालनी गर्ने प्राधिकरणले निर्णय गरेको थियो । बाँकी गाविसहरुमा पुनप्रमाणीकरणको काम भइरहने र प्रमाणिकरण सम्पन्न गाविसबाट पुनर्निर्माणको काम गर्दै लैजाने बताइएको छ । 
रामेछापको दुई नगरपालिका र ५५ वटा गाविसमा भुकम्पको क्षेतीको पुनप्र्रमाणिकरणका लागि एक सय १३ इन्जीनियर खटेका थिए । जिल्लामा हालसम्म ८० प्रतिसत मात्र प्रमाणिकरणको काम सकिएको र पुरै गाविसमा सक्न अझै एक महिना लाग्ने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी समेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी थापाले बताए । रामेछाप जिल्लामा गत बैशाख १२ गतेको भुकम्पले ५२ हजार घरमा क्षेती पुगेको प्रारम्भीक तथ्याङ्क संकलन गरिएको छ ।
  यस्तै सिन्धुली जिल्लामा २५ वटा गाविस र एक नगरपालिकाका लागि एक सय ४६ जना इन्जीनियर र सोही संख्यामा समाजिक परिचालकहरु खटिएको जिल्ला तथ्याङ्क कार्यालय सिन्धुलीका अधिकृत चुडामणी लुईटेलले जानकारी दिए । जिल्लामा हालसम्म ५० हजार १ सय दुई घरको प्रमाणिकर सकिएको उनको भनाई छ । जिल्लामा अब कपिलाकोट र महादेवस्थान तथा कमलामाई नगरपालिकाको केही वडाहरुमा पुनप्र्रमाणीकरण बाँकी रहेको छ ।
सर्भेक्षेण भएका घर पूर्ण रुपमा क्षेती भएको सुचिमा परे सरकारले अनुदान उपलब्ध गराउने जनाएको छ । पहिलो ५० हजारका लागि सरकारले तत्काल रकम उपलब्ध गराउने भनेपनि बाँकी रकम भने पिडितले घरको जग निर्माणको काम सकेपछि अनुगमन र कागजातको आधारमा दोस्रो किस्ता वापत पाउने छन् । 


,

0 comments

Write Down Your Responses